राजनीति

कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने

कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने

Breaking news 2, माैसम, राजनीति, विदेश, समाचार, समाज
काठमाडौँ गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ । नेपालस्थित कोरियाली दूतवासले त्यहाँको सरकारले मंगलबार यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ । यसैबीच कोरियाका विदेशमन्त्री चो ताए–युल्कनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सन्देश पठाउँदै नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको जनाइउको छ । कोरियाली सरकारले विकास तथा सहयोगमा नेपाललाई प्राथमिकतामा राखेको र यसले दुई देशबीचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच ...
संविधानद्वारा प्रदक्त काम ,कर्तव्य र अधिकारको पालना र प्रयोग हुनुपर्छ : लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर

संविधानद्वारा प्रदक्त काम ,कर्तव्य र अधिकारको पालना र प्रयोग हुनुपर्छ : लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधानद्वारा प्रदक्त काम, कर्तव्य र अधिकारको पालना तथा प्रयोगका लागि सबै नागरिक आआफ्नो कार्यक्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो। आइतबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन लुम्बिनी प्रदेश कमिटीको प्रदेश प्रमुखलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा वाेल्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले आफू परिवारको सहमति नहुँदा नहुँदै पनि सुख सयल छाडेर देश र जनताको लागि संघर्ष गरेको योगदानका आधारमा लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको बताउनुभयो। उहाँले प्याप्सन लुम्बिनी प्रदेशलाई हार्दिक आभार व्यक्त गर्दै, आफू पनि २०४३ सालमा निजी विद्यालयको सञ्चालक भएकाले यसमा जानकार रहेको र संविधानले दिएको कर्तव्य र अधिकारमा रहेर अगाडि बढ्न सुझाव दिनुभयो । साथै आफ्नो साथ सपोर्ट रहन...
वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा : नेकपा बहुमत

वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा : नेकपा बहुमत

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 बुटवल धर्मेन्द्र वास्तोला नेतृत्वको ने.क.पा(बहुमत) ले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गर्दै हाल देशमा भैरहेका हरेक प्रकारका अनियमितता र बेतिथीको बिरोध गर्दै राज्यले त्यसतर्फ ध्यान दिन नसकेको आरोप लगाएको छ । नेकपा (बहुमत) पुर्वी लुम्बिनी कमाण्डर पश्चिम कमाण्डले पत्रकार सम्मेलन गर्दै मिटरब्याजी र लघुबित्तको लुट र ज्याजती बिरुद्ध राज्यले उचित निर्णय नलिय  आफ्नो पार्टीले “वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा” गर्दै प्रतिरोधमा उत्रने बताएको छ । पत्रकार सम्मेलन कार्यक्रममा आफ्नो पार्टीको धारणा राख्दै नेकपा (बहुमत) लुम्बिनी पुर्वी कमाण्ड इन्चार्ज बिनोद मरासीनीले ब्युरो भित्रका सबै जिल्लामा भ्रष्टाचार, अनियमितता,महङ्गी लगायतको बिषयमा ध्यानाकर्षण गर्दै...
देखिन थाल्यो ओली सरकारको कामको परिणाम : नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

देखिन थाल्यो ओली सरकारको कामको परिणाम : नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
विश्व बैंकले चालू आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट : अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो । गत वर्षको तुलनामा यस वर्ष उच्च पर्यटक आगमन, जलविद्युत र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिको सुधारमा टेवा पुर्याउने बिश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकले गत आर्थिक वर्ष (सन् २०२४) को ३.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष (सन् २०२६) मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान...
सामना सांस्कृतिक अभियान को प्रस्तुति आज बुटवलमा

सामना सांस्कृतिक अभियान को प्रस्तुति आज बुटवलमा

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राजनीति, समाचार, समाज
बुटवल देशमा बढ्दै गएको संकटको सामना र समाधानका लागि जनयुद्ध घटक पार्टीहरूको संयुक्त सांस्कृतिक कार्यक्रम बुधबार बुटवलमा हुने भएको छ। बुधबार बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै माओवादी नेता मणि थापाले जनयुद्धलाई हिंसात्मक द्वन्दको नाममा परिभाषित गर्नुहुन्न भन्दै क्रान्तिकारीहरूले उठाएका मुद्दाहरु सबै समाधान भइ नसकेको बताए। उनले हरेक परिवर्तनहरूमा लेखक ,कलाकार ,कविहरूको प्रमुख भूमिका हुने हुँदा सांस्कृतिक कार्यक्रममार्फत अभियानमा लागेको बताए ।उनले देश कमजाेर हुंदा वाहिरी शक्तिहरुले प्रभाव जमाउने हुनाले शशक्त भएर अगाडि वढ्न आग्रह गरे। बुधबार दिउँसो १२:३० बजे बुटवल उद्योग वाणिज्य सङ्घको सभालमा हुने सांस्कृतिक कार्यक्रममा सहयोग गर्न चाहने व्यक्तिहरूले दुई सय , पाँच सय र एक हजार रुपैयाँ सहयोग गर्न सक्ने र प्रवेश खुल्ला राखिएको कार्यक्रम संयोजक आरोह सि ले बताए। उनले हामी गाइरहन्छौ...
लुम्बिनीका सीमानामा एकिकृत जाँच गर्न मुख्यमन्त्रीको निर्देशन

