१५ सय डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न प्रतिबन्ध

काठमान्डौ

अर्थ मन्त्रालयले अबदेखि १५ सय अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा साथमा राख्न नपाइने स्पष्ट गरेको छ । मन्त्रालयले बुधबार राति सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत सूचना सार्वजनिक गर्दै वित्तीय अनुशासन कडाइ गरिएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार, वैदेशिक भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा नगदमा अधिकतम १५ सय अमेरिकी डलर वा सो बराबरको परिवर्त्य मुद्रा मात्र राख्न पाइनेछ ।

यस्तै, विदेशबाट नेपाल आउने नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलरसम्मको नगद रकम भन्सारमा घोषणा नगरी ल्याउन सक्ने व्यवस्था पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

५ हजार डलरभन्दा बढी रकम भएमा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गर्नुपर्नेछ ।

सूचनामा उल्लेख भएअनुसार, स्रोत खुलेको रकमलाई नगदमै सुरक्षित राख्न वा प्रयोग गर्न कुनै प्रतिबन्ध छैन । तर, स्रोत नखुलेको रकममाथि भने ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४’ अनुसार अनुसन्धान हुने अर्थ मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयका अनुसार प्रचलित कानुनमा भएको व्यवस्थाबाहेक तोकिएको रकमभन्दा बढीको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्नेछ।

अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम राख्न यही असोज ५ गते मन्त्रिपरिषद्‌ले गरेको निर्णयअनुसार सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा-सुविधा मात्र प्रदान गर्न पत्राचार गरिएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।

छुटाउनुभयो कि ?

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजन...
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगि...
लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

बुटवललुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा विपक्षी दलका नेताको सचिवालयमा कर्मचारी नियुक्त गर्न पाउने व्यव...
नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

काठमाडौँसरकारले मोहम्मद जयन्तीको अवसरमा आज भदौ १० गते बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी सार्वजन...