समाज

सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता र सुनुवाइ हुने

सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता र सुनुवाइ हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँसर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु हुने भएका छन्।असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयानुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा आजदेखि रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन्।प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहनेछन्। ...
विपिन जोशीको शव हस्तान्तरण

विपिन जोशीको शव हस्तान्तरण

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ हमासको कब्जामा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ ।हमासले बन्धक बनाएका २० जना जीवित इजरायलीलाई मुक्त गर्दै सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई हस्तान्तरण गरेको थियो । हमास समूहले त्यसपछि मात्र बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाउँदै आएको थियो । हमासले सोमबार नेपालका विपिन जोशीलगायत गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ । सन् २०२३ अक्टोबर ७ का दिन इजरायलको दक्षिण क्षेत्रमा पर्ने किबुज एलुमिममा हमासको आक्रमणपछि बन्दी बनाइएका २३ वर्षीय विपिन जोशी त्यहाँ आक्रमण हुनुभन्दा करिब एकमहिनाअघि मात्र सिक र कम...
अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ पुस्तकको दोस्रो संस्करणबारे बुटवलमा छलफल सम्पन्न

अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ पुस्तकको दोस्रो संस्करणबारे बुटवलमा छलफल सम्पन्न

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजनामा अर्थशास्त्री मनिकर कार्की लिखित ‘अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ पुस्तकको दोस्रो संस्करणबारे सोमबार बुटवलमा आयोजित परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. बावुराम ज्ञवालीले पुस्तकका विषयवस्तु सहज र सबै पाठकले बुझ्ने ढंगले प्रस्तुत गरिएको बताउँदै देशको विकासका लागि निजी क्षेत्रको मनोबल सुदृढ गर्नु अनिवार्य रहेको उल्लेख गरे। उनले नीति निर्माताहरूले यो पुस्तक अध्ययन गरेर व्यावहारिक नीति निर्माणमा सहयोग लिन सक्ने सुझाव पनि दिए। नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नेपाली अर्थतन्त्रका चुनौतीहरूको समाधानका लागि आयातित अवधारणाभन्दा मौलिक विचार र मोडेललाई प्राथमिकता दिनुपर्ने बताए। उनले पुस्तक नेपाली अर्थतन्त्रलाई बुझ्न सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने विश...
रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीमा देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । तिहार सुरु भएपछि खेलिने देउसी–भैलोको क्रममा मादक पदार्थ सेवन (मापसे) गरेको पाइएमा कानून अनुसार कारबाही गरिने भएको हो ।रुपन्देही जिल्ला सुरक्षा समितिको बैठकले तिहारमा सम्भावित अपराध र अवाञ्छित गतिविधि नियन्त्रणका लागि देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न पाउने निर्णय गरेको हो । साथै, सहभागीहरूले मादक पदार्थ सेवन गर्न नपाउने पनि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिए ।उनका अनुसार तिहारमा शान्ति–सुरक्षा कायम गर्न र सामाजिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । “चाडपर्वमा हुने भीडभाडका कारण कुनै अप्रिय घटना नहोस् भन्ने हाम्रो प्राथमिकता हो,” उनले भने । जेन–जेड आन्दोलनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै समाजमा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले रु...
राजनीतिक स्थिरता र लगानी सुरक्षा माग्दै उद्योगी व्यवसायी

राजनीतिक स्थिरता र लगानी सुरक्षा माग्दै उद्योगी व्यवसायी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल उद्योगी व्यवसायीहरूले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने र राजनीतिक दलहरू त्यसमा सहभागी हुनुपर्ने आग्रह गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२औं वार्षिक साधारण सभामा उनीहरुले मुलुकमा निरन्तर भइरहेका आन्दोलन र राजनीतिक अस्थिरताले लगानीको वातावरण असुरक्षित बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निजी क्षेत्रको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्थानीय सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको बताए ।उनले जेन–जी आन्दोलनका मुद्दा सान्दर्भिक भए पनि त्यसको आडमा भएका तोडफोड, आगजनी, लुटपाटजस्ता अपराधको विरोध गर्दै संलग्नलाई कारबाही गर्नुपर्ने बताए । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले पनि निजी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएको बताउँदै अपराधमा संलग्नलाई कानुनी...
नेतृत्वविहीन पर्यटन, अन्योलमा उद्योग

नेतृत्वविहीन पर्यटन, अन्योलमा उद्योग

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं २३ र २४ भदौको जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा ठूलो क्षति भयो । केही उद्योग, व्यवसायमा भौतिक आक्रमण भयो । जसको क्षतिपूर्तिको दाबी बीमासहित अन्य माध्यमबाट भइरहेको छ ।जेनजी आन्दोलनका बेला भौतिक र मानसिक रूपमा समेत आक्रमणमा परेको पर्यटन क्षेत्र भने अझै अन्योलमा छ । आन्दोलन लगत्तै नेपाललाई धेरै देशले घुमफिरका लागि खतराको सूचीमा राखेका थिए । सोहीकारण मुख्य सिजनमै सत्ता र सरकार परिवर्तन भएको एक महिना पूरा भइसकेको छ । तर, पर्यटन मन्त्रालयले अझै नेतृत्व पाएको छैन । अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीसँगै छ ।नेपाल पर्यटन बोर्ड सदस्य ऋषि भण्डारी यस्ता संकटको समयमा विगतका सरकारहरूले पर्यटन पुनरुत्थानमा केही चासो दिए पनि अहिलेको सरकारले पर्यटनलाई प्राथमिकतामा नराखेको बताउँछन् ।पर्यटन बोर्डले तयार पारेको ‘टुरिज्म इन्साइट्स’ सार्वजनिक गर्न काठमाडौंमा आयोजित ...
हमासले दुई बर्षपछि रिहा गर्यो २० बन्धक, विपीनको न सास भेटियो न लास