लुम्बिनीका सीमानामा एकिकृत जाँच गर्न मुख्यमन्त्रीको निर्देशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
लुम्बिनी प्रदेशका सीमा क्षेत्रलाई लक्षित गरेर एकिकृत जाँच गरिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमा क्षेत्रमा एकिकृत जाँच सेवा विस्तार गर्न निर्देशन जारी गरेका छन् ।   प्रदेश विपद् व्यवस्थापन तथा समसामयिक विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले खुला सीमानाका कारण भारतबाट अवैध रुपमा मासु, दुध तथा कृषि उपजका सामग्रीहरु चोरी पैठारी हुँदा राजश्व चुहावट भइरहेको, उपभोक्ताले विषाक्त खाद्यबस्तु खानुपर्ने बाध्यताको अन्त्य गर्दै नेपाल भित्रने पर्यटकहरुको सुविधाको लागि सीमा क्षेत्रमा एकिकृत जाँच गर्न निर्देशन दिएका हुन् । भारतबाट नेपाल भित्रिने पर्यटकहरुलाई ठाउँठाउँमा सुरक्षा जाँचको नाममा दुःख दिएको, भारतबाट कुखुरा, खसिबोका, माछा, दुध भित्रिने गरेको गुनासो बढेपछि मुख्यमन्त्री आचार्यले समस्या समाधानका लागि एकिकृत जाँचलाई कार्यान्वयनमा ल्याउने यो...
लुम्बिनी प्रदेशः चार दिनमा विपदबाट एक करोड ४३ लाख बरावरको क्षती

लुम्बिनी प्रदेशः चार दिनमा विपदबाट एक करोड ४३ लाख बरावरको क्षती

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 लुम्बिनी प्रदेशमा वितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षती भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार विपद्का ३२ वटा घटना एक करोड ४३ लाख बराबरको क्षती भएको छ। असोज ११, १२, १३ र १४ गतेको अवधिमा ३२ वटा विपदका घटना घटेका छन्। यो अवधिमा अधिक बर्षा, पहिरो, बाढी तथा डुबानका घटना घटेका हुन।विपदमा परेर ३ जनाको मुत्यु, २ जना घाईते र एक जना वेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए। बाढीमा परेर रुपन्देहीमा दुई जना र पानीमा डुबेर बाँके जिल्लामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  यो अवधिमा १९ वटा घर भत्एिका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षती भएको छ। ३ वटा सरकारी भवनमा आंशिक क्षती पुगेको छ। ७ वटा गोठमा पनि क्षती पुगेको जनाइएको छ। लुम्बिनी प्रदेश सरकार...
नेपाल–बंगलादेश–भारत त्रिपक्षीय सम्झौता हुँदै, क्षेत्रीय विद्युत् सहकार्यमा कोशेढुंगा

नेपाल–बंगलादेश–भारत त्रिपक्षीय सम्झौता हुँदै, क्षेत्रीय विद्युत् सहकार्यमा कोशेढुंगा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, समाचार, समाज
काठमाडौं । नेपालबाट बंगलादेश विद्युत् निर्यात गर्न बिहीबार नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) हुन लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता चीरञ्जीवी चटौतले जानकारी दिए । नेपालले विद्युत् बिक्री गर्ने, भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने र बंगलादेशले त्यो खरिद गर्ने भएकाले तीन देशका निकायबीच त्रिपक्षीय सम्झौता हुन लागेको हो । सम्झौतामा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मोहम्मद रेजुल करिम तथा एनभीभएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनु नारंगले हस्ताक्षर गर्ने तय भएको प्रवक्ता चटौतले जानकारी दिए । नेपालबाट सुरुमा ४० मेगावाट विद्युत् न...
सर्वदलीय बैठकले के-के गर्यो निर्णय ?

सर्वदलीय बैठकले के-के गर्यो निर्णय ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति
काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्यो । विहिबारदेखि आएको बर्षाका कारण बाढी पहिरोले ठुलो जनधनको क्षति भएपछि राहत र उद्धारको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले बैठक बोलाएका हुन् ।  बैठकले राहत र उद्धारको काम प्रभावकारी बनाउन सबै दलहरुको साझा धारणा बनाइने बताइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शिर्ष नेताहरु उपस्थित रहेका छन् ।  सर्वदलीय बैठकका निर्णयहरू: १- अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाएका सम्पूर्णजनमा हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । २-  अविरल वर्षाको कारण आएको बाढि पहि...
हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह

हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताए । समृद्री सतह वृद्धिका कारणबारे चर्चा गर्दै उनले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको बताए । प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड दिए । “हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रणमा हातेमालो गर्दै ज...