बुटवलबाट क्रिप्टो कारोबारमा संलग्न ६ जना चिनिया नागरिक पक्राउ


बुटवल
रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ बाट नेपालमा कानुनी रूपमा प्रतिबन्धित अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबार गरिरहेको आरोपमा ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विगत केही दिनदेखि चिनियाँ नागरिकहरूले कानुनले निषेध गरेका विभिन्न मोबाइल एप्स तथा वेबसाइटहरू प्रयोग गरी क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरी टोलीले विहिबार दिउँसो अन्दाजी छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले बिनान्स एप, ओकेएस, इन्टोकन, पेटीएम, भिम एप्स, मोबिक्विक र फोनपे जस्ता वित्तीय तथा क्रिप्टो वालेट एप्स र वेबसाइटहरू मार्फत कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्ने चिनियाँ नागरिकहरूमा ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली सुआनहे, ३६ वर्षीय सुन हुइ, ३५ वर्षीय चाओ छिउछन, ३१ वर्षीय सियाङ जियाशुन र ४५ वर्षीय ली बिन रहेका छन्। प्रहरीले उनीहरूको साथबाट अवैध कारोबारमा प्रयोग गरिएका विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र २ थान ल्यापटप समेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका ६ जना प्रतिवादीहरूलाई हिरासतमा राखी अभौतिक मुद्रा सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान कार्य जारी राखिएको छ।

छुटाउनुभयो कि ?

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्...
बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

काठमाडौंबूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्...
बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

काठमाडौँबूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखामा ठूलो क्षति गरेको छ। एकाबिहानै बाढीले गर्दा त्यहाँको अवस्था तनावग्रस्त बन...