आज तराईका केही स्थानमा वर्षा र हुरीको सम्भावना


काठमाडौँ

आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाका अनुसार, आज दिनमा: देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी चल्ने सम्भावना छ।

आज रातमा: कोसी प्रदेशका पहाड र तराई भूभागलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...