राजनीति

इरानसँगको सम्झौतामा हस्ताक्षर हुन्छ : ट्रम्प

इरानसँगको सम्झौतामा हस्ताक्षर हुन्छ : ट्रम्प

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुने बताएका छन् । हस्ताक्षर भएपछि स्ट्रेट अफ होर्मुज तुरुन्तै सबैका लागि खुला हुने उनको भनाइ छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन् ।ट्रम्पको यो भनाइ इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईसँग बाझिएको देखिन्छ । बघाइले यसअघि दस्तावेजहरुमा आइतबार हस्ताक्षर नहुने तर ‘आगामी दिनमा हुन सक्ने’ बताएका थिए । अमेरिका र इजरायलले गत फेब्रुअरी अन्तिम साता इरानमा हमला गरेपछि मध्यपश्चिम क्षेत्र अशान्त छ । विश्वभर इन्धन ढुवानीको महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज बन्द छ ।प्रत्यक्ष भेटघाटले लजिस्टिक चुनौतीहरू र प्रक्रिया अवरुद्ध हुने सम्भावना बढी भएकाले अधिकारीहरूले सम्झौतामा भर्चुअल हस्ताक्षरको योजना बनाइरहेको सीएनएनले जनाएको छ ।समझदारी पत्रले रूपरेखा कसरी कार्यान्वयन गर्ने र बाँकी रहेका...
राजमार्गका जोखिमयुक्त पहिरो तीन वर्षभित्र व्यवस्थापन गर्ने सरकारको योजना

राजमार्गका जोखिमयुक्त पहिरो तीन वर्षभित्र व्यवस्थापन गर्ने सरकारको योजना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराजमार्गमा बर्सेनि दोहोरिने पहिरो र सडकको जीर्ण अवस्थाले यात्रुलाई सास्ती दिइरहेका बेला सरकारले आगामी आर्थिक वर्षमा सडक सुरक्षा र पहिरो व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । सडक सुरक्षाका लागि मात्रै ३४ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको बजेटमध्ये पहिरोको दिगो व्यवस्थापनका लागि मात्र ३ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र खानेपानी मन्त्रालयलाई मर्ज गरेर पूर्वाधार विकास मन्त्रालय बनाएको थियो । तीनै मन्त्रालय मर्ज भएपछि यही मन्त्रालयमा सबैभन्दा धेरै ३ खर्ब २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ बजेट परेको छ । राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्न भन्दै पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुरु गर्न र यसको दिगो व्यवस्थापनका लागि सरकारले बजेटमा प्राथमिकता दिएको हो ।राजमार्गमा पह...
एमाले लुम्बिनीद्वारा जनस्तरमा पार्टी कमजोरीका कारण पत्ता लगाउन नेतृत्वको आग्रह

एमाले लुम्बिनीद्वारा जनस्तरमा पार्टी कमजोरीका कारण पत्ता लगाउन नेतृत्वको आग्रह

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
रुपन्देहीनेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले आफ्नो पार्टीबाट प्रदेश अन्र्तगत विभिन्न पालिकामा निर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई सामुहिक प्रशिक्षणको आयोजना गरेको छ ।प्रदेश कार्यालय बुटवलमा शुक्रबार आयोजित यो प्रशिक्षणमा सहभागी जनप्रतिनिधिले आफ्ने क्षेत्रका सबल र कमजोरी पक्षका विषयमा नेतृत्वलाई सुनाएका थिए । उनीहरुले स्थानीय तहमा काम गर्दाका समस्या, पार्टी नेतृत्वबीच बढेका असमझदारीले झेल्नुपरेका चुनौती, निर्वाचनअघि भएका गठबन्धनले कार्यसम्पादनमा पारेका प्रभाव, कतिपय पालिकामा अल्पमतमा हुँदा कार्यान्वयन गर्न नसकेका विषय र कार्यअवधिको अन्तिम वर्षमा गर्नुपर्ने रणनीतिका विषयमा नेतृत्व तथा अन्य सहभागीलाई सुनाएका थिए भने पार्टी नेतृत्वले पार्टीको तर्फबाट उम्मेदार बनेर जितेपछि पार्टीसँगको सहकार्यका देखिएको कमजोरी, स्थानीय स्तरमा पार्टीको जनमत कम हुनुका कारण तथा अब पुरानो जनमत कसरी कायम गर्ने व...
बुटवल उपमहानगरको नीति तथा कार्यक्रमः शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई प्राथमिकता

बुटवल उपमहानगरको नीति तथा कार्यक्रमः शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई प्राथमिकता

