अमेरिकी सरकारले गर्‍यो नेपालमा एमसीसीलाई निरन्तरता दिने निर्णय


काठमाडौँ

अमेरिकी सरकारले नेपालमा कार्यान्वयन भइरहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ ९एमसीसी० को कम्प्याक्टलाई निरन्तरता दिने निर्णय गरेको छ ।
अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन जानकारी नेपाल सरकारलाई जानकारी गएको अर्थ मन्त्रालयले जनाएको छ । 

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले नेपालमा कार्यान्वयन भइरहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ एमसीसीले निरन्तरता पाउने विषयमा जानकारी गराएको बताए । उनले अमेरिकी सरकारले एमसीसीलाई निरन्तरता दिने गरेको निर्णयबारे नेपाल सरकारलाई जानकारी आएको बताए । 

उनले भने,‘ मन्त्रालयलाई एमसीसी नेपालमा निरन्तरता दिने भन्ने विषयमा जानकारी आएको छ ।त्यो विषयमा चाँडै मन्त्रालयले जानकारी गराउँछ ।’

अमेरिकामा रहेको एमसीसी मुख्यालयले गत शुक्रबार एक विज्ञप्ति जारी गरी एमसीसीको पोर्टफोलियोको वैदेशिक सहायता समीक्षा सम्बन्धी कार्य सम्पन्न भएको जनाएको छ । उक्त समीक्षा सम्बन्धी कार्य सम्पन्न पछि निकालेको विज्ञप्तिमा भनिएको छ,‘ यो समीक्षाबाट एमसीसी पोर्टफोलियो ट्रम्प प्रशासनको अमेरिका पहिलो वैदेशिक नीतिसँग मेल खाने र एमसीसीले अमेरिकालाई अझै सुरक्षित, बलियो र समृद्ध बनाउन निरन्तर काम गरिरहने छ । एमसीसी सञ्चालक समितिको प्रक्रिया तथा अमेरिकी कांग्रेस एवं साझेदार मुलुकहरूसँगको छलफलका आधारमा अन्य विवरण आगामी साता थप जानकारी दिँदै जाने छौँ ।’

एमसीसीको विज्ञप्तिले  एमसीसीले अमेरिकालाई अझै सुरक्षित, बलियो र समृद्ध बनाउन निरन्तरता दिने सङ्केत गरेको छ । नेपालले २०७४ सालमै एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर गरेको थियो । तर, उक्त सम्झौता नेपालमा निकै विवादित बन्दा २०७८ को फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित संसद्ले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो । 

अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो । अमेरिकाको ५०० मिलियन डलर र नेपालको १ सय ९७ मिलियन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत प्रशारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको छ ।

522362978_1125652772744148_6177831473447619029_n_sPEZQYTeEx

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...