अपराध

दीपक भट्ट र शुलभ अग्रवाल जेल चलान

दीपक भट्ट र शुलभ अग्रवाल जेल चलान

Breaking news 1, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँसम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको बेञ्चले उक्त आदेश दिएको हो । उनीहरुलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाइ बाँकी रहेको भन्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले बताइन् । मुद्दाका ३९ प्रतिवादी मध्ये ३४ जना व्यक्ति र ५ वटा कम्पनी थिए। भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो कायम गरेको थियो । अग्रवाललाई २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ र गोल्छालाई ५२ करोड ५० लाख बिगो कायम गरिएको थियो । प्रहरीले भट्टलाई चैत १९ गते, अग्रवाललाई चैत २२ गते र गोल्छालाई वैशाख १० गते सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका निम्ति पक्रा...
रुपन्देहीमा महिनामै १ सय ८२ मुद्दा दर्ता, २ सय ४३ जना प्रतिवादी पक्राउ

रुपन्देहीमा महिनामै १ सय ८२ मुद्दा दर्ता, २ सय ४३ जना प्रतिवादी पक्राउ

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलजिल्ला प्रहरी कार्यालय रुपन्देहीले जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अन्य विविध गतिविधिबारे विस्तृत जानकारी गराएको छ। प्रहरीका अनुसार यस महिनामा मात्रै जिल्लाभर कुल १८२ वटा विभिन्न मुद्दाहरू दर्ता भएका छन्। जसमा जघन्य तथा गम्भीर अपराधका २३, महिला तथा बालबालिका सम्बन्धी १४, आर्थिक अपराधका ७५, आत्महत्याका १४, चोरीका ९, सङ्गठित तथा आर्थिक अपराधका ५९ र सामाजिक अपराधका ५२ वटा मुद्दा रहेका छन्। यसै अवधिमा चालू मुद्दाका २४३ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। यस्तै, अदालतको फैसला कार्यान्वयनका क्रममा ४६ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्, जसबाट ५२ लाख ६६ हजार ४१२ रुपैयाँ जरिवाना असुल हुनुका साथै १६ वर्ष ५ महिना २५ दिन कैद सजाय फर्स्योट भएको छ। महिला तथा ज्येष्ठ नागरिक हिंसाका घटनाहरूमा पनि प्रहरीले सक्रियता देख...
पासपोर्ट खरिद प्रकरणमा विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

पासपोर्ट खरिद प्रकरणमा विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमान्डौँ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो । उनलाई मंगलबार नियन्त्रणमा लिएर बयान लिन सुरू गरिएको स्रोतले जानकारी दिएको छ । त्यस्तै व्यवसायी सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । सिद्धार्थ नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद सुनिल थापाका छोरा हुन् । अख्तियारले विभागका प्रशासन तथा व्यवस्थापन शाखाका निर्देशक एवं प्रवक्ता सोमेश थापा र सूचना प्रविधिका निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ । ...
भदौ २३मा मानवअधिकार उल्लंघन, २४ मा संगठित आपराधिक कार्य

भदौ २३मा मानवअधिकार उल्लंघन, २४ मा संगठित आपराधिक कार्य

Breaking news 1, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रिय मानवअधिकार आयोगले गत वर्ष २३ भदौको जेन–जी आन्दोलनमा मानवअधिकार उल्लंघन भएको र भोलिपल्ट २४ भदौमा पूर्वयोजनाअनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ । मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कारबाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ ।आयोगले २३ भदौमै सदस्य लिली थापाको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेर घटनाको अनुसन्धान तथा छानबिन गरेको थियो । समितिले प्रतिवेदन बुझाएको दुई महिनापछि बुधबार प्रतिवेदनको सिफारिस खण्डका विवरणहरू आयोगले सार्वजनिक गरेको छ । आयोगले बुधबार नै आफ्नो सिफारिस प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।आयोगले मानवअधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री, सुरक्षा निकाय प्रमुखलगायतलाई कारबाही सिफारिस गरेको छ । २४ भदौको घटनामा जोडिएका रास्वपाका १७ सांसदसह...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान नेपाली राहदानीसहित एक जना नियन्त्रणमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान नेपाली राहदानीसहित एक जना नियन्त्रणमा

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ३७ थान नेपाली राहदानीसहित एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।विमानस्थलमा खटिएको सुरक्षाकर्मी टोलीले मंगलबार सिरहा जिल्लाको धनगढीमाई नगरपालिका-१३ स्थायी ठेगाना भएका ३८ वर्षीय अजित श्रेष्ठ पक्राउ गरको जानकारी दिएको छ । उनी नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट भारतको नयाँ दिल्ली जान लागेका थिए । जाँचका क्रममा श्रेष्ठको साथबाट कुनै पनि आधिकारिक अनुमति वा कागजातबिना ३७ थान नेपाली राहदानी फेला परेको सुरक्षा कार्यालयले जनाएको छ । ती राहदानीमा रोमानियाको भिसा लगाउने उद्देश्यले लैजान खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।बरामद गरिएका राहदानीसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा पठाइएको प्रहरीले जनाएको छ । ...
रुपन्देहीमा २३ लाख बढीको अवैध सामान बरामद

