भन्सार छली ल्याइएका २४ लाखका ३८ थान आईफोन रुपन्देहीमा बरामद



बुटवल
रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका करिब २४ लाख रुपैयाँ बराबरका विभिन्न मोडेलका आईफोन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार राति करिब ९ः१० बजे ओमसतिया गाउँपालिका–४ सानो बालापुर क्षेत्रमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले लु ५३ प ३३९८ नम्बरको स्कुटरमा शंकास्पद रूपमा ल्याइँदै गरेका मोबाइल फोनहरू बरामद गरेको हो ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका अनुमानित २३ लाख ९० हजार रुपैयाँ बराबरका ३८ थान एप्पल आईफोन फेला परेका हुन् । बरामद गरिएका मोबाइलहरूमा आईफोन १७ का २ थान, आईफोन १३ (२५६ जिवि) का ९ थान, आईफोन १३ (१२८ जिवि का १२ थान, आईफोन १४ प्रो का २ थान तथा आईफोन ११ (१२८ जिवि) का १३ थान रहेका छन् ।

साथै, सामान ओसारपसारमा प्रयोग गरिएको लु ५३ प ३३९८ नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएका मोबाइल फोन र स्कुटर आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

छुटाउनुभयो कि ?

सि जिनपिङको विकास मोडल: वर्ग विभेदसंगै चिनियाँ विशेषतासहितको समाजवाद

सि जिनपिङको विकास मोडल: वर्ग विभेदसंगै चिनियाँ विशेषतासहितको समाजवाद

श्रीराम ज्ञवालीचिनिका राष्ट्रपति सि जिनपिङको विकास मोडलमा चिनियाँ विशेषतासहितको समाजवादमा आधारित रहेर चीनलाई विश्वको विकसित र...
बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना सम्पर्कविहीन

बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना सम्पर्कविहीन

काठमाडौँअविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस...
सत्ताशिन दल रास्वपाकै झन्डै दुईतिहाइ सदस्य भएको प्रतिनिधिसभामा कोरम पुग्नै मुस्किल

सत्ताशिन दल रास्वपाकै झन्डै दुईतिहाइ सदस्य भएको प्रतिनिधिसभामा कोरम पुग्नै मुस्किल

काठमाडौँप्रतिनिधिसभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई आलोचना हुन थालेको छ । सांसदको प्रमुख काम कानुन निर्माणकै लागि बसेको बैठक...
आजदेखि सोह्र श्राद्ध शुरुवात

आजदेखि सोह्र श्राद्ध शुरुवात

काठमाडौंप्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।आश्वि...