जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो


काठमान्डौ

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । भदौ २३ र २४ गते भएको प्रदर्शन र त्यसपश्चात् भएको हिंसात्मक घटनामा मृत्यु हुनेको तथ्याङ्क प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको हो । प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरेका अनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मी र नागरिक गरी ७३ जनाले ज्यान गुमाएका छन् ।
मृतकमध्ये सुरक्षातर्फ ३ जना रहेका छन् । ज्यान गुमाउनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा छन् ।

त्यसैगरी नयाँ बानेश्वर क्षेत्रमा प्रहरीको गोली प्रहारपछि घटनास्थलमै तथा अस्पतालमा उपचारका क्रममा २१ प्रदर्शनकारीको मृत्यु भएको छ । उनीहरूमा बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, इस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योगबहादुर श्रेष्ठ, माधव सारु मगर, बिमल बाबु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चंखे’ छन् ।

यस्तै, भदौ २४ गते भएको लुटपाट तथा आगजनीका घटनामा ३८ जनाको मृत्यु भएको छ । भाटभटेनी सुपरमार्केट र स्थानीय बासिन्दाको घरमा जलेको अवस्थामा १५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कैदीबन्दी र बालबन्दीसम्बन्धी घटनामा १० जनाको ज्यान गएको छ ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...