संविधानद्वारा प्रदक्त काम ,कर्तव्य र अधिकारको पालना र प्रयोग हुनुपर्छ : लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर


बुटवल

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधानद्वारा प्रदक्त काम, कर्तव्य र अधिकारको पालना तथा प्रयोगका लागि सबै नागरिक आआफ्नो कार्यक्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो।

आइतबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन लुम्बिनी प्रदेश कमिटीको प्रदेश प्रमुखलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा वाेल्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले आफू परिवारको सहमति नहुँदा नहुँदै पनि सुख सयल छाडेर देश र जनताको लागि संघर्ष गरेको योगदानका आधारमा लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको बताउनुभयो।

उहाँले प्याप्सन लुम्बिनी प्रदेशलाई हार्दिक आभार व्यक्त गर्दै, आफू पनि २०४३ सालमा निजी विद्यालयको सञ्चालक भएकाले यसमा जानकार रहेको र संविधानले दिएको कर्तव्य र अधिकारमा रहेर अगाडि बढ्न सुझाव दिनुभयो । साथै आफ्नो साथ सपोर्ट रहने उल्लेख गर्नुभयो ।

प्याप्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डेको संयोजकत्वमा रहेको उक्त ज्ञापन गर्ने छाेटाे कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले शिक्षा ऐनमा निजी क्षेत्रलाई उचित स्थान दिएर संशोधन गर्नुपर्ने नीति नियमहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयाे। आफ्नै भावना बुझेको प्रदेश प्रमुख पाएकोमा खुसी व्यक्त गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयाे।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईं, रुपन्देही शाखा अध्यक्ष अनन्तराम शर्मा, कपिलवस्तु शाखा अध्यक्ष सुन्दर पाण्डे ,केन्द्रीय सदस्यहरू टिकाराम न्यौपाने ,शिव गैरे ,खेमेन्द्र राना, प्रदेश सदस्य डीबी थापा, रुपन्देहीका सहकोषाध्यक्ष हरि ज्ञवाली तथा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण चापागाईं लगायतले बधाई तथा शुभकामना ज्ञापन गर्दै शिक्षा ऐनमा निजी क्षेत्रलाई उपयुक्त स्थान दिन आग्रह गर्नुभयाे।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...