वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा : नेकपा बहुमत


 बुटवल

धर्मेन्द्र वास्तोला नेतृत्वको ने.क.पा(बहुमत) ले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गर्दै हाल देशमा भैरहेका हरेक प्रकारका अनियमितता र बेतिथीको बिरोध गर्दै राज्यले त्यसतर्फ ध्यान दिन नसकेको आरोप लगाएको छ ।

नेकपा (बहुमत) पुर्वी लुम्बिनी कमाण्डर पश्चिम कमाण्डले पत्रकार सम्मेलन गर्दै मिटरब्याजी र लघुबित्तको लुट र ज्याजती बिरुद्ध राज्यले उचित निर्णय नलिय  आफ्नो पार्टीले “वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा” गर्दै प्रतिरोधमा उत्रने बताएको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा आफ्नो पार्टीको धारणा राख्दै नेकपा (बहुमत) लुम्बिनी पुर्वी कमाण्ड इन्चार्ज बिनोद मरासीनीले ब्युरो भित्रका सबै जिल्लामा भ्रष्टाचार, अनियमितता,महङ्गी लगायतको बिषयमा ध्यानाकर्षण गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको बताउदै राज्यलेकारवाही नगरे पार्टीले जनताको सहभागितामा जनकारवाही गर्ने बताए ।

त्यस्तै लुम्बिनी पश्चिम कमाण्ड इन्चार्ज रेखा खनालले लघुबित्त र मिटरब्याजीको लुटको बिरुद्ध पार्टी शसक्त लाग्ने बताइन । कार्यक्रममा रुपन्देही जिल्ला सेक्रेटरी बिरु थारु लगायत पार्टीका नेता कार्यकर्ता र पत्रकारहरुको सहभागिता थियो ।

(नेकपा) बहुमतको पत्रकार सम्मेलनमा प्रस्तुत प्रेस विज्ञप्तीको पुर्ण पाठ

                       विषय:- प्रेस विज्ञप्ति

प्रिय पत्रकार मित्रहरू,

दलाल पुजीवादी संसदीय व्यवस्था सङ्ग सङ्गै प्राकृतिक प्रकोपले मुलुक यति बेला इतिहासकै सर्वाधिक संकटमा छ। अनावृष्टि, अतिबृष्टि सङसङ्गै आएको भलबाढि पहिरोले घर–बस्ती, बाटाघाटा, पुलपुलेशाहरु भत्किए–बिग्रेका छन भने थुप्रै जनधनको क्षति भएकोछ। जनता यति विघ्न दुख, कष्ट र पिडाले आर्तनाद भैरहदा नेपाली निरो भने बासुरी बजाइ रहेको प्रतीत हुन्छ। चाडबाड आएको छ तर सरकारको चालबास छैन । महंगी आकाशिदो छ। दैनिक उपभोग बस्तुमा कालोबजारी छ। जीवन हत्केलामा राखेर यात्रा गर्नु पर्ने बाध्यता उस्तै छ। दशै मनाउन मृत्यु मार्ग (राजमार्ग)को  ग्रहदशा कटाउनु पर्ने अवस्था छ जो कोहिलाइ । यो तितो यथार्थ बर्तमानको वास्तविकता हो । आजको दिनको सबै नेपालिको घर घरको सन्त्रास हो । सन्ताप हो ।

तर जनताको जेसुकै होस , हामी सत्ताको भर्‍याङ चढ्नु पर्छ भन्ने दल र दलका नेताको सत्ताको चास्निमा चुर्लुम्मै डुब्न रिले दौड भने निरन्तर छ। सत्ताभोग गर्न नपाएका हरुलाई भने मनाङ्गेले मन कै कुरा भनेको जस्तो भएको त होला । मनाङ्गे जस्तै म पनि नाङ्गिन्छु भनेपछि मुकुलले मुलुकलाइ  थोरै भए पनि गुण लगाएको मान्नु पर्छ । जान्ने लाई छान्ने भन्नेलाइ ८४ मा भोट हाल्ने  होइन अब भाटा हान्नुपर्छ भन्ने पाठ पढाएका छन । उता कवि नपुग्ने ठाउमा रबि पुग्छ भन्थे हो रहेछ भन्ने प्रामाणित भएको छ । बरु रबि एक्लै होइन जिबि रछवि सङ्गै पुग्ने रैछन भन्ने तथ्य स्थापित भएको छ । कानुनी राजको कुरा गरि नथाक्ने धनराजको प्रेत्माले सोरश्राद नलाग्दै ज्योती गुमाएको छ । गुमेको ज्योती फर्काउन रातोपासपोर्ट ले काम नगर्ला अब । उपर्युक्त तथ्यले कथनी र करणिमा आकाश जमिनको अन्तररहेको सामान्य र नांगो आखाले देख्ने गरि प्रष्ट भएको छ । र प्रष्ट भएको छ दुइजिब्रे नेताहरुको चित्र र चरित्र।

