बुटवलमा श्रीमानले गरे श्रीमतीको हत्या


बुटवल

बुटवलमा एक महिलाको आफ्नै श्रीमानले ढोकाको आग्लोले हानेर हत्या गरेका छन्। बुटवल उपमहानगरपालिका वडा नं ३ बुटवलको पुल्चोक बस्ने प्रेम बहादुर कुमालले आफ्नै श्रीमतीको हत्या गरेका हुन्।

गुल्मीको इश्मा गाउपालिका वडा नं ६ घरभई बुटवलमा बस्दै आएका कुमालले श्रीमती लक्ष्मी कुमाललाई गएको शुक्रवार राती ११ बजे राती छाताको रड र काठको ढोकामा लगाउने गरालो ( आग्लो)ले हानी हत्या गरेको प्रहरीको भनाई छ।
प्रहरीका अनुसार प्रेमले मरणाशन्न हुनेगरी कुटपिट गरी रातभरी घरमै राखेको र सनिवार बिहान ११ बजे मात्रै बिरामी परेको भन्दै उपचारका लागि भन्दै लुम्विनी प्रादेशिक अस्पतालमा पुर्याएका थिए।

लुम्विनी प्रादेशिक अस्पातलका चिकित्सकले लक्ष्मीलाई अस्पताल पुर्याउदा मृत्यु भई सकेको बताएपछि घटना बाहिर आएको थियो। मृतक लक्ष्मीकी १३ बर्षिय छोरीले आमालाई बावाले कुटेको बताएपछि प्रहरीले अनुसन्धान थालेको थियो। लक्ष्मीका १० महिना, ८ बर्ष र १३ बर्षका छोरी ३ छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मृतकको पोष्टमार्टमको प्रारम्भिक रिर्पोटमा कुटपिटबाट शरिरको भित्री भागमा गम्भिर चोट लागेको देखिएको छ। श्रीमतीको हत्या गर्ने प्रेम बहादुर कुमाल प्रहरी हिरासतमा छन्।

मृतकका भाई कमल मुखियाले भिनाजु प्रेम बहादुर कुमालले दिदीको हत्या गरेको भन्दै जाहेरी दिएपछि जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले बताए।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...