किन सडकमा उत्रिए शिक्षक ?
काठमाडौँ
विद्यालय शिक्षा ऐनको माग राख्दै देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन थालेका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन थालिएको नेपाल शिक्षक महासंघले जनाएको छ । यद्यपि शिक्षकहरूले भने ‘आफूअनुकूल’ विधेयक पारित गर्न सरकारलाई दबाब दिँदै आएका छन् ।
संविधानले व्यवस्था गरेविपरीत शिक्षक स्थानीय तह मातहत नबस्ने उनीहरूको ‘अदृश्य तर प्रमुख माग’ रहेको छ ।
गत मंगलबार रातिबाट संसद्को हिउँदे अधिवेशन सकिएपछि शिक्षक महासंघले अध्यादेशबाट भए पनि आफ्ना मागसहित शीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सार्दै आन्दोलनलाई निरन्तरता दिएको छ । शुक्रबार पनि माइतीघरदेखि बानेश्वर क्षेत्रमा शिक्षकहरूले सडक प्रदर्शन गरे । शिक्षा मन्त्रालयले संवादका लागि गरेको...