एक पछि अर्को दलदलमा भासिदै गैरहेको व्यवस्थालाई टेको लगाउन आउदो मंसिर/माघको लागि नया ठगबन्धनको चिना हेराउने रजोखना जोख्ने क्रम उपक्रम चलिरहेको छ। सम्भवत शरणार्थी र सहकारीको हिसाब किताब फर्छयौटले सत्ताको सिहासंनमा सवार हुन्छनहोला बाहरु । एकले अर्काको लाज छोप्न पर्दा हाल्न उद्त छन सिंहको मुटु हुनेहरु र सिह कै नामधारी हरु । आफ्ना छोरी बुहारी ज्वाइँ भाइका लागि अर्काको छोरी बुहारिको सिउदो पुछ्ने देखि कयौंका दाजु भाइ दिदिबहिनी हरुको भविष्य बर्बाद पार्ने हरु फेरि कसरीकस्को बुइ चढेर बालुवाटार सम्मको यात्रा तय गर्ने हो भन्नेमा छट्पटीमा होलान।  यो नै देश बर्वादिको अटुट अनन्त चलिरहेको शृङ्खलाहो ।

यता भने नागरिकको सामाजिक, सांस्कृतिक, मानसिक र आर्थिक स्थिति निकै डरलाग्दो छ। कयौंले आत्महत्या गरेका छन भने कति गाउनै छोडेर मुग्लान भासिएका छन । मानसिक हालत बिग्रदो छ। पारिवारिक अवस्था विघटित छ। सामाजिक मुल्य मान्यताहरु एक पछिअर्को गर्दै भत्किएका छ्न।यो देश बस्न लायक छैन भन्ने भास्री जबर्जस्त स्थापित भएकोछ। यस्तो अवस्था आउदा पनि  गैडाज र डाफेजहरु हालसम्म नेपालमै छन भनेर खुसी हुनुपर्ने बाध्यात्मक परिस्थितिमा हामी छौ ।राजनितीको भ्रष्टिकरण, अपराधीकरण , ब्यापारीकरण र ठेकदारिकरणले  यो देशमा  युवाहरुको आकर्षण हुन सकेन। केही गरेर खान्छु । देश कै सेवा गर्छु । माटोलाई माया गर्छु। भन्नेको हरुको भावनालाई यो देशमा बस्नै सकिँदैन भन्ने भाष्य निर्माण गरेर ठेस पुर्‍याएको छ। देशलाइ अग्रगमन तिरको बाटोमाहिडाउन, आम नागरिकको शिक्षा,स्वास्थ्य, रोजगारी को ग्यारेन्टी गर्न, नागरिकलाइ निराशको निसासिदो भुङ्ह्रो बाट निकाल्न र जनताको खुन पसिनामा रजाइँ गर्नेहरुका विरुद्ध धावा वाल्न एक पटक फेरि जुट्ने, उठ्ने र लड्ने आवश्यक बोध गरेका छौ ।

