ताजा अपडेट

रुपन्देही-३ मा जसपाका उम्मेदवार यादवनै एमालेमा प्रवेश

रुपन्देही-३ मा जसपाका उम्मेदवार यादवनै एमालेमा प्रवेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
बुटवलजनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार बनेका श्रीनिवास यादव एमाले प्रवेश गरेका छन्। जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै आफू जसपा परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्। ‘उम्मेदवारी दर्ता गरी जनतासँग भेटघाट गर्दा रुपन्देही ३ का मतादाताको मनोभावना एमाले भन्दा अरू देखिएन, पछिल्लो समय राष्ट्रियता कमजोर बनिरहेको अवस्थामा राष्ट्रियताको विषयमा पनि एमाले नै महत्त्वपूर्ण शक्ति भएको निष्कर्ष निकाल्दै एमाले प्रवेश गर्ने निर्णय गरेको हुँ,’ यादवले पत्रकार सम्मेलनमा भने। पत्रकार सम्मेलनपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै आजैका दिनदेखि जसपा परित्याग गरी एमाले पार्टीका सिद्धान्तलाई अनुसरण गर्दै एमालेका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न लाग्ने बताए। ‘देश, जनता र राष्ट्रप्रति वफादार बन्दै ...
बंगलादेश सरकारको शपथग्रहणमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने

बंगलादेश सरकारको शपथग्रहणमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँपरराष्ट्रमन्त्री बालानन्द शर्मा आज बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गर्दै छन् । बंगलादेशको नव निर्वाचित सरकारको शपथग्रहण समारोहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।गत विहिबार सम्पन्न निर्वाचनमा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) ले दुई तिहाई बहुमत हासिल गरेर सरकार बनाउदैछ । बीएनपीका अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्दैछन् ।शपथग्रहण समारोहमा बंगलादेशले नेपालसहित सार्क देशलाई निमन्त्रणा गरेको बताइएको छ । मन्त्रालयका अनुसार मन्त्री शर्माको यो भ्रमणले नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्न नेपालको प्रतिबद्धता झल्काउने विश्वास गरिएको छ । भ्रमणका क्रममा मन्त्री शर्मासँग परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी रहेका छन् । परराष्ट्रमन्त्री शर्मा फागुन ७ गते काठमाडौँ फर्कने कार्यक्...
आजदेखि फागुन १८ गते राति १२ बजेसम्म निर्वाचन प्रचार–प्रसार गर्न पाइने

आजदेखि फागुन १८ गते राति १२ बजेसम्म निर्वाचन प्रचार–प्रसार गर्न पाइने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलआजदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन्। निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ।सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन्।आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ।राजनीतिक दल तथा उम्मेदवारहरूलाई आच...
दल वा निर्वाचन प्रतिनिधिले गाडी प्रयोग गर्न निर्वाचन अधिकृतबाट अनुमति लिनुपर्ने

दल वा निर्वाचन प्रतिनिधिले गाडी प्रयोग गर्न निर्वाचन अधिकृतबाट अनुमति लिनुपर्ने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारीसाधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । आयोगद्वारा आज जारी गरेको ६४ बुँदे निर्देशनमा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । निर्वाचन अधिकृतले अनुमति दिएको सवारीसाधनबाहेक अन्य कुनै किसिमको साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने पनि आयोगको निर्देशन छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, बिगार्न वा खरिद गर्न, मतदान अधिकृतको स्वीकृतिविना निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्...
बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस सम्पन्न: ऐतिहासिक,सांस्कृतिक,सभ्यता र सम्बृद्ध नगर निर्माणमा जोड

बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस सम्पन्न: ऐतिहासिक,सांस्कृतिक,सभ्यता र सम्बृद्ध नगर निर्माणमा जोड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाको ६७औं स्थापना दिवसका अवसरमा वोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई ऐतिहासिक,सांस्कृतिक,सभ्यता र सम्बृद्ध नगर निर्माणमा जोड दिएको वताएका छन्।आईतबार सम्पन्न कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डयले सम्बृद्ध नगर वनाउन भए गरेका र अगाडि बढेका र गर्ने योजनाहरुको लामो विवरण प्रस्तुत गर्दै बुटवललाई हरेक हिसाबले सडक,पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी,रोजगार,उद्यम-व्यवसाय लगायतका क्षेत्रहरूमा धैरै काम गरेको र केही योजनाहरुको काम भइरहेको र केही योजनाहरु क्रमशः गर्दै जाने उल्लेख गरेका थिए।उनका अनुसार “उज्यालो बुटवल” अभियान अन्तर्गत शहरका मुख्य चोक तथा सडक क्षेत्रमा सप्ताह व्यापी सरसफाइ कार्यक्रम सञ्चालन गरिएको र यस अभियानले शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दीर्घकालीन लक्ष्यलाई थप मजबुत बनाएको उनले बताए । साथै, उज्यालो शहर निर्माण अभियान अन्तर्गत सरसफाइ, हाईमा...
बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्न-नगराउन निर्वाचन आयोगको निर्देशन

बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्न-नगराउन निर्वाचन आयोगको निर्देशन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी राजनीतिक दलहरूलाई फेरि निर्देशन दिएको छ ।निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी आयोगले यसअघि पनि निर्देशन दिँदै आएको छ । २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट सहयोग लिने र खर्च गर्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । “निर्वाचन प्रचारप्रसारमा खर्च गर्दा आफू वा आफ्नो निर्वाचन प्रतिनिधिमार्फत् मात्...
बुटवल उपमहानगर ६७औँ वर्ष प्रवेश : सम्बृद्ध शहर निर्माणमा यथेष्ठ काम

बुटवल उपमहानगर ६७औँ वर्ष प्रवेश : सम्बृद्ध शहर निर्माणमा यथेष्ठ काम

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बटवलसम्बृद्ध शहर निर्माणमा बुटवल उपमहानगरपालिकाको यथेष्ठ काम गरेको छ । भौतिक पूर्वाधार विकासमा बुटवलमा २०७९ सालदेखि ८१ सालसम्म करिब ३ वर्षको अवधिमा धेरै योजनाले पूर्णता पाएको उपमहानगरले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछन । पूर्वाधार विकास महाशाखाबाट सञ्चालित योजनाहरुको प्रगति विवरणले भौतिक पूर्वाधार विकासमा गरेको फड्कोलाई देखाउँछन् । आ.व. २०७९ /८० र ०८१/८२ मा बोलपत्र /दरभाउपत्र १४३ वटा, सेवा परामर्स ३४ वटा, सोझै खरिद ६६ वटा, उपभोक्ता १९९९ वटा गरी जम्मा २ हजार २ सय ४२ योजना सम्पन्न भएका छन् । त्यस्तैगरी आ.व. २०८२/८३ को साउन १ देखि माघ मसान्तसम्मको प्रगति विवरणमा ठेक्का दरभाउपत्र/बोलपत्र/उपभोक्ताको क्रमागत संख्या २८ वटा, चालु आ.व. को संख्या २ र कुल योजना संख्या ३० रहेको छ । त्यस्तैगरी दरभाउपत्र/बोलपत्र/उपभोक्ता, सेवा परामर्स, सोझै खरिद र उपभोक्ताको जम्मा ४१ वटा, आ.व. चालुको संख्या १७, ...
आज नेपाली सेना दिवस: शैनिक मञ्चमा बिशेष समारोह गरी मनाईदै

आज नेपाली सेना दिवस: शैनिक मञ्चमा बिशेष समारोह गरी मनाईदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंहरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाइन्छ र यस क्रमको सुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ। काठमाडौँ आसपासमा केही हप्ता अगावै आकाशमा सेनाका हेलिकप्टरका लर्को र हवाई परेड अभ्यास देखिन थालिएको हुन्छ। आजका दिन टुँडिखेलमा सेनाले विशेष कार्यक्रम र परेड प्रदर्शन गर्दछ। उच्च ओहोदाका सैन्य अधिकारी अनि राष्ट्राध्यक्ष सम्मको उपस्थिति हुने यस कार्यक्रम हेर्न सर्वसाधारणको भीड लाग्ने गर्दछ। पूर्वीय सीमा बाट बहने मेची खोला र पश्चिमी सीमाबाट बहने महाकाली यस देशका सीमाहरू हुन्। नेपालको इतिहासको लिखित सुरुवात भने ईशापूर्वको ३५० वर्षअघिबाट भएको पाइन्छ। पौराणिक समयमा गोपाल, महिसपाल, किराँत, लिच्छवी लगायतका बशंले शासन गरेका यस ठाउँमा राज्यहरू माथि आक्रमण गर्ने, कब्जा गर्ने अनि आफ्नो राज्यको सीमा बिस्तार गर्ने जस्ता कुराहरू समय समयमा भइरहन्थे। रेकर्डहरू केलाउने हो भने नेपालको आफ्न...
आज महाशिवरात्री: शिव भगवानको पूजा आराधना गरी मनाइँदै

आज महाशिवरात्री: शिव भगवानको पूजा आराधना गरी मनाइँदै

Breaking news 1, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने ...
बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस संक्षिप्त र सन्देशमूलक कार्यक्रम गरी मनाइँदै

बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस संक्षिप्त र सन्देशमूलक कार्यक्रम गरी मनाइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस भोली आइतबार एक औपचारिक कार्यक्रमका बीच मनाउँदै छ । हरेक वर्ष भव्य समारोहबीच दिवस मनाउँदै आएको उपमहानगरले यस वर्ष भने यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहित लागू भएकाले सामान्य रुपमा मनाउने भएको हो ।उपमहानगरले स्थापना दिवसको अवसरमा सप्ताहव्यापी रनात्मक क्रियाकलाप भने सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले नगर क्षेत्रमा सप्ताहव्यापी सरसफाइ अभियान सञ्चालन सम्पन्न गरेको छ ।स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले निर्वाचन आचारसंहिताका कारण यस वर्ष संक्षिप्त तर सन्देशमूलक कार्यक्रममार्फत स्थापना दिवस मनाइने जानकारी दिए । उनले अघिल्ला वर्षहरूमा हासिल गरिएका प्रमुख उपलब्धिहरू स्थापना दिवसको दिन सार्वजनिक गरिने बताए ।उनका अनुसार “उज्यालो बुटवल” अभियान अन्त...