बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक



बुटवल
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ अर्ब ८५ करोड रुपैयाँको आय अनुमान सहितको बजेट वक्तव्य सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले असार १० गते बुधबार नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्।

“समानता, स्वाभिमान र अवसर-बस्नयोग्य बुटवल शहर” भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको यस बजेटमा कुल खर्चमध्ये चालुतर्फ ५२ प्रतिशत र पूँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रस्तावित बजेटको व्यय अनुमान अनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ।

बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट संघीय समानीकरण अनुदानबापत रु. २९ करोड २२ लाख, ससर्त अनुदान (चालु) तर्फ रु. ५० करोड २५ लाख, ससर्त अनुदान (पूँजीगत) तर्फ रु. ७ करोड ४ लाख, विशेष अनुदान (पूँजीगत) तर्फ रु. ९० लाख र समपूरक अनुदान (पूँजीगत) तर्फ रु. २० लाख प्राप्त हुने अनुमान छ। यस्तै, प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदानबापत रु. २ करोड ३ लाख ६५ हजार, ससर्त अनुदान (चालु) तर्फ रु. ५६ लाख ५० हजार, ससर्त अनुदान (पूँजीगत) तर्फ रु. १ करोड ७३ लाख, समपूरक अनुदान (पूँजीगत) बापत रु. १ करोड ५० लाख र विशेष अनुदान (पूँजीगत) तर्फ रु. २० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ।

राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट रु. १९ करोड ४३ लाख ८६ हजार र प्रदेश सरकारबाट रु. २ करोड ७५ लाख ६१ हजार प्राप्त हुने अनुमान छ। नगरको आन्तरिक स्रोत व्यवस्थापनतर्फ स्थानीय आन्तरिक स्रोतबापत रु. १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २ सय संकलन हुने लक्ष्य राखिएको छ। यसबाहेक स्थानीय राजस्व बाँडफाँड अन्तर्गत विज्ञापन, मनोरञ्जन कर र दहतार बहत्तरको बिक्रीबाट रु. ७८ करोड ७७ लाख ७८ हजार ८ सय प्राप्त हुने तथा गत आर्थिक वर्षको बचत (अल्या) रु. ४० करोड गरि कुल स्रोत ३ अर्ब ८५ करोड रहने अनुमान गरिएको छ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले बजेट निर्माणमा सहयोग पुर्‍याउने राजनीतिक दल, व्यावसायिक तथा सामाजिक संघसंस्था र नगर प्रमुख लगायत सम्पूर्ण नगरवासीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सकारात्मक र रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा राखेकी छन् ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...