हमासले दुई बर्षपछि रिहा गर्यो २० बन्धक, विपीनको न सास भेटियो न लास

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, समाचार, समाज
काठमाडौँहमासले पहिलो चरण र दोस्रो चरणमा गरेर कुल २० बन्धकलाई रिहा गरेको छ । हमासले सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना जीवित बन्धकलाई रिहा गरेको हो ।हमासले उत्तरी गाजाबाट ७ जना र १३ जनालाई दक्षिणी गाजाबाट अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरन गरेको हो । पहिलो चरणमा माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ-दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो । इजरायली सेनाले १३ जना बन्धक हमासले रेडक्रसलाई हस्तान्तरण गरेको जानकारी दिदै उनीहरुलाई सेनाको ब्यारेकमा लगिन लागेको बताएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलको राजधानी तेल अभिभ पुगेका छन् । उनले केहीबेरमा इजरायली संसदलाई सम्बोधन गर्दैछन् । त्यस्तै ट्रम्पले बन्धकका परिवारलाई समेत भेट्ने कार्यक्रम रहेको छ । ...
भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल

भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्राकृतिक तथा मानवजनित विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएको बताएका छन् ।उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा सोमबार बोल्दै प्रत्येक वर्ष विपद्का कारण मुलुकमा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको बताए । मन्त्री अर्यालले भौगोलिक दृष्टिले नेपाल सुन्दर भएपनि त्यति नै जोखिमपूर्ण पनि रहेको उल्लेख गरे ।उनले भने, ‘नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खाजस्ता प्राकृतिक विपद् र अन्य मानवजनित विपद्को जोखिममा परेको देश हो । यस्ता विपद्का कारण न केवल जनधनको क्षति हुँदै आएको छ, विकासको गति समेत अपूर्ण रहँदै आएको तथ्य सबैलाई ज्ञात छ ।’गृहमन्त्री अर्यालले विपद्लाई केवल प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता रहेको बताए ।उनले नेपाल सरकारले विपद् जोखिम न्य...
जेनजी आन्दोलनमा ‘टीओबी’ को टिसर्ट लगाएर पेस्तोलसहित देखिएका युवक पक्राउ

जेनजी आन्दोलनमा ‘टीओबी’ को टिसर्ट लगाएर पेस्तोलसहित देखिएका युवक पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं जेनजी प्रदर्शनका बेला ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्ने मध्ये बिजुलीबजारको पुलमा ‘पेस्तोल’सहितको भिडियो बाहिर आएका युवक तेन्जेन दावा प्रहरी नियन्त्रणमा रहेका छन् ।पेस्तोल' देखाउँदै गरेको भिडियो सामाजिक सञ्जाल भाइरल हुन थालेपछि ती युवा आफै प्रहरीको सम्पर्कमा पुगेका हुन् । हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले एक युवासँग पेस्तोल लिएको देखिएको छ ।अहिले दावासँग सोधपुछ भइरहेको प्रहरीले बताएको छ । आन्दोलनमा टीओबीको टिसर्ट र ज्याकेट लगाएका मानिसहरुको भूमिका रहस्यमय रहेको भन्दै अहिले मिडिया र सामाजिक सञ्जालमा बहस भइरहेको छ । ...
बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
वासिङ्टन डिसी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइ सम्बन्धी इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि टिप्पणी गर्दै ‘युद्ध समाप्त’ भएको बताएका छन् । बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जाँदै गर्दा एयर फोर्स वनमा बोल्दै उनले युद्धविराम कायम रहने र गाजाका लागि छिट्टै ‘शान्ति बोर्ड’ स्थापना हुने बताए । उनले गाजालाई ‘विध्वंसको थलो’ जस्तो देखिएको उल्लेख गरे । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र मध्यस्थकर्ता कतारको भूमिकाको प्रशंसा गरे । हमासले गाजामा बाँकी रहेका सबै बन्धकहरूलाई स्थानीय समयअनुसार सोमबार मध्यान्हसम्ममा रिहा गर्नुपर्ने समयसीमा छ । ट्रम्प सोमबार नै युद्ध अन्त्य गर्ने अन्तर्राष्ट्रिय शिखर सम्मेलनका लागि इजिप्ट जाने कार्यक्रम छ । हमासले करिब २० जना जीवित बन्धक र २८ जनासम्म मृत बन्धकका अवशेषहरू हस्तान्तरण गर्ने अपेक्षा छ । यसैब...