समाज

सरकारले दशैंलगत्तै फास्ट ट्र्याकमा भ्रष्टाचारको छानबिन गर्ने

सरकारले दशैंलगत्तै फास्ट ट्र्याकमा भ्रष्टाचारको छानबिन गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले फास्ट ट्र्याकमा भ्रष्टाचारको छानबिन गर्न र दोषीलाई कारबाही गर्न तयारी गरेको छ।जेन-जी आन्दोलनको दबाबमा बनेको नयाँ सरकारले भ्रष्टाचारका सबै घटनाहरूको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएको छ । यस आन्दोलनले भ्रष्टाचारविरुद्धको मुद्दालाई प्रमुख बनाएको थियो। सरकार गठनपछि प्रधानमन्त्री कार्कीले सबै भ्रष्टाचार काण्डको छानबिन गर्ने कुरा बताएका हुन् ।यसअघि प्रतिनिधि सभामा पनि भ्रष्टाचारको छानबिनको माग गरिएको थियो, तर त्यस समयमा सरकारका पक्षपातीहरूले छानबिन गर्न आलटाल गरेका थिए । राजनीतिक समीकरण मिलाउने र आफ्ना मान्छे बचाउने नाममा छानबिन नगरी छोडिएको थियो । विगतमा, राजनीतिक दलहरूले सत्ताबाहिर रहँदा भ्रष्टाचारको मुद्दा उठाउने र सत्तामा पुगेर चुप लाग्ने चलन बनाएको थियो। जेन-जी आन्दोलनले भ्रष्टाचारको छानबिन र कारबाहीको मुख्य नारा र...
विदेशस्थित नेपालीहरूलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध

विदेशस्थित नेपालीहरूलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा विदेशमा रहेका नेपालीहरूलाई सहयोग गर्न अनुरोध गरिएको छ।गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत, प्रहरी चौकी लगायतका सरकारी संरचनामा व्यापक आगजनी र तोडफोड भएको थियो । यसमा धेरै सरकारी कार्यालयहरू पूर्ण रूपमा ध्वस्त भए । यसै कारण गत ५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरी पुनर्निर्माणको लागि विशेष कोष स्थापना गर्ने निर्णय गरेको थियो।अर्थ मन्त्रालयले पुनर्निर्माण कोषमा सहयोग गर्न स्वदेश तथा विदेशमा बसोबास गर्दै आएका नेपालीहरूलाई आग्रह गरेको हो। सोही अनुसार विदेशस्थित नेपाली नियोग तथा दूतावासहरूले कोषमा सहयोग गर्न नेपालीहरूलाई अनुरोध गरेका हुन् । कतारस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै जेनजी आन्दोलनका ...
सरकारले आन्दोलनको म्याण्डेट पुरा गर्न सक्ने देखिएन :विभाग प्रमुख पूर्ण बस्नेत

सरकारले आन्दोलनको म्याण्डेट पुरा गर्न सक्ने देखिएन :विभाग प्रमुख पूर्ण बस्नेत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंजनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको म्याण्डेट क्यारी गर्न सक्ने सम्भावना नरहेको बताउनुभएको छ । विजया दशमी–२०८२ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै बस्नेतले सरकार लोकप्रियता, स्टन्ट, बदला र प्रचारबाजीमै सीमित रहने देखिएको भन्दै सरकारमाथि थप खबरदारी कायम राख्न युवालाई सुझाव दिनुभएको छ । बस्नेतले भन्नुभयो–‘वर्तमान सरकारले आन्दोलनको मर्म बुझेको छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन गर्न सक्नुपर्छ । २०८४ मा हुने निर्वाचनलाई २०८२ फागुनमा गर्नका लागि यो सरकार बनाइएको होइन । यसो भयो भने आन्दोलनमाथि सबैभन्दा ठूलो धोका हुन्छ । निर्वाचनसँगै आन्दोलनको औचित्य समाप्त हुन्छ ।’ भ्रष्टाचार काण्डको छानबीन गरी कारबाही गर्ने जेनजी आन्दोलनको अर्को म्याण्डेट भएको बस्नेत बताउनहुन्छ ।...
आज नवरात्रको अन्तिम दिन, महानवमी पर्व मनाइँदै

आज नवरात्रको अन्तिम दिन, महानवमी पर्व मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँप्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वक...
जेनजीको माग, प्रत्यक्ष कार्यकारी र भ्रष्टाचारमुक्त नेपाल

जेनजीको माग, प्रत्यक्ष कार्यकारी र भ्रष्टाचारमुक्त नेपाल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
प्रवेश दाहालदाहाल जेन-जी आन्दोलनका प्रतिनिधि हुन् । भदौ २३ र २४ को जेन–जी विद्रोह असन्तुष्टिको विस्फोट मात्रै थिएन, त्यो हाम्रो पुस्ताले पुरानो प्रणालीलाई दिएको चुनौतीको अपूर्व क्षण थियो । भ्रष्टाचार, नातावाद, अवसरहीनता र विभेदले भरिएको समाजमा बस्नु हामीलाई स्वीकार्य थिएन । हामीले देखेका सहिदका सपना, घाइतेका बलिदान र आम नेपाली युवाको पीडाले नै यो विद्रोहलाई ऊर्जा दिएको हो ।हामी जेन–जी पुस्ता अब विद्रोहमा मात्रै सीमित रहन चाहँदैनौं । अब हाम्रो प्राथमिकता नयाँ नेपाल निर्माण हो । समृद्ध, पारदर्शी र आत्मनिर्भर नेपाल हाम्रो परिकल्पना हो । हामी शून्य भ्रष्टाचार, प्रत्यक्ष कार्यकारी नेतृत्व, रोजगारी सिर्जना, युवालाई अवसर, सामाजिक न्याय, प्रविधि–मैत्री विकास र उत्पादनमा आत्मनिर्भरता चाहन्छौं । हामीले चाहेको परिवर्तन नारामा मात्रै सीमित हुनेछैन । व्यवहारमा उतार्नुपर्ने ऐतिहासिक आवश्यकता ...
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि उठ्यो नैतिक प्रश्न

