विदेशस्थित नेपालीहरूलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध


काठमाडौँ
नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा विदेशमा रहेका नेपालीहरूलाई सहयोग गर्न अनुरोध गरिएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत, प्रहरी चौकी लगायतका सरकारी संरचनामा व्यापक आगजनी र तोडफोड भएको थियो । यसमा धेरै सरकारी कार्यालयहरू पूर्ण रूपमा ध्वस्त भए । यसै कारण गत ५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरी पुनर्निर्माणको लागि विशेष कोष स्थापना गर्ने निर्णय गरेको थियो।
अर्थ मन्त्रालयले पुनर्निर्माण कोषमा सहयोग गर्न स्वदेश तथा विदेशमा बसोबास गर्दै आएका नेपालीहरूलाई आग्रह गरेको हो। सोही अनुसार विदेशस्थित नेपाली नियोग तथा दूतावासहरूले कोषमा सहयोग गर्न नेपालीहरूलाई अनुरोध गरेका हुन् ।

कतारस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै जेनजी आन्दोलनका कारण देशभरि भएका क्षतिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि कोषमा सहयोग गर्न अनुरोध गरेको छ । त्यस्तै कुवेत र इजरायलमा रहेका नेपाली दूतावासहरूले पनि आफ्नो तर्फबाट योगदान गर्न अपील गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) पनि राष्ट्रको पुनर्निर्माण अभियानमा सहयोग गर्न सक्रियता देखाएको छ । अध्यक्ष महेशकुमार श्रेष्ठले एक सूचना जारी गर्दै भूकम्प, बाढी र अन्य सङ्कटका बेला एनआरएनले सहयोग गर्दै आएको जनाउँदै देशलाई संकट परेको बेला सहयोग गर्न अनुरोध गरेका हुन्।

एनआरएनएले पुनर्निर्माण अभियानमार्फत राष्ट्र पुनर्निर्माण, प्रशासनिक सेवा पुनर्स्थापना र सुरक्षा सुनिश्चित गर्नका लागि योगदान गर्न अनुरोध गरेको हो ।

छुटाउनुभयो कि ?

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजन...
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगि...
लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

बुटवललुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा विपक्षी दलका नेताको सचिवालयमा कर्मचारी नियुक्त गर्न पाउने व्यव...
नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

काठमाडौँसरकारले मोहम्मद जयन्तीको अवसरमा आज भदौ १० गते बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी सार्वजन...