बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस सम्पन्न: ऐतिहासिक,सांस्कृतिक,सभ्यता र सम्बृद्ध नगर निर्माणमा जोड


बुटवल
बुटवल उपमहानगरपालिकाको ६७औं स्थापना दिवसका अवसरमा वोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई ऐतिहासिक,सांस्कृतिक,सभ्यता र सम्बृद्ध नगर निर्माणमा जोड दिएको वताएका छन्।
आईतबार सम्पन्न कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डयले सम्बृद्ध नगर वनाउन भए गरेका र अगाडि बढेका र गर्ने योजनाहरुको लामो विवरण प्रस्तुत गर्दै बुटवललाई हरेक हिसाबले सडक,पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी,रोजगार,उद्यम-व्यवसाय लगायतका क्षेत्रहरूमा धैरै काम गरेको र केही योजनाहरुको काम भइरहेको र केही योजनाहरु क्रमशः गर्दै जाने उल्लेख गरेका थिए।
उनका अनुसार “उज्यालो बुटवल” अभियान अन्तर्गत शहरका मुख्य चोक तथा सडक क्षेत्रमा सप्ताह व्यापी सरसफाइ कार्यक्रम सञ्चालन गरिएको र यस अभियानले शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दीर्घकालीन लक्ष्यलाई थप मजबुत बनाएको उनले बताए । साथै, उज्यालो शहर निर्माण अभियान अन्तर्गत सरसफाइ, हाईमास्ट बत्ती जडान तथा पूर्वाधार विकासका कामहरू प्रभावकारी रूपमा अगाडि बढाइएको पनि उनले जानकारी दिए ।

नगर प्रमुख पाण्डेयले बुटवल ऐतिहासिक, सांस्कृतिक तथा सभ्यताको महत्वपूर्ण धरोहर बोकेको शहर भएको उल्लेख गर्दै जितगढी किल्ला तथा पुरानो बटौली क्षेत्रका ऐतिहासिक सम्पदाहरूको संरक्षणलाई प्राथमिकतामा राखिएको बताए । उनले बुटवललाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित योजनाबद्ध काम भइरहेको स्पष्ट पारे ।
भदौ २४गते भएको मृत्यु, घाइते,आगजनी र तोडफोडले जनधनको ठूलो नोक्सान भएको र भौतिक संरचना मात्र नभई महत्वपूर्ण कागजातहरु जलेर नष्ट हुँदा ठूलो समस्या देखा परेको र सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरणको लागि तयार गरेका विवरण हरु समेत जलेर नष्ट भएकोमा दुःख व्यक्त गरे।
फागुन २१मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन आचारसंहिताका कारण भव्य रूपमा मनाउन नसकेता पनि निर्वाचन शान्त, सुव्यवस्थित, सुरक्षित रूपमा सम्पन्न गर्न सवै आ- आफ्नो स्थानबाट लाग्न आव्हान गरे।

उपप्रमुख साबित्रा आर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी, महिला उद्यमशीलता तथा महिला सशक्तीकरणलाई नगरको प्रमुख प्राथमिकतामा राखिएको बताइन् । महिलाहरू आर्थिक रूपमा सक्षम भए मात्रै समग्र नगर विकास सम्भव हुने उल्लेख गर्दै उनले महिला लक्षित कार्यक्रमहरू अझ प्रभावकारी बनाइने बताइन् । उनले राजस्व संकलनमा उल्लेख सफलता हासिल गरेको वताइन्।
साथै, शिक्षाको गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि नगरपालिकाले विशेष पहल गरिरहेको उनले जानकारी दिइन् ।


कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधिराम खरेल, शैक्षिक संस्थाको तर्फबाट कान्ति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन प्रसाद वझा, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले वोल्दै कार्यप्रगतिका हिसाबले नेपालमै सर्वोत्कृष्ट उपमहानगर वन्नु नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत मित्रमणि खनाल, सम्पुर्ण जनप्रतिनिधि, उद्योगी व्यवसायी, सरोकारवाला संगै सम्पुर्ण नगरवासीको महत्त्वपूर्ण भूमिका रहेको धारणा राखेका थिए।


वक्ताहरुले हरेक हिसाबले नागरिकमैत्री नगर भएको उल्लेख गर्दै गलत प्रबृत्तिