संघीय संसदका पाँच समितिको बैठक बस्दै


काठमाडौं

संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । प्रतिनिधि सभा अन्तर्गत आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दै छ । त्यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), २०८० को बैठक पनि बस्दैछ ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बधित आ.व. २०८२/८३ को बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए/नभएको अवस्था आयोगको आ.व. २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीको विषयमा छलफल हुने समितिले जनाएको छ ।

त्यस्तै दिउसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।त्यसैगरी बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग अन्तर्क्रिया कार्यक्रम तथा छलफल हुने कार्यसूची रहेको छ । त्यसैगरी दिउसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकको ६१ र ६२ औँ वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै बिहान ११ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा सिंहदरवारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...