समाज

जेनजी आन्दोलनको क्रममा भागेका ५ हजार ७ सय कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनको क्रममा भागेका ५ हजार ७ सय कैदीबन्दी अझै फरार

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए । त्यसमध्ये आज अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन् । गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो । ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिर...
यूएईले भिजिट भिसामा नयाँ नियम लागू गर्यो, स्पोन्सरको न्यूनतम तलब तोकियो

यूएईले भिजिट भिसामा नयाँ नियम लागू गर्यो, स्पोन्सरको न्यूनतम तलब तोकियो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमान्डौ संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसामा नयाँ नियम लागू गरेको छ, जसअनुसार परिवार वा साथीलाई स्पोन्सर गर्न चाहने प्रायोजकले निश्चित मासिक न्यूनतम तलब पुरा गरेको हुनुपर्छ । नयाँ प्रावधानअनुसार चार तह निर्धारण गरिएको छ जसमा पहिलो, दोस्रो र तेस्रो र साथी (नन–रिलेटिभ) तह रहेका छन् । पहिलो तहमा बुबा आमा, श्रीमान र श्रीमती, छोराछोरी रहेका छन् । उनीहरूलाई भिजिट भिसामार्फत यूएई ल्याउनका लागि मासिक न्यूनतम चार हजार यूएई दिराम तलब हुनुपर्नेछ । त्यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी रहेका छन् । उनीहरूलाई भिजिट भिसामा ल्याउने प्रायोजकको मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ । तेस्रो तहमा काका–काकी, मामा, फुपु, कजिन रहेका छन् । त्यसका लागि ८ हजार दिराम न्यूनतम तलब हुनुपर्नेछ । भने साथीहरू (नन–रिलेटिभ) लाई स्पोन्सर गर्नेको हकमा मासिक १५ हजार दिराम तलब हुन...
बाढीपहिरोका मृतक ५३ र बेपत्ता ७ जना (नामावली)

बाढीपहिरोका मृतक ५३ र बेपत्ता ७ जना (नामावली)

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौंयही असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।घटनामा परी ७ जना बेपत्ता भएका नेपाल प्रहरीको पछिल्लो विवरणमा उल्लेख छ ।सबैभन्दा धेरै इलाममा ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । अहिले पनि विभिन्न जिल्लाका विवरणहरू संकलन गर्ने क्रम जारी छ । यी हुन् मृतक ५३ जना ...
आश्विन शुक्ल पूर्णिमा: बडादसैँ पर्व आजदेखि समापन हुँदै

आश्विन शुक्ल पूर्णिमा: बडादसैँ पर्व आजदेखि समापन हुँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौँ बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्...
दुई दशकपछि गुल्मी ट्राफिकको सेवा आफ्नै भवनबाट

दुई दशकपछि गुल्मी ट्राफिकको सेवा आफ्नै भवनबाट

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीजिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले स्थापना भएको दुई दशकपछि आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । ट्राफिक प्रहरी कार्यालय २०६३ सालदेखि विभिन्न सरकारी तथा व्यक्तिगत घरहरु भाडामा लिएर बस्दै आएकाे थियो । अहिले बालमन्दिर र बुढाथोकी बसपार्कको बिचमा आफ्नै भवन निर्माण भएपनि असोज १४ बाट कार्यालय सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । रेसुङ्गा नगरपालिका, लुम्बिनी प्रदेश सरकार र सङ्घीय बजेटमार्फत ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भएको हो । तीन तहबाट बजेट व्यावस्थापन गरेर भवन निर्माण गर्दा कामले सोँचे अनुसारको गति लिएको छैन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख ट्राफिक प्रहरी नायब निरीक्षक ज्ञानबहादुर कुँवरका अनुसार अहिले तल्लो भवनको एउटा कोठाबाट कार्यालय सञ्चालनको काम मात्रै भएको छ । भवनको रङ्गरोगन, कम्पाउण्ड र फिनिसिङ्गको काम अझै बाँकी छ । ...
ओपनएआइ बन्यो विश्वकै मुल्यवान स्टार्टअप

