रुपन्देहीमा महिनामै १ सय ८२ मुद्दा दर्ता, २ सय ४३ जना प्रतिवादी पक्राउ



बुटवल
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अन्य विविध गतिविधिबारे विस्तृत जानकारी गराएको छ। प्रहरीका अनुसार यस महिनामा मात्रै जिल्लाभर कुल १८२ वटा विभिन्न मुद्दाहरू दर्ता भएका छन्। जसमा जघन्य तथा गम्भीर अपराधका २३, महिला तथा बालबालिका सम्बन्धी १४, आर्थिक अपराधका ७५, आत्महत्याका १४, चोरीका ९, सङ्गठित तथा आर्थिक अपराधका ५९ र सामाजिक अपराधका ५२ वटा मुद्दा रहेका छन्।

यसै अवधिमा चालू मुद्दाका २४३ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। यस्तै, अदालतको फैसला कार्यान्वयनका क्रममा ४६ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्, जसबाट ५२ लाख ६६ हजार ४१२ रुपैयाँ जरिवाना असुल हुनुका साथै १६ वर्ष ५ महिना २५ दिन कैद सजाय फर्स्योट भएको छ।

महिला तथा ज्येष्ठ नागरिक हिंसाका घटनाहरूमा पनि प्रहरीले सक्रियता देखाएको छ। जेठ महिनामा घरेलु हिंसाका ९३ र महिला छिमेकीसँगको झगडाका ७२ वटा ठाडो उजुरी दर्ता भएका थिए। जसमा घरेलु हिंसातर्फ घरायसी झै-झगडाका ३१, खान बस्न नदिएको १, कुटपिटका २४ र मादक पदार्थ सेवन गरी गालीगलौज गरेका ३७ वटा घटना रहेका छन्। यीमध्ये ८३ वटा उजुरीमा मिलापत्र गराइएको छ भने बाँकी १० वटा प्रक्रियामा छन्। यस्तै, जिल्लामा हराएका १०८ जनामध्ये ६१ जनालाई फेला पारिएको प्रहरीले जनाएको छ।

लागूऔषधतर्फ पनि ठुलो परिमाणमा डाइजेपाम, फेनारगन, बुप्रेनरफिन, ब्राउन सुगर (२१ ग्राम २५७० मिलिग्राम), गाँजा (९ किलो ९४४ ग्राम) लगायतका प्रतिबन्धित औषधिहरू बरामद गरिएको छ। यस महिनामा रुपन्देही प्रहरीले दुईवटा ठूला र मुख्य सफलता हासिल गरेको छ।

पहिलो घटनामा, लुम्बिनी सांस्कृतिक नगरपालिकाको मसिना र भारत उत्तर प्रदेशका गरी २ जनालाई नक्कली नोट छाप्ने कम्प्युटर, प्रिन्टर, कैँची र ३० थान नक्कली नेपाली ५०० का नोटसहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। दोस्रो ठुलो कार्य अन्तर्गत, विभिन्न एजेन्टमार्फत वैदेशिक रोजगारीको प्रलोभनमा पारी भारतमा अलपत्र पारिएका ४५३ जना नेपाली नागरिकहरूलाई नेपाली राजदूतावास, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, भारतीय प्रहरी र किन इन्डिया (KIN India) संस्थाको समन्वयमा उद्धार गरी रुपन्देही ल्याइएको छ। यस घटनामा संलग्न ५ जनामाथि ठगी मुद्दा चलाइएको प्रहरीको विवरणमा उल्लेख छ।

राजस्व चुहावट तथा गैरकानुनी कार्य नियन्त्रणतर्फ पनि प्रहरीले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। अवैध भन्सार छली नियन्त्रणबाट मात्रै २ करोड ४३ लाख ४० हजार १६६ रुपैयाँ राजस्व सङ्कलन भएको छ भने यस क्रममा २२ जना मानिस र ४० वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। यसैगरी, ट्राफिक चेकिङका क्रममा ३,५६६ वटा सवारी साधनलाई कारबाही गरी ५६ लाख ३ हजार रुपैयाँ राजस्व उठाइएको छ। प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ ३१ वटा सवारी साधन बरामद गरी ६ लाख ८ हजार ४३७ रुपैयाँ जरिवाना गरिएको छ भने अवैध पशुपन्छी चोरी पैठारी नियन्त्रणबाट ६ लाख ७६ हजार ८०० रुपैयाँ राजस्व सङ्कलन भएको छ। वन पैदावारतर्फ ६० हजार रुपैयाँ बराबरको ५० क्युबिक फिट काठ बरामद गरिएको छ।

शान्ति सुरक्षाका लागि प्रहरीले यस महिना २,८६९ पटक विशेष गस्ती (SRP) र ८६८ पटक ग्रामीण गस्ती गरेको थियो। यस्तै, जिल्लाका विभिन्न ५ स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी ५१८ जना स्थानीयको उपस्थितिमा ध्वनि प्रदूषण, खुला सिमानाका कारण बढ्दो लागूऔषध र साइबर अपराध जस्ता गुनासाहरू सङ्कलन गरिएको छ। समुदाय र विद्यालय केन्द्रित सचेतना कार्यक्रम अन्तर्गत लागूऔषध, साइबर अपराध, बालविवाह र सडक सुरक्षा जस्ता विषयमा १५३ वटा कार्यक्रम सञ्चालन गरी कुल ६,६२३ जनालाई सचेत गराइएको छ।

प्रहरीको मनोबल बढाउन उत्कृष्ट काम गर्ने १७ जना प्रहरीलाई पुरस्कृत गरिएको छ भने जनसहयोगमा अस्थायी प्रहरी चौकी गोरकट्टाको भवन निर्माण कार्य समेत प्रारम्भ भएको छ।

छुटाउनुभयो कि ?

चेम्बरका नेता पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’

चेम्बरका नेता पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’

काठमाडौंनेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’ बाट सम्मान...
नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ: मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ: मन्त्री पुन

काठमाडौँविज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न स...
दीपक भट्ट र शुलभ अग्रवाल जेल चलान

दीपक भट्ट र शुलभ अग्रवाल जेल चलान

काठमाडौँसम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश...
बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन : प्रेस स्वतन्त्रताको संकट र भविष्यबारे बहस हुने

बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन : प्रेस स्वतन्त्रताको संकट र भविष्यबारे बहस हुने

बुटवलनेपाली मिडिया क्षेत्रले भोगिरहेको आर्थिक, नीतिगत तथा प्राविधिक चुनौतीबारे व्यापक बहस गर्न आगामी असार ६ र ७ गते बुटवलमा च...