यहाँ हरु सबैलाई अवगत नै छ। नेकपा (बहुमत) आम शोषित, पीडित, गरिब, सर्वहारा, श्रमजीवी जनसमुदायको आशा भरोसाको केन्द्र हो । यो पार्टी जनतन्त्र, जनजिविका र राष्ट्रियता  मुद्दा लिएर निरन्तर जनसंघर्षमा छ । जनसंघर्षको दौरानमा हामिले नजिक बाट देख्यौं, हेर्‍यौ, बुझ्यौ अनि अध्यन पनि गर्‍यौ। जनताका अनेकन समस्याहरुका बिचबाट भयंकर भिमकाय पहाड बनेर बित्तीय आतंक र शोषण रहेको छ । यस बाट अछुतो कुनै गाउँ–बस्ती, टोल–गल्ली, घर–परिवार वा व्यक्ती छैन होला भन्दा अतिशयोक्ती नहोला। परिस्थिति सामान्य छैन। अवस्था निकै भयावह र विकराल छ। समय मै उपयुक्त ठोस कदम नचाल्ने हो भने अकल्पनीय संकट पैदा हुने देखिन्छ । हाम्रो अध्यन र ब्युझाइमा वैंक तथा वित्तीय संस्थाहरु नया साहु महाजन, साहुकार,  वैधानिक सुदखोर र नया महासामन्तको नयाँ अवतारको रुपमा भेटिए । यिनले पिरामिडको पिधमा भएका जनतालाइ दुखको महासागरमा डुबाएको हामिले नजिक बाट महशुस गर्यौ।वित्तीय संस्थाको कारण विपन्न हरुको विचल्ली भएको छ। यो निकै दु:खद र खेदजनक  छ।

पहिलो त नियमक निकायले नियमन नै नगर्ने । गरि हाले नियमक निकायको निर्देशन नमान्ने रवैया र दादागिरी बैंक तथा वित्तीय संस्थामा बिधमान छ । बैंक तथा वित्तीय संस्थाको लागि बनाइएको ऐन वाफियामा माफिया घुसाइए । टार्गेट पूरा गर्ने नाममा गरिब विपन्नलाइ रिणको भारिले थिच्ने बाहेक कुनै पनि बैंकले वित्तिय सुशासन र साक्षरतामा पटक्कै ध्यान दिएको देखिएन । हाम्रा लागि जनताको निक्षेपमा मुठीभर (कर्पोरेट हाउस) मान्छेले रजाइ गर्ने र जनतालाइ रुवाएर राज्य रमिते बन्ने कुरा किमार्थ स्विकार्य हुनै सक्दैन हुनै सकेन । जनता घरवारविहीन भएको,विभिन्न मानशिक यातनाको सिकार हुँदै आत्महत्या सम्म गर्न पुगेको । बैंक तथा वित्तिय संस्था अनि मिटरव्याजको आतंकले रातभर दिन भर दुधेबालक छोडेर जंगल बसेको । सामाजिक प्रतिष्ठा ध्वस्त पारिदिएको । घरमा ताला लगाइदिएको,पशुधन फुकाइएर लगेको,हाम्रो लागि सह्य हुँदै भएन । हाम्रो आग्रहलाइ अनुरोधलाइ अपिललाइ सुनुवाइ गरिएन । जनतामा अनेकन यातन थोपरियो, आतंक मच्चाइयो ।  त्यसैले वित्तीय आतंकका बिरुद्ध लाल आतंक घोषणा गर्न बाध्य भएका छौ,लाल आतंक हाम्रो रहर नभएर बाध्यता हो ।जति बेला सम्म वित्तीय आतंक जारी रहन्छ त्यति बेला सम्म लाल आतंक द्वारा प्रतिरोध गरिरहने छौ। हामी हाम्रो एक मुठी सास र एक थोपा रगत रहुन्जेल शिरमा कफन बाधेर वितिय शोषण र आतंकका बिरुद्ध लडिरहनेछौ ।

नेकपा (बहुमत) – जिन्दावाद !!

वैज्ञानिक समाजवाद– जिन्दावाद !!

दलाल संसदीय व्यवस्था – मुर्दावाद !!

वीर सहिद – लाल सलाम !!

वित्तिय आतंक बन्द गर !!    

१९ असोज २०८१

छुटाउनुभयो कि ?

राजनीतिक सहिष्णुता

राजनीतिक सहिष्णुता

नारायण ज्ञवालीराजनीति समाजको ऐना हो भनिन्छ । समाज जति सभ्य, सहिष्णु र परिपक्व हुन्छ, राजनीति पनि त्यत्तिकै उत्तरदायी र सन्तुल...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...