ओपनएआइ बन्यो विश्वकै मुल्यवान स्टार्टअप

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँच्याटजिपिटीको मूल कम्पनी ओपनएआइले एलन मस्कको स्पेसएक्सलाई उछिनेर विश्वको सबैभन्दा ठूलो स्टार्टअप बनेको छ ।हालका र पुर्व ओपनएआइ कर्मचारीहरूले विभिन्न लगानीकर्ताहरूलाई लगभग ६.६ ​​अर्ब मूल्यको शेयर बेचेपछि ओपनएआइको मुल्य बढेको हो । यस वर्षको सुरुमा, कम्पनीले सफ्टबैंकको नेतृत्वमा कोष सङ्कलन आयोजना गरेको थियो, जसले ओपनएआइको मूल्य ३०० अर्ब डलर राखेको थियो । एआइ प्रविधिमा लगानीमा भएको वृद्धि र डेटा सेन्टर र एआइ सेवाहरूको मागले यो वृद्धिलाई अगाडि बढाइरहेको छ । ओपनएआइको मुल्यांकन बढ्नुमा प्रमुख कारण २०२५ को सुरुमा कम्पनीको वार्षिक राजस्व दोब्बर भएर १२ अर्बडलर पुगेको छ। कम्पनीले यस वर्षको अन्त्यसम्ममा २० अर्ब डलरको लक्ष्य राखेको छ । कम्पनीको बलियो वित्तीय अवस्थाले लगानीकर्ताहरूलाई आकर्षित गरिरहेको छ । त्यस्तै ठूलो प्रयोगकर्ता आधार अर्को कारण रहेको छ । च्याटजिपिटी मा २ अर्ब सक्र...
टिकाको तेस्रो दिन: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

टिकाको तेस्रो दिन: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौँ आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ ।नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। ...
१५ सय डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न प्रतिबन्ध

१५ सय डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न प्रतिबन्ध

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमान्डौ अर्थ मन्त्रालयले अबदेखि १५ सय अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा साथमा राख्न नपाइने स्पष्ट गरेको छ । मन्त्रालयले बुधबार राति सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत सूचना सार्वजनिक गर्दै वित्तीय अनुशासन कडाइ गरिएको जानकारी दिएको हो ।मन्त्रालयका अनुसार, वैदेशिक भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा नगदमा अधिकतम १५ सय अमेरिकी डलर वा सो बराबरको परिवर्त्य मुद्रा मात्र राख्न पाइनेछ । यस्तै, विदेशबाट नेपाल आउने नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलरसम्मको नगद रकम भन्सारमा घोषणा नगरी ल्याउन सक्ने व्यवस्था पनि मन्त्रालयले स्पष्ट पारेको छ । ५ हजार डलरभन्दा बढी रकम भएमा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गर्नुपर्नेछ ।मन्त्रालयका अनुसार, वैदेशिक भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा नगदमा अधिकतम १५ सय अमेरिकी डलर वा सो...
आज बडादसैँको मुख्य दिन- हर्षउल्लासपूर्वक टीका, जमरा र आशिर्वाद ग्रहण गर्दै

आज बडादसैँको मुख्य दिन- हर्षउल्लासपूर्वक टीका, जमरा र आशिर्वाद ग्रहण गर्दै

Breaking news 1, गित संगित, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौंबडादसैँअन्तर्गत आज मुख्य दिन अर्थात् विजया दशमी मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै हर्षोल्लासपूवर्वक मनाइँदै छ।आज दिनभर टीका लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेका लागि बिहान ११ बजेर ५३ मिनेटमा रहेको कुरा नेपाल पचांग निर्णायक विकास समितिले यसअघि नै बताइसकेको छ।आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा आशीर्वाद लिइन्छ। त्यसो त मान्यजन टाढाटाढा हुनेहरूले आज विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म पनि टीका लगाउन सक्छन्। बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो। आज नेपालीहरुको महान चाड बडादशैं आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । दशैं घर वा पूजाकोठामा घटस्थापनका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवीदुर्गाको प्रसादको रुपमा टीका–जमर...
राष्ट्रपतिद्वारा विजयादशमीको शुभकामना : राष्ट्रिय मेलमिलाप र सुशासनमा जोड

राष्ट्रपतिद्वारा विजयादशमीको शुभकामना : राष्ट्रिय मेलमिलाप र सुशासनमा जोड

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपति पौडेलले बिहीबार (२०८२ असोज १६ गते) शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि कामना गरेका हुन् । शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले सत्य, धर्म र न्यायको विजयको प्रतीकका रूपमा रहेको यस महान् चाडको दिन मान्यजनहरूबाट नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराको स्मरण गरेका छन् ।राष्ट्रपति पौडेलले यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्‍भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गरेको उल्लेख गरेका छन् । उनले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामनासमेत गरेका छन् । ‘यस अवसरमा समग्र रा...