बुटवलमा श्रीमानले गरे श्रीमतीको हत्या


बुटवल

बुटवलमा एक महिलाको आफ्नै श्रीमानले ढोकाको आग्लोले हानेर हत्या गरेका छन्। बुटवल उपमहानगरपालिका वडा नं ३ बुटवलको पुल्चोक बस्ने प्रेम बहादुर कुमालले आफ्नै श्रीमतीको हत्या गरेका हुन्।

गुल्मीको इश्मा गाउपालिका वडा नं ६ घरभई बुटवलमा बस्दै आएका कुमालले श्रीमती लक्ष्मी कुमाललाई गएको शुक्रवार राती ११ बजे राती छाताको रड र काठको ढोकामा लगाउने गरालो ( आग्लो)ले हानी हत्या गरेको प्रहरीको भनाई छ।
प्रहरीका अनुसार प्रेमले मरणाशन्न हुनेगरी कुटपिट गरी रातभरी घरमै राखेको र सनिवार बिहान ११ बजे मात्रै बिरामी परेको भन्दै उपचारका लागि भन्दै लुम्विनी प्रादेशिक अस्पतालमा पुर्याएका थिए।

लुम्विनी प्रादेशिक अस्पातलका चिकित्सकले लक्ष्मीलाई अस्पताल पुर्याउदा मृत्यु भई सकेको बताएपछि घटना बाहिर आएको थियो। मृतक लक्ष्मीकी १३ बर्षिय छोरीले आमालाई बावाले कुटेको बताएपछि प्रहरीले अनुसन्धान थालेको थियो। लक्ष्मीका १० महिना, ८ बर्ष र १३ बर्षका छोरी ३ छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मृतकको पोष्टमार्टमको प्रारम्भिक रिर्पोटमा कुटपिटबाट शरिरको भित्री भागमा गम्भिर चोट लागेको देखिएको छ। श्रीमतीको हत्या गर्ने प्रेम बहादुर कुमाल प्रहरी हिरासतमा छन्।

मृतकका भाई कमल मुखियाले भिनाजु प्रेम बहादुर कुमालले दिदीको हत्या गरेको भन्दै जाहेरी दिएपछि जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले बताए।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...