संविधानद्वारा प्रदक्त काम ,कर्तव्य र अधिकारको पालना र प्रयोग हुनुपर्छ : लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर


बुटवल

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधानद्वारा प्रदक्त काम, कर्तव्य र अधिकारको पालना तथा प्रयोगका लागि सबै नागरिक आआफ्नो कार्यक्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो।

आइतबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन लुम्बिनी प्रदेश कमिटीको प्रदेश प्रमुखलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा वाेल्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले आफू परिवारको सहमति नहुँदा नहुँदै पनि सुख सयल छाडेर देश र जनताको लागि संघर्ष गरेको योगदानका आधारमा लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको बताउनुभयो।

उहाँले प्याप्सन लुम्बिनी प्रदेशलाई हार्दिक आभार व्यक्त गर्दै, आफू पनि २०४३ सालमा निजी विद्यालयको सञ्चालक भएकाले यसमा जानकार रहेको र संविधानले दिएको कर्तव्य र अधिकारमा रहेर अगाडि बढ्न सुझाव दिनुभयो । साथै आफ्नो साथ सपोर्ट रहने उल्लेख गर्नुभयो ।

प्याप्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डेको संयोजकत्वमा रहेको उक्त ज्ञापन गर्ने छाेटाे कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले शिक्षा ऐनमा निजी क्षेत्रलाई उचित स्थान दिएर संशोधन गर्नुपर्ने नीति नियमहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयाे। आफ्नै भावना बुझेको प्रदेश प्रमुख पाएकोमा खुसी व्यक्त गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयाे।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईं, रुपन्देही शाखा अध्यक्ष अनन्तराम शर्मा, कपिलवस्तु शाखा अध्यक्ष सुन्दर पाण्डे ,केन्द्रीय सदस्यहरू टिकाराम न्यौपाने ,शिव गैरे ,खेमेन्द्र राना, प्रदेश सदस्य डीबी थापा, रुपन्देहीका सहकोषाध्यक्ष हरि ज्ञवाली तथा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण चापागाईं लगायतले बधाई तथा शुभकामना ज्ञापन गर्दै शिक्षा ऐनमा निजी क्षेत्रलाई उपयुक्त स्थान दिन आग्रह गर्नुभयाे।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...