कर छलीको आरोपमा बुटवलका व्यापारीविरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो माग दावी


बुटवल

राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ कराेड  ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, न्यूरोडमा रहेको अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अग्रहरी र कारोबारी पशुपति अग्रहरीले वास्तविक कारोबारको बिल जारी नगरी माल वस्तु बिक्री गर्नुका साथै भन्सार चोरी पैठारी गरेका माल वस्तुको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल र आयकर छली गरेको अभियोगमा उल्लेख गरेको छ ।

विभागका अनुसार उनीहरूले भन्सार चोरी पैठारीबाट रु. ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि कर तर्फ रु. ९९ लाख ८९ हजार ९८४ र आयकर तर्फ रु. २ करोड ८७ लाख ५२ हजार १४७ गरी जम्मा रु. ४ करोड ८३ लाख २५ हजार ८८६ बराबरको राजस्व छली गरेको देखिएको छ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम उनीहरूमाथि छली गरिएको रकम बराबर जरिवाना र हदैसम्मको कैद सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए ।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...