रुपन्देहीमा २३ लाख बढीको अवैध सामान बरामद

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रुपन्देहीजिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको टोलीले २३ लाख रुपैैयाँ बढीको अवैध सामान बरामद गरेको छ । सोमबार जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरेको अन्दाजी मूल्य २३ लाख ३ हजार २ सय ३७ रुपैयाँ बराबरको सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।बरामद गरिएको सामानमा कैची, बोईलर कुखुरा, जेन्स टिसर्ट, जाली टोपी, पन्जा, फूल, केरा, चिनी, साडी, खुर्सानी, लेडिज सुट, गाडीमा झुण्ड्याउने झुमर, माला, कान बाली, हार, ब्रासलेट, प्याकिङ प्लाष्टिक, लेडिज सेन्डल, ललिपप मिठाई, धानको बिउ, सिसा, किराना सामान, विभिन्न कस्मेटिक सामान, मोटरसाइकल, लगायत रहेका छन् ।नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय तथा भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी...
रुपन्देहीमा ठूलो परिमाणको लागुऔषधसहित एक युवक पक्राउ

रुपन्देहीमा ठूलो परिमाणको लागुऔषधसहित एक युवक पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको सैनामैना नगरपालिका बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।बिहीबार इलाका प्रहरी कार्यालय सालझण्डी बाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वडा नं. ११ बनकट्टी क्षेत्रमा चेकजाँच गर्ने क्रममा दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी २८ वर्षीय रबिन बुढा लाई पक्राउ गरेको हो । बुटवलबाट दाङतर्फ जाँदै गरेको लु १ ज ४९३६ नम्बरको ईभी गाडीमा सवार उनलाई शंका लागेपछि प्रहरीले खानतलासी गरेको थियो । सो क्रममा उनले पछाडि भिरेको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देही का अनुसार पक्राउ परेका युवाको साथबाट सेराज्याक २ एमएलका ९० एम्पुल, फेनेरागनका ९० एम्पुल, आईपीपीएल इन्जेक्सनका ९० एम्पुल तथा डाइजापामका ९० एम्पुल बरामद गरिएको छ । साथै उनको साथबाट iPhone 12 मोबाइल पनि बरामद भएक...
रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ

रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देहीका विभिन्न स्थानमा नेपाली नक्कली नोटको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले निगरानीका क्रममा उनीहरूलाई रु. १ हजार दरका २१ थान नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार चैत २२ गते सिद्धार्थनगर नगरपालिका–५ भैरहवा क्षेत्रबाट तथा चैत २६ गते सैनामैना नगरपालिका–१० भच्कैया क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचुली नगरपालिका–१५ का २८ वर्षीय मुक्ति प्रसाद खनाल (सुजन खनाल), सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ का ३५ वर्षीय रोल बहादुर श्रेष्ठ र काठमाडौँ बुढानीलकण्ठ...
लेबनानमा इजरायलको भीषण आक्रमण: २५४ जनाको मृत्यु

लेबनानमा इजरायलको भीषण आक्रमण: २५४ जनाको मृत्यु

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंइजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न क्षेत्रमा भीषण आक्रमण गरेको छ। बुधबार गरिएको आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।आक्रमणमा ११ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेको संख्या धेरै रहेकाले मृतक संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।इरानको इस्लामिक रिभोलुशनरी गार्ड्स कोर्प्सले उक्त आक्रमणको निन्दा गर्दै इजरायलले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको जनाएको छ। आक्रमणको विरोधस्वरूप इरानले हर्मुज जलघाँटीबाट तेलका ट्यांकर बाहिरिनमा रोक लगाएको उल्लेख गरिएको छ। अर्ध–सरकारी फार्स न्युज एजेन्सीका अनुसार हर्मुज जलघाँटी बन्द गर्ने निर्णय सार्वजनिक गरिएको हो। यसअघि बुधबार बिहान हर्मुज जलघाँटी खोल्ने र १४ दिनका लागि युद्धविराम गर्ने विषयमा सहमति भएको उल्लेख गरिएको थियो। सोही सहमतिअनुसार दुई वटा तेलका ट्यांकरले अनुमति लिएर जलघाँट...
रुपन्देहीमा सोमबार राती गोली चल्यो, ३ जना लागुऔषध कारोबारी पक्राउ

रुपन्देहीमा सोमबार राती गोली चल्यो, ३ जना लागुऔषध कारोबारी पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरूपन्देहीको रोहीणीमा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। सोमबार राति रोहिणी गाउँपालिका-४ काे कोटहवाबाट तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले जानकारी दिए।पक्राउ पर्नेमा भारतको महाराजगंज, पर्सामालिक ग्राम विसुनपुरवा बस्ने १८ वर्षीय अरूण कुमार र २० वर्षीय विनय पाण्डेय तथा रोहिणी-२ खुरूहुरियाका विशाल यादव रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ३३ सय एम्पुल लागुऔषध बरामद गरेको छ । कोटहवामा लागुऔषध कारोबार हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो । सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो।चेकप्वाइन्ट खडा गरिएको ठाउँमा प्रहरीले युपी ५६ एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकललाई रोक्न खोजेको थियो। तर नरोकिई उक्त मोटरसाइकल भाग्ने क्रममा अचानक लडेको प्र...