राष्ट्रपतिद्वारा विजयादशमीको शुभकामना : राष्ट्रिय मेलमिलाप र सुशासनमा जोड


काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले बिहीबार (२०८२ असोज १६ गते) शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि कामना गरेका हुन् ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले सत्य, धर्म र न्यायको विजयको प्रतीकका रूपमा रहेको यस महान् चाडको दिन मान्यजनहरूबाट नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराको स्मरण गरेका छन् ।
राष्ट्रपति पौडेलले यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्‍भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गरेको उल्लेख गरेका छन् । उनले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामनासमेत गरेका छन् ।

‘यस अवसरमा समग्र राष्‍ट्रमा मेलमिलाप, सद्‍भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु,’ सन्देशमा भनिएको छ ।

छुटाउनुभयो कि ?

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजन...
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगि...
लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

बुटवललुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा विपक्षी दलका नेताको सचिवालयमा कर्मचारी नियुक्त गर्न पाउने व्यव...
नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

काठमाडौँसरकारले मोहम्मद जयन्तीको अवसरमा आज भदौ १० गते बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी सार्वजन...