राष्ट्रिय सभा निर्वाचनबाट चुनिए १८ जना
काठमाडौंराष्ट्रिय सभा निर्वाचनबाट १८ जना राष्ट्रिय सभा सदस्य चुनिएका छन्। निर्वाचनबाट कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरु विजयी भएका छन्।
कांग्रेसले शेरबहादुर देउवा सभापति र पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेका बेला एमाले र लोसपासँग राष्ट्रिय सभामा तालमेल गर्ने सहमति गरेको थियो।त्यसअनुसार १८ पदमा निर्वाचन हुनेमा ९ ठाउँमा कांग्रेसले उम्मेदवारी दिएको थियो, एमालेले ८ ठाउँमा र लोसपाले १ ठाउँमा उम्मेदवारी दिएको थियो। आज भएको निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय सभामा १९ पद रिक्त हुनेमा एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। बाँकी १८ पदका लागि आज चुनाव भएको थियो।
कहाँ को भए निर्वाचित ?
कोशी प्रदेश
१. सुनिलबहादुर थापा निर्विरोध निर्वाचित, नेपाली कांग्रेस
२. रोशनी मेचे, नेकपा एमाले
३...








