सरकारले आन्दोलनको म्याण्डेट पुरा गर्न सक्ने देखिएन :विभाग प्रमुख पूर्ण बस्नेत


काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको म्याण्डेट क्यारी गर्न सक्ने सम्भावना नरहेको बताउनुभएको छ । विजया दशमी–२०८२ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै बस्नेतले सरकार लोकप्रियता, स्टन्ट, बदला र प्रचारबाजीमै सीमित रहने देखिएको भन्दै सरकारमाथि थप खबरदारी कायम राख्न युवालाई सुझाव दिनुभएको छ ।

बस्नेतले भन्नुभयो–‘वर्तमान सरकारले आन्दोलनको मर्म बुझेको छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन गर्न सक्नुपर्छ । २०८४ मा हुने निर्वाचनलाई २०८२ फागुनमा गर्नका लागि यो सरकार बनाइएको होइन । यसो भयो भने आन्दोलनमाथि सबैभन्दा ठूलो धोका हुन्छ । निर्वाचनसँगै आन्दोलनको औचित्य समाप्त हुन्छ ।’

भ्रष्टाचार काण्डको छानबीन गरी कारबाही गर्ने जेनजी आन्दोलनको अर्को म्याण्डेट भएको बस्नेत बताउनहुन्छ । सुशासनको जग बसाउन वर्तमान सरकारले निर्मम कदम चाल्न हिम्मत गर्नुपर्ने उहाँको भनाइ छ ।
जसको नीति उसकै नेतृत्व हुन नसकेको कारण आन्दोलनका उपलब्धी गुम्ने खतरा भएको उहाँको टिप्पणी गर्नुभयो । जेनजी युवाले नै वर्तमान सरकारको नेतृत्व गर्नुपर्ने उहाँको धारणा छ । सेलिब्रटी सरकारले चूनौतिपूर्ण राजनीतिक नेतृत्व गर्न कठिन हुने उहाँको बुझाइ छ ।

छुटाउनुभयो कि ?

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...
प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...