जेनजी आन्दोलनमा तोडफोड र लुटपाट: रुपन्देही प्रहरीले प्रमाण उपलब्ध गराउन गर्यो आग्रह


रुपन्देही
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोडपछि लुटपाट गरिएका सामग्री खरिद-विक्री नगर्न आग्रह गरेको छ ।
कार्यालयले आइतबार एक सूचना जारी गर्दै लुटपाटमा संलग्न व्यक्तिहरु पहिचानमा सहयोग पुग्ने कुनै फोटो, भिडियो वा अन्य प्रमाण भएमा उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।
सूचनामा भनिएको छ, ‘प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन तथा पसलमा आगजनी र तोडफोड गर्नु अघि त्यहाँ रहेका जिन्सी तथा नगद सामग्री लुटपाट गरी लैजाने घटना भएका छन् । ती सामग्री बजारमा खरिद नगर्न-नगराउन अनुरोध गरिएको छ ।’
त्यस्ता चोरी वा लुटिएका सामान खरिद वा सञ्चय गरेको पाइए प्रचलित कानुन बमोजिम अनुसन्धान गरी कारबाही हुने कार्यालयले जनाएको छ ।
प्रहरीले यस्ता गतिविधिमा संलग्न समूहको सीसी टिभी फुटेज, तस्बिर, भिडियो वा सामाजिक सञ्जालमा सार्वजनिक भएका लिंकहरू dporupandehi@nepalpolice.gov.np मा पठाई सहयोग गर्न आग्रह गरेको छ । साथै, सूचना उपलब्ध गराउने व्यक्तिको गोपनीयता सुरक्षित गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...