विश्व बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतले घट्यो
काठमाडौंविश्व बजारमा कच्चा तेलको मूल्य शुक्रबार करिब २ प्रतिशतले घटेको छ। तेल ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज हुँदै हुने आवागमन क्रमशः सामान्य बन्दै गएपछि आपूर्ति अवरोधको जोखिम कम भएको र त्यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय तेल बजारमा परेको हो।
लन्डनस्थित आईसीई एक्सचेञ्जमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १.९९ प्रतिशतले घटेर प्रतिव्यारेल ७३.७६ अमेरिकी डलरमा झरेको छ। त्यस्तै, न्यूयोर्क मर्केन्टाइल एक्सचेञ्ज (नाइमेक्स)मा वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई)को मूल्य २.०७ प्रतिशतले घट्दै प्रतिव्यारेल ७०.४३ अमेरिकी डलरमा कारोबार भएको छ।
बजार विश्लेषकहरूका अनुसार स्ट्रेट अफ होर्मुज क्षेत्रमा रोकिएका अधिकांश तेल ट्यांकर पुनः गन्तव्यतर्फ अघि बढ्न थालेपछि विश्व बजारमा आपूर्ति अवरोधको जोखिम घटेको छ। साथै, साउदी अरेबियाको प्रमुख तेल निर्यात ...