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई केन्द्रमा राख्दै महत्त्वाकांक्षी नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आजकै दोस्रो बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको हो।नीति तथा कार्यक्रममा बुटवलको दीर्घकालीन सोच “समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर” लाई कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। यसका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र व्यापारको समुन्नतिसँगै सूचना प्रविधिमैत्री, हरियालीयुक्त, सुरक्षित र सुशासित शहर निर्माणलाई प्राथमिकतामा राखिएको छ।नगरले “पढाइसँगै रोजगार” अभियानलाई थप विस्तार गर्ने, युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने तथा निजी क्षेत्रसँगको सहकार्यलाई विकासको मुख्य आधार बनाउने नीति अघि सारेको छ। बुटवललाई आर्थिक तथा पर्यटकीय क...
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर

दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार
काठमाण्डौ - सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध एकै दिन तीन वटा अदालतमा मुद्दा दायर भएको छ ।  हिजो जिल्ला अदालत काठमाण्डौ, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो । जिल्ला अदालत काठमाण्डौमा बीमा ऐन, २०७९ अन्तर्गत आर्थिक हिनामिना गरेको अभियोगमा गोल्छा, भट्ट, अग्रवालसहित ४२ जनाविरूद्ध मुद्दा दायर भएको छ । यसैगरी धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसारको कसुरमा ८१ जना जनाविरूद्ध पनि जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ ।  सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ । यसैगरी उच्च अदालत पाटनमा भट्ट, शाहिल अग्रवाल, शुलभ र शंकरलाल अग्रवालविरुद्ध बैङ्किङ कसुरको मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध नेपालको धितोपत...
लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन

Breaking news 2, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
काठमाण्डौ - लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्य विभाजन गर्नुभएको हो ।  पुनर्गठित मन्त्रिपरिषद पाँच नयाँ मन्त्रीलाई समावेश गरिएको छ । नेकपा (एमाले) बाट चार र जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी तोकिएको छ ।  एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको हो ।  यसैगरी, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । यसअघि यो मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै ...
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि शुक्रबारसम्म भारत भ्रमणमा जाने भएका छन् ।भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्नेकार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । भ्रमणका क्रममा उनको अयोध्याको निजी भ्रमण पनि तय गरिएको छ । सभापति लामिछानेसँगै पार्टीको आधिकारिक प्रतिनिधिमण्डलमा सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य स...
नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई लिएर संसद्भित्र र बाहिर आलोचना तथा विरोध भएको छ । ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, म पनि अस्ति भर्खर प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले संसद्मा भने । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर तीव्र प्रतिक्रिया सुरु भएको छ । विपक्षी सांसदहरूले उनको भनाइ संसद्को अभिलेखबाट हटाउन मागसमेत गरेका छन् । कूटनीतिज्ञ तथा सीमा मामिलाका विज्ञहरूले प्रधानमन्त्रीले संसद्मा व्यक्त गर...
एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ २० र २१ गते काठमाडौँमा राष्ट्रिय कार्यशाला तय गरेको छ । एमालेका केन्द्रीय कार्यालय, च्यासलसमा आज पार्टीका महासचिव शङ्कर पोखरेलको आतिथ्यतामा सम्पन्न केन्द्रीय सङ्गठन विभागको बैठकले उक्त निर्णय गरेको हो । कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश सङ्गठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला सङ्गठन विभाग प्रमुख, जनसङ्गठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, साथै जनसङ्गठनका सङ्गठन हेर्ने सचिव तथा सङ्गठन प्रमुखहरूको सहभागिता रहने एमाले केन्द्रीय सङ्गठन विभागको आजको बैठकल तय गरेको एमाले सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।सचिव ढकालका अनुसार एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ । सदस्यता नवीकरण, ...
निजी शैक्षिक संस्था र स्वास्थ्य संस्थामा ३ प्रतिशत करले सरोकारवाला तरंगित

निजी शैक्षिक संस्था र स्वास्थ्य संस्थामा ३ प्रतिशत करले सरोकारवाला तरंगित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशत समता शुल्क लगाउने घोषणा गरेपछि सरोकारवालाले असन्तुष्टि जनाएका छन् । संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमार्फत निजी शिक्षण संस्था (विद्यालय/कलेज) मा पढ्ने विद्यार्थी र निजी अस्पतालमा उपचार गराउने बिरामीबाट ३ प्रतिशत कर उठाउने घोषणा गरेका थिए । यो निर्णय पुनर्विचार गर्न अभिभावक, विद्यार्थी संगठन, निजी शिक्षण संस्था, स्वास्थ्य संस्था सञ्चालक, उपभोक्ता अधिकारकर्मीले सरकारलाई आग्रह गरेका छन् ।उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले शिक्षा, स्वास्थ्य, बिजुली जस्ता अत्यावश्यक वस्तुमा अनावश्यक कर लगाएर सर...