रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक



बुटवल
आर्थिक बर्ष ०८३/८४ का लागि रुपन्देहीका १५ पालिकाले असार १० भित्रैं बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १६ स्थानीय तहमध्ये १५ ले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । अध्यक्ष र उपाध्यक्षको विवादले कोटहीमाई गाउँपालिकाले भने बजेट ल्याउन सकेन ।

कोटहीमाईमा लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष बालकृष्ण त्रिपाठी र उपाध्यक्ष सुशीला कुमारी यादव छन् । दुबै जना एकै दलबाट निर्वाचित भए पनि बजेट विनियोजनका विषयमा विवाद सिर्जना भएको छ । यस अघि कोटहीमाईमा वजेटका बेला विवाद हुँदैं आएको थियो । यस पटक पनि उपाध्यक्ष यादवले अध्यक्षकै बराबर आफूलाई बजेट सिलिङ माग गरेपछि सहमती जुट्न नसकेको हो ।

गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष सञ्जयकुमार सैनीले शुक्रवारसम्म बजेट ल्याउने प्रयास भइरहेको बताए । कोटहीमाई बाहेक जिल्लाका अन्य १५ वटै पालिकाले बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहले बजेटमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । धेरै पालिकाको पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनमा बजेट केन्द्रित छ ।

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–०८४ का लागि ३ अर्ब ९९ करोड रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुधबार नगरसभामा नगरको १ अर्ब ५० करोड ३८ लाख आन्तरिक स्रोतसहितको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा अधिकांश पुरानै कार्यक्रमको निरन्तरता देखिएको छ । उपमहानगरको बजेट चालु आवको तुलनामा झन्डै ६४ करोडले बढी हो ।

तिलोत्तमा नगरपालिकाले ३ अर्ब ५ करोड ६७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको २१ अधिवेशनमा उपप्रमुख जागेश्वरी चौधरीले बजेटमध्ये चालुतर्फ ९२ करोड तीन लाख अर्थात ३० दशमलव २२ प्रतिशत, पुँजीगततर्फ एक अर्ब ६७ करोड ८४ लाख अर्थात् ५४ दशमलव ९१ प्रतिशत र सामाजिक सुरक्षातर्फ ४५ करोड अर्थात् १४ दशमलव ७२ प्रतिशत विनियोजन गरिएको उपप्रमुख चौधरीले बताइन् । तिलोत्तमाको आगामी आवको बजेट चालु आवको भन्दा १३ करोड बढी हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाले १ अर्ब ७५ करोड ७८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा कार्यवाहक प्रमुख कल्पना हरिजनले बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाले प्रशासनिक भवन, बसपार्क तथा पहुँचमार्ग निर्माणलाई उच्च प्राथमिकता दिएको छ । साथै बृहत्तर लुम्बिनी क्षेत्र विकास कार्यक्रम, शिक्षा सुधार, स्थानीय पाठ्यक्रम निर्माण, स्वास्थ्य, सामाजिक सुरक्षा तथा विश्व सम्पदा क्षेत्र लुम्बिनीको संरक्षण र विकासलाई पनि बजेटले प्राथमिकता दिएको छ ।

सैनामैना नगरपालिकाले एक अर्ब ५५ करोड ६७ लाख रुपैंयाँ बजेट सार्वजनिक गरेको छ । उपप्रमुख बिना रानाले प्रस्तुत गरेको बजेटमा कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । देवदह नगरपालिकाको एक अर्ब ६९ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो । उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रस्तुत गरेको बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी विस्तार तथा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

गैडहवा गाउँपालिकाले ७१ करोड१८ लाख ९७ हजार वजेट सार्बजनिक गरेको छ। यसैगरी ओमसतिया गाउँपालिकाले ५१ करोड १० लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
स्थानीय तहलाई बजेट सार्वजनिक गर्न तोकिएको समयसीमा बुधबार रातिसम्ममा रूपन्देहीका १५ वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको र कोटहीमाई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको विवादले बजेट सार्वनिक हुन नसकेको जिल्ला समन्वय प्रमुख उमाकान्त चपार्ईंले बताएका छन्।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...