समाज

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँआज जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाइदै छ ।सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएकाको सम्झनामा आज राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो । मृतक सबैलाई सरकारले सहिद घोषणा गरिसकेको छ । यस आन्दोलनका क्रममा आन्दोलनकारी ५९ जना, कैदी बन्दी १० जना र प्रहरी ३ जनाको मृत्यु भएको सरकारी आँकडा रहेको छ ।आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ भने देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको छ ।सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूका परिवारलाई यस अघि १० लाख दिने निर्णय गरिएकोमा त्यसमा थप ५ लाख गरी १५ लाख दिने निर्णय गरिएको छ । त्यसै गरी आन्दोलनमा साहदत्त प्राप्त गरेकाहरूको स्मरणमा जेनजी जागरण स्मारक पार्क निर्माण गर्ने घोषणा गरेको छ । ...
आज विश्वकर्मा पूजा : श्रमिकको श्रम, उद्योग र उत्पादनप्रति सम्मान गर्ने दिन

आज विश्वकर्मा पूजा : श्रमिकको श्रम, उद्योग र उत्पादनप्रति सम्मान गर्ने दिन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौँआज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । नेपालभर मनाइने विश्वकर्मा पूजा केवल धार्मिक विश्वासमा मात्र सीमित नभई श्रमिकको श्रम, औद्योगिक उत्पादन र निर्माण कार्यसँग प्रत्यक्ष रूपमा जोडिएको पर्वका रूपमा रहेको छ ।विश्वकर्मालाई प्राचीन ग्रन्थहरूमा देव शिल्पी अर्थात् “देवताका वास्तुविद्” भनेर सम्बोधन गरिएको छ। हिन्दु धर्मशास्त्रका अनुसार, भगवान् विश्वकर्मा ब्रह्माको वंशज मानिन्छन्, जसले तीनै लोकको निर्माण गरी सृष्टिलाई व्यवस्थित बनाएका थिए।विश्वकर्मा भगवानलाई सृष्टिको पहिलो अभियन्ता, अभियन्ता–इन्जिनियर र वास्तु शास्त्रका आचार्य मानिन्छ । शास्त्रीय मान्यताअनुसार सम्पूर्ण भवन, विमान, हतियार, औजार, रचना तथा कलात्मक संरचनाको सिर्जना भगवान् विश्वकर्म...
भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने : प्रधानमन्त्री कार्की

भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने : प्रधानमन्त्री कार्की

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने जानकारी दिएकी छन् । आन्दोलनको म्यान्डेट नै भएकाले यस्तो आयोग आवश्यक रहेको उनले उल्लेख गरेकी छन् ।उनका अनुसार, आयोगले अनुसन्धान गरेर आगामी सरकारले कारबाही अघि बढाउन सक्ने नीति तथा कानुनी आधार तयार गरिदिनेछ । “कति भ्रष्टाचार भएको छ, अनियमितता भएको छ, त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाहीसम्म पुर्‍यायौं भने सरकारले काम गर्न सक्छ । तर, हामी बाटो चाहिँ बनाउँछौं,” प्रधानमन्त्री कार्कीले बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा भनिन् । त्यस्तै, जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न तीन सदस्यीय आयोग गठन गरिने जानकारी पनि उनले दिइन् । प्रारम्भमा आयोगलाई एक महिनाको समय दिइनेछ, तर आवश्यक परेमा थप १५ दिनको अवधि प्रदान गरिनेछ । प्रधानमन्त्रीका अनुसार, मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने सैद्धा...
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमान्डौ जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । भदौ २३ र २४ गते भएको प्रदर्शन र त्यसपश्चात् भएको हिंसात्मक घटनामा मृत्यु हुनेको तथ्याङ्क प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको हो । प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरेका अनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मी र नागरिक गरी ७३ जनाले ज्यान गुमाएका छन् ।मृतकमध्ये सुरक्षातर्फ ३ जना रहेका छन् । ज्यान गुमाउनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा छन् । त्यसैगरी नयाँ बानेश्वर क्षेत्रमा प्रहरीको गोली प्रहारपछि घटनास्थलमै तथा अस्पतालमा उपचारका क्रममा २१ प्रदर्शनकारीको मृत्यु भएको छ । उनीहरूमा बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, इस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योगबहादुर श्रेष्ठ, माधव सारु मगर, बिमल बाबु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोह...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालको अपिल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालको अपिल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवलसबैमा नमस्कारजब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थात् म बिजनेस म्यान थिइन र ठूलो मात्राको लगानी पनि होइन । एक किसिमले भन्नुपर्दा कुनै बिँउ पुँजी नै थिएन मसँग । तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो । वास्तवमा भन्नुपर्दा मसँग आफ्नै माटोमा केही गरौँ, नेपालकै उर्भर माटोमा सिँचाई गरौँ र यहीँ सुन फलाउँ भन्ने भावना थियो । र अहिले पनि छँदैछ ।त्यसका लागि आवश्यक पर्ने इमान्दारिता र कुनै पनि काममा निरन्तरता अर्थात् मेहनत आवश्यक छ भन्ने कुराको हेक्का राम्रैसँग थियो जुन हामीसँगै थिए । मलाई लाग्छ, चार दशक पुराना यिनै प्रतिबद्धता, भावना र अठोटको जगबाट आज हामी यहाँसम्म आइपुगेका छौँ । हाम्रो मेहनत, इमान्दारिता र कर्मले कोरेको सानो व्यावसायिक गोरेटो आज हाम्रा सामु एउटा फराकिलो राजमार्गका रुपमा अवस्थित छ ।मैले कुनै पनि व्यवसायको सोच बनाउँदा यी तीन कुरामा...
बुटवलमा श्रीमानले गरे श्रीमतीको हत्या

