जेनजी आन्दोलनमा तोडफोड र लुटपाट: रुपन्देही प्रहरीले प्रमाण उपलब्ध गराउन गर्यो आग्रह


रुपन्देही
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोडपछि लुटपाट गरिएका सामग्री खरिद-विक्री नगर्न आग्रह गरेको छ ।
कार्यालयले आइतबार एक सूचना जारी गर्दै लुटपाटमा संलग्न व्यक्तिहरु पहिचानमा सहयोग पुग्ने कुनै फोटो, भिडियो वा अन्य प्रमाण भएमा उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।
सूचनामा भनिएको छ, ‘प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन तथा पसलमा आगजनी र तोडफोड गर्नु अघि त्यहाँ रहेका जिन्सी तथा नगद सामग्री लुटपाट गरी लैजाने घटना भएका छन् । ती सामग्री बजारमा खरिद नगर्न-नगराउन अनुरोध गरिएको छ ।’
त्यस्ता चोरी वा लुटिएका सामान खरिद वा सञ्चय गरेको पाइए प्रचलित कानुन बमोजिम अनुसन्धान गरी कारबाही हुने कार्यालयले जनाएको छ ।
प्रहरीले यस्ता गतिविधिमा संलग्न समूहको सीसी टिभी फुटेज, तस्बिर, भिडियो वा सामाजिक सञ्जालमा सार्वजनिक भएका लिंकहरू dporupandehi@nepalpolice.gov.np मा पठाई सहयोग गर्न आग्रह गरेको छ । साथै, सूचना उपलब्ध गराउने व्यक्तिको गोपनीयता सुरक्षित गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...