भन्सार छली ल्याइएका २४ लाखका ३८ थान आईफोन रुपन्देहीमा बरामद



बुटवल
रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका करिब २४ लाख रुपैयाँ बराबरका विभिन्न मोडेलका आईफोन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार राति करिब ९ः१० बजे ओमसतिया गाउँपालिका–४ सानो बालापुर क्षेत्रमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले लु ५३ प ३३९८ नम्बरको स्कुटरमा शंकास्पद रूपमा ल्याइँदै गरेका मोबाइल फोनहरू बरामद गरेको हो ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका अनुमानित २३ लाख ९० हजार रुपैयाँ बराबरका ३८ थान एप्पल आईफोन फेला परेका हुन् । बरामद गरिएका मोबाइलहरूमा आईफोन १७ का २ थान, आईफोन १३ (२५६ जिवि) का ९ थान, आईफोन १३ (१२८ जिवि का १२ थान, आईफोन १४ प्रो का २ थान तथा आईफोन ११ (१२८ जिवि) का १३ थान रहेका छन् ।

साथै, सामान ओसारपसारमा प्रयोग गरिएको लु ५३ प ३३९८ नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएका मोबाइल फोन र स्कुटर आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

छुटाउनुभयो कि ?

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्...
बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

काठमाडौंबूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्...
बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

काठमाडौँबूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखामा ठूलो क्षति गरेको छ। एकाबिहानै बाढीले गर्दा त्यहाँको अवस्था तनावग्रस्त बन...