बुटवलमा श्रीमानले गरे श्रीमतीको हत्या

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा एक महिलाको आफ्नै श्रीमानले ढोकाको आग्लोले हानेर हत्या गरेका छन्। बुटवल उपमहानगरपालिका वडा नं ३ बुटवलको पुल्चोक बस्ने प्रेम बहादुर कुमालले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। गुल्मीको इश्मा गाउपालिका वडा नं ६ घरभई बुटवलमा बस्दै आएका कुमालले श्रीमती लक्ष्मी कुमाललाई गएको शुक्रवार राती ११ बजे राती छाताको रड र काठको ढोकामा लगाउने गरालो ( आग्लो)ले हानी हत्या गरेको प्रहरीको भनाई छ।प्रहरीका अनुसार प्रेमले मरणाशन्न हुनेगरी कुटपिट गरी रातभरी घरमै राखेको र सनिवार बिहान ११ बजे मात्रै बिरामी परेको भन्दै उपचारका लागि भन्दै लुम्विनी प्रादेशिक अस्पतालमा पुर्याएका थिए। लुम्विनी प्रादेशिक अस्पातलका चिकित्सकले लक्ष्मीलाई अस्पताल पुर्याउदा मृत्यु भई सकेको बताएपछि घटना बाहिर आएको थियो। मृतक लक्ष्मीकी १३ बर्षिय छोरीले आमालाई बावाले कुटेको बताएपछि प्रहरीले अनुसन्धान थालेको थियो। लक्ष...
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य, यथावत राख्ने निगमको निर्णय

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य, यथावत राख्ने निगमको निर्णय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको भएपनि चाडपर्व र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै मुल्य यथावत राखेको जनाएको छ ।निगमले पेट्रोलमा प्रतिलिटर २.२९ रुपैयाँ र डिजलमा ३.४६ रुपैयाँ बढेर आएको जानकारी दिएको छ । हाल काठमाडौँमा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४५ रहेको छ । ...
जेनजी आन्दोलनमा तोडफोड र लुटपाट: रुपन्देही प्रहरीले प्रमाण उपलब्ध गराउन गर्यो आग्रह

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट: रुपन्देही प्रहरीले प्रमाण उपलब्ध गराउन गर्यो आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
रुपन्देहीजिल्ला प्रहरी कार्यालय रुपन्देहीले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोडपछि लुटपाट गरिएका सामग्री खरिद-विक्री नगर्न आग्रह गरेको छ ।कार्यालयले आइतबार एक सूचना जारी गर्दै लुटपाटमा संलग्न व्यक्तिहरु पहिचानमा सहयोग पुग्ने कुनै फोटो, भिडियो वा अन्य प्रमाण भएमा उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।सूचनामा भनिएको छ, ‘प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन तथा पसलमा आगजनी र तोडफोड गर्नु अघि त्यहाँ रहेका जिन्सी तथा नगद सामग्री लुटपाट गरी लैजाने घटना भएका छन् । ती सामग्री बजारमा खरिद नगर्न-नगराउन अनुरोध गरिएको छ ।’त्यस्ता चोरी वा लुटिएका सामान खरिद वा सञ्चय गरेको पाइए प्रचलित कानुन बमोजिम अनुसन्धान गरी कारबाही हुने कार्यालयले जनाएको छ ।प्रहरीले यस्ता गतिविधिमा संलग्न समूहको सीसी टिभी फुटेज, तस्बिर, भिडियो वा सामाजिक सञ्जालमा सार्वजनिक भएका लिंकहरू dpo...
फागुन २१ मा हुने निर्वाचनको छलफलमा जुट्यो निर्वाचन आयोग

फागुन २१ मा हुने निर्वाचनको छलफलमा जुट्यो निर्वाचन आयोग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं निर्वाचन आयोग आगामी फागुन २१ गते हुनेगरी तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफलमा जुटेको छ । हालसम्म गृहमन्त्रालयले निर्वाचनको मितिबारे निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी गराएको छैन । तथापि, आयोगले मतदाता संकलन गर्ने लगायतका विषयमा भने आयोगले छलफल सुरु गरिसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।‘निर्वाचनको मिति राष्ट्रिय रुपमा घोषणा भएको विषय हो । राष्ट्रिय रुपमा घोषणा भएकोले यो विषयलाई स्वत: जानकारीमा लिएर छलफल सुरु गरिएको छ,’ घिमिरे भन्छन्, ‘मतदाता नामावली कसरी संकलन गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेका छन् । यो घोषणापछि निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने भनिएको उपनिर्वाचन रद्द...
नवनियुक्त मन्त्रीहरुको शपथ साढे ११ बजे

नवनियुक्त मन्त्रीहरुको शपथ साढे ११ बजे

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहणको समय आज बिहान साढे ११ बजेलाई तय गरिएको हो ।गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जामन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् । शपथ ग्रहण समारोह शीतल निवास परिसरमा टेन्टमुनि बताइएको छ । ...