लुम्बिनी प्रदेशः चार दिनमा विपदबाट एक करोड ४३ लाख बरावरको क्षती


 लुम्बिनी प्रदेशमा वितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षती भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार विपद्का ३२ वटा घटना एक करोड ४३ लाख बराबरको क्षती भएको छ।

असोज ११, १२, १३ र १४ गतेको अवधिमा ३२ वटा विपदका घटना घटेका छन्। यो अवधिमा अधिक बर्षा, पहिरो, बाढी तथा डुबानका घटना घटेका हुन।विपदमा परेर ३ जनाको मुत्यु, २ जना घाईते र एक जना वेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए। बाढीमा परेर रुपन्देहीमा दुई जना र पानीमा डुबेर बाँके जिल्लामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

यो अवधिमा १९ वटा घर भत्एिका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षती भएको छ। ३ वटा सरकारी भवनमा आंशिक क्षती पुगेको छ। ७ वटा गोठमा पनि क्षती पुगेको जनाइएको छ। लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो। 
लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा तुलनात्मक रुपमा क्षति कम भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् अघि, विपदको वेलामा र विपद् पछिको अवस्थालाई ध्यानमा राखेर प्रतिकार्यका योजना अघि बढाउन निर्देशन जारी गरेका थिए। सोही अनुसार समुदाय, प्रहरी प्रशासन र स्वयंमसेवकहरु परिचालन भएका थिए ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...