कर छलीको आरोपमा बुटवलका व्यापारीविरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो माग दावी


बुटवल

राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ कराेड  ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, न्यूरोडमा रहेको अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अग्रहरी र कारोबारी पशुपति अग्रहरीले वास्तविक कारोबारको बिल जारी नगरी माल वस्तु बिक्री गर्नुका साथै भन्सार चोरी पैठारी गरेका माल वस्तुको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल र आयकर छली गरेको अभियोगमा उल्लेख गरेको छ ।

विभागका अनुसार उनीहरूले भन्सार चोरी पैठारीबाट रु. ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि कर तर्फ रु. ९९ लाख ८९ हजार ९८४ र आयकर तर्फ रु. २ करोड ८७ लाख ५२ हजार १४७ गरी जम्मा रु. ४ करोड ८३ लाख २५ हजार ८८६ बराबरको राजस्व छली गरेको देखिएको छ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम उनीहरूमाथि छली गरिएको रकम बराबर जरिवाना र हदैसम्मको कैद सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...