पूर्व मुख्यमन्त्री केसीसहित ७ नेता नेकपाबाट निष्कासित


काठमाडौं
नेपाली कम्युनिस्ट पार्टीले नेता लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका कुलप्रसाद केसी ,हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ।

पार्टीको आधिकारिक निर्देशनभन्दा बाहिर गएर उम्मेदवार, प्रस्ताव र प्रचारमा हिँडेको भन्दै नेकपाले उनीहरुलाई कारबाही गरेको हाे।
सिन्धुली २ मा महेश्वर दाहाललाई बागी उम्मेदवार बनेका छन्। उनलाई नेता गजुरेलले साथ दिएका छन्। त्यहाँ नेकपाले राजन दाहाललाई उम्मेदवार बनाएको छ।

कारबाहीमा पर्नेहरूमा दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिराहा धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्। धर्मनाथ नेकपा छाडेर सिराहा ४ मा एमालेबाट उम्मेदवार बनेका छन्।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका केसीले दाङ १ मा बागी उम्मेदवारी दिएका छन्। पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि उनले बागी उम्मेदवारी दिएका थिए।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...