कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने


काठमाडौँ

गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

नेपालस्थित कोरियाली दूतवासले त्यहाँको सरकारले मंगलबार यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ ।

यसैबीच कोरियाका विदेशमन्त्री चो ताए–युल्कनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सन्देश पठाउँदै नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको जनाइउको छ ।

कोरियाली सरकारले विकास तथा सहयोगमा नेपाललाई प्राथमिकतामा राखेको र यसले दुई देशबीचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको छ ।

छुटाउनुभयो कि ?

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...
दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

बुटवलसरकारले दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गर्ने भएको छ। शुक्रबार पहिलो मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधा...
‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको अबको प्राथमिकता विगतका राजनीतिक दलको आलोचना होइ...