जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै


काठमाडौँ
आज जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाइदै छ ।
सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएकाको सम्झनामा आज राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो । मृतक सबैलाई सरकारले सहिद घोषणा गरिसकेको छ । यस आन्दोलनका क्रममा आन्दोलनकारी ५९ जना, कैदी बन्दी १० जना र प्रहरी ३ जनाको मृत्यु भएको सरकारी आँकडा रहेको छ ।
आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ भने देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको छ ।
सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूका परिवारलाई यस अघि १० लाख दिने निर्णय गरिएकोमा त्यसमा थप ५ लाख गरी १५ लाख दिने निर्णय गरिएको छ । त्यसै गरी आन्दोलनमा साहदत्त प्राप्त गरेकाहरूको स्मरणमा जेनजी जागरण स्मारक पार्क निर्माण गर्ने घोषणा गरेको छ ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...