त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान नेपाली राहदानीसहित एक जना नियन्त्रणमा


काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ३७ थान नेपाली राहदानीसहित एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।
विमानस्थलमा खटिएको सुरक्षाकर्मी टोलीले मंगलबार सिरहा जिल्लाको धनगढीमाई नगरपालिका-१३ स्थायी ठेगाना भएका ३८ वर्षीय अजित श्रेष्ठ पक्राउ गरको जानकारी दिएको छ । उनी नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट भारतको नयाँ दिल्ली जान लागेका थिए । जाँचका क्रममा श्रेष्ठको साथबाट कुनै पनि आधिकारिक अनुमति वा कागजातबिना ३७ थान नेपाली राहदानी फेला परेको सुरक्षा कार्यालयले जनाएको छ । ती राहदानीमा रोमानियाको भिसा लगाउने उद्देश्यले लैजान खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बरामद गरिएका राहदानीसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

बुटवलको मिलन पथ सडक विस्तारमा स्थानीयको अवरोध

बुटवलको मिलन पथ सडक विस्तारमा स्थानीयको अवरोध

बुटवलबुटवलको मिलनचोकदेखि पूर्वतर्फको मिलन पथ सडक विस्तारको काम केही स्थानीयको अवरोधका कारण रोकिएको छ । सडक सीमाभित्र बनेका घर...
ग्यास अभाव कि कृत्रिम संकट? जवाफदेही बन्नुपर्छ सरकार

ग्यास अभाव कि कृत्रिम संकट? जवाफदेही बन्नुपर्छ सरकार

नेपालमा पछिल्लो समय खाना पकाउने एलपी ग्यास सहज रूपमा नपाउँदा उपभोक्ताहरू लामो लाइन बस्न बाध्य भएका छन्। ग्यासका लागि घण्टौँ ल...
साउनमा ७० हजारभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गए

साउनमा ७० हजारभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गए

काठमाण्डौ — चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ७० हजारभन्दा धेरै रहेको छ । वै...
गएराति गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा

गएराति गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा

काठमाण्डौ — गएराति गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कोशी प्रदेशक...