यूएईले भिजिट भिसामा नयाँ नियम लागू गर्यो, स्पोन्सरको न्यूनतम तलब तोकियो


काठमान्डौ

संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसामा नयाँ नियम लागू गरेको छ, जसअनुसार परिवार वा साथीलाई स्पोन्सर गर्न चाहने प्रायोजकले निश्चित मासिक न्यूनतम तलब पुरा गरेको हुनुपर्छ । नयाँ प्रावधानअनुसार चार तह निर्धारण गरिएको छ जसमा पहिलो, दोस्रो र तेस्रो र साथी (नन–रिलेटिभ) तह रहेका छन् । पहिलो तहमा बुबा आमा, श्रीमान र श्रीमती, छोराछोरी रहेका छन् । उनीहरूलाई भिजिट भिसामार्फत यूएई ल्याउनका लागि मासिक न्यूनतम चार हजार यूएई दिराम तलब हुनुपर्नेछ ।

त्यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी रहेका छन् । उनीहरूलाई भिजिट भिसामा ल्याउने प्रायोजकको मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ । तेस्रो तहमा काका–काकी, मामा, फुपु, कजिन रहेका छन् । त्यसका लागि ८ हजार दिराम न्यूनतम तलब हुनुपर्नेछ । भने साथीहरू (नन–रिलेटिभ) लाई स्पोन्सर गर्नेको हकमा मासिक १५ हजार दिराम तलब हुनुपर्नेछ ।
यूएईको संघीय प्राधिकरणले प्रायोजकको आयको आधारमा भिसा आवेदन स्वीकार्ने व्यवस्था गरेको छ । भिसा आवेदनमा नाता सम्बन्धको प्रमाण, कम्तिमा ६ महिनाको मान्य राहदानी र फिर्ता यात्रा टिकट अनिवार्य हुनेछ ।

आईसीपीका महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैलीका अनुसार यस निर्णयले पारदर्शिता बढाउने, आर्थिक विविधिकरण समर्थन गर्ने, प्रतिभाशाली व्यक्तिलाई आकर्षित गर्ने, साथै जीवनस्तर सुधार, व्यापार र प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...