‘गरिबलाई बाँच्न दे’ भन्दै रूपन्देहीमा सरकारविरुद्ध प्रदर्शन
बुटवलरुपन्देहीको बुटवलमा भूमिहीन र अव्यवस्थित बसोबासीहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।उनीहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै आइतबार दिउँसो प्रदर्शन गरेका हुन् ।भूमि समस्या समाधान आयोग रुपन्देहीका अनुसार करिब ८० हजार परिवार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी छन्।जबरजस्ती हटाउने अभियान बन्द गर, सुकुमवासी हुनु रहर होइन, बाध्यता हो, अव्यवस्थित यो देशको नागरिक होइन र ?, गरिबलाई बाँच्न दे, डोजर होइन समाधान दे, डोजर आतंक पाराले दुःख पाए साराले, गाँस-बास-कपासको सुनिश्चित गर, डोजर आतंक बन्द गर, बालेन सरकार राजीनामा दे लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।डोजर आतंक बन्द गर, अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर लेखेको ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
...