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि उठ्यो नैतिक प्रश्न

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसक्रममा भएको कमजोरीबारे छानविन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नैतिक प्रश्न उठेको छ ।विशेष अदालतका पूर्वअध्यक्ष समेत रहेका कार्कीले जेनजी आन्दोलन जारी रहेकै बेला आन्दोलनको पक्षमा राजनीतिक दलका नेताहरूविरुद्ध सामाजिक सञ्जालमा लगातार लेखेका थिए । जहाँ कार्कीले ओली, देउवासहित नेताहरूलाई थुन्नुपर्ने र भाग्न दिन नहुने लगायत उल्लेख गरेका थिए । अहिले उनले गरेका पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेका छन् भने कतिपय वरिष्ठ कानुन व्यवसायी तथा सर्वसाधारणले समेत आन्दोलनमा पक्षधरता देखिएकाले उनको नेतृत्वमा हुने छानबिनको निष्पक्षतामाथि आशंका व्यक्त गरेका छन् । यसैबीच मानवअधिकार एलाइन्सले मंगलबार अपिल जारी गर्दै आयोगको निष्पक्षतामाथि प्रश्न उठाएको छ । ‘जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा भौतिक एवम् मानवीय क्षतिको निष्पक्ष छानबि...
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौंनवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको हो ।नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।नौ दिनसम्म देवीको पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको...
कारागारबाट भागेका ठूला अपराधमा संलग्न कैदी फर्काउन चुनौती

कारागारबाट भागेका ठूला अपराधमा संलग्न कैदी फर्काउन चुनौती

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, सम्पादकिय
बुटवलजेन–जी आन्दोलनका बेला मौका छोपेर कारागारबाट भागेका कैदीमध्ये ठूला अपराधमा संलग्नहरु अझै फरार छन् ।उनीहरु सहजै सम्पर्कमा आउँछन् भन्नेमा प्रशासन ढुक्क छैन । उनीहरुलाई कारागार फर्कन, कानुनी कारबाहीबाट बच्न प्रहरी र कारागार प्रशासनले निरन्तर आग्रह गरिरहेको छ । जेन–जी आन्दोलन तोडफोड, आगजनी र लुटपाटमा परिणत भएपछि कारागारबाट सबैभन्दा बढी तनाव गम्भीर अपराध (हत्या, हातहतियार खरखजना, डकैती, लागुऔषध, खोटा मुद्दा, अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी मुद्दा) मा सजाय पाएकाहरु फरार भएकोमा छ। ‘समान्य कसुरमा जेल परेका र सजाय सकिन लागेकाहरु धेरैजसो कारागार फर्किए ,ठूला अपराध गरेकाहरु फर्केलान् जस्तो देखिंदैन। उनीहरुलाई व्यापक खोजतलास गरेर ल्याउनुपर्ने अवस्था छ ।’प्रशासनलाई सबैभन्दा बढी तनाव भारतीय कैदीबन्दीको छ । ...
आज शास्त्रीय विधिअनुसार घरघरमा फूलपाती भित्र्याइँदै

आज शास्त्रीय विधिअनुसार घरघरमा फूलपाती भित्र्याइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी द...
सन्धिखर्कमा यात्रुवाहक जीप दुर्घटना, दुई बालबालिकाको मृत्यु, २४ घाइते (नाम सहित)

सन्धिखर्कमा यात्रुवाहक जीप दुर्घटना, दुई बालबालिकाको मृत्यु, २४ घाइते (नाम सहित)

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
अर्घाखाँचीबुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको यात्रुबाहक लु १ ज ४७२४ नम्बरको लंका यातायातको क्रुजर फोर्स जीप सोमबार बिहान करिब ३:३० बजे सन्धिखर्क नगरपालिका–९, टारीस्थित सन्धिखर्क–ढोरपाटन सडकखण्डमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पुष्टि गरेको छ। मृतकहरूमा १० वर्षीया अरुणा थापा, मदाने गाउँपालिका–६ पुर्कोटदह र १३ वर्षीय नारायण पौडेल, मदाने गाउँपालिका–७ नेटाखर्क रहेका छन्। दुर्घटनामा परी अन्य २४ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था यस प्रकार छ: गम्भीर: तारा सेन के.सी. (३२), गंगा थापा (३३), संजिता कुवँर (१३), उषा घ.म. (२१) – बुटवल तर्फ रिफर मध्यम: चालक चेतन कुँवर (४२), उषा पुन मगर (२४), लक्ष्मी कुँवर (३३), सृजना कुँवर (१८), सुरेश कुँवर (१६), जगन्नाथ पौडेल (२४), निशा जि.एम. (१९), सिता वि.सी. (३०), ...