बुटवलबाट क्रिप्टो कारोबारमा संलग्न ६ जना चिनिया नागरिक पक्राउ


बुटवल
रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ बाट नेपालमा कानुनी रूपमा प्रतिबन्धित अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबार गरिरहेको आरोपमा ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विगत केही दिनदेखि चिनियाँ नागरिकहरूले कानुनले निषेध गरेका विभिन्न मोबाइल एप्स तथा वेबसाइटहरू प्रयोग गरी क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरी टोलीले विहिबार दिउँसो अन्दाजी छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले बिनान्स एप, ओकेएस, इन्टोकन, पेटीएम, भिम एप्स, मोबिक्विक र फोनपे जस्ता वित्तीय तथा क्रिप्टो वालेट एप्स र वेबसाइटहरू मार्फत कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्ने चिनियाँ नागरिकहरूमा ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली सुआनहे, ३६ वर्षीय सुन हुइ, ३५ वर्षीय चाओ छिउछन, ३१ वर्षीय सियाङ जियाशुन र ४५ वर्षीय ली बिन रहेका छन्। प्रहरीले उनीहरूको साथबाट अवैध कारोबारमा प्रयोग गरिएका विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र २ थान ल्यापटप समेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका ६ जना प्रतिवादीहरूलाई हिरासतमा राखी अभौतिक मुद्रा सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान कार्य जारी राखिएको छ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...