भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने : प्रधानमन्त्री कार्की


काठमाडौं

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने जानकारी दिएकी छन् । आन्दोलनको म्यान्डेट नै भएकाले यस्तो आयोग आवश्यक रहेको उनले उल्लेख गरेकी छन् ।
उनका अनुसार, आयोगले अनुसन्धान गरेर आगामी सरकारले कारबाही अघि बढाउन सक्ने नीति तथा कानुनी आधार तयार गरिदिनेछ ।

“कति भ्रष्टाचार भएको छ, अनियमितता भएको छ, त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाहीसम्म पुर्‍यायौं भने सरकारले काम गर्न सक्छ । तर, हामी बाटो चाहिँ बनाउँछौं,” प्रधानमन्त्री कार्कीले बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा भनिन् ।

त्यस्तै, जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न तीन सदस्यीय आयोग गठन गरिने जानकारी पनि उनले दिइन् । प्रारम्भमा आयोगलाई एक महिनाको समय दिइनेछ, तर आवश्यक परेमा थप १५ दिनको अवधि प्रदान गरिनेछ ।

प्रधानमन्त्रीका अनुसार, मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने सैद्धान्तिक निर्णय हिजो नै गरिसकेको छ । उनले थपेकी छन्, “सरकारको कार्यकाल ६ महिनाको मात्र भएकाले यो अवधिमा अधिकतम काम गर्ने हाम्रो उद्देश्य हो ।”

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...