जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो


काठमान्डौ

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । भदौ २३ र २४ गते भएको प्रदर्शन र त्यसपश्चात् भएको हिंसात्मक घटनामा मृत्यु हुनेको तथ्याङ्क प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको हो । प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरेका अनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मी र नागरिक गरी ७३ जनाले ज्यान गुमाएका छन् ।
मृतकमध्ये सुरक्षातर्फ ३ जना रहेका छन् । ज्यान गुमाउनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा छन् ।

त्यसैगरी नयाँ बानेश्वर क्षेत्रमा प्रहरीको गोली प्रहारपछि घटनास्थलमै तथा अस्पतालमा उपचारका क्रममा २१ प्रदर्शनकारीको मृत्यु भएको छ । उनीहरूमा बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, इस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योगबहादुर श्रेष्ठ, माधव सारु मगर, बिमल बाबु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चंखे’ छन् ।

यस्तै, भदौ २४ गते भएको लुटपाट तथा आगजनीका घटनामा ३८ जनाको मृत्यु भएको छ । भाटभटेनी सुपरमार्केट र स्थानीय बासिन्दाको घरमा जलेको अवस्थामा १५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कैदीबन्दी र बालबन्दीसम्बन्धी घटनामा १० जनाको ज्यान गएको छ ।

छुटाउनुभयो कि ?

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...