अटेरी ऋणीमाथि सरकार कडा, महालेखाले तीन पुस्तेसहित नाम सार्वजनिक


काठमाडौँ
सरकारी ढुकुटीको रकम नतिरी बसेकाहरूका लागि महालेखा नियन्त्रक कार्यालयले कडा चेतावनी दिएको छ । पटक–पटक सूचना जारी गर्दा र घरमै पत्राचार गर्दा पनि अटेर गरेपछि कार्यालयले अब ऋणीहरूको चल–अचल सम्पत्ति नै रोक्का गरेर असुल उपर गर्ने प्रक्रिया अघि बढाएको हो ।
बबरमहलस्थित महालेखा नियन्त्रक कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी बाँकी रकम तिर्न बाँकी भएका व्यक्तिहरूको तीनपुस्ते विवरण नै सार्वजनिक गरेको छ । यसअघि पनि वेबसाइटमार्फत नाम सार्वजनिक गरिएको र उपस्थित हुन आग्रह गरिएको भए तापनि ऋणीहरूले बेवास्ता गरेपछि कार्यालय कडा रूपमा प्रस्तुत भएको हो ।
सूचनामा उल्लेख भएअनुसार अबको ३५ दिनभित्र सम्पर्कमा नआए र आफूले तिर्नुपर्ने साँवा तथा नियमानुसारको ब्याज नबुझाएमा प्रचलित कानुनबमोजिम सम्पत्ति दाबी गरिनेछ । यसरी सरकारी बाँकी असुल गर्दा सम्बन्धित व्यक्तिको आर्थिक वा सामाजिक प्रतिष्ठामा पुग्ने क्षतिप्रति कार्यालय जिम्मेवार नहुने समेत स्पष्ट पारिएको छ ।

लामो समयदेखि सरकारी बक्यौता नतिर्नेहरूको सूची लामो भएपछि सरकारले कडाइ गर्न थालेको देखिन्छ । तोकिएको समय सीमाभित्र फरफारक नगर्नेहरूको हकमा कानुनी कारबाहीको प्रक्रिया तत्कालै अघि बढ्ने कार्यालयले जनाएको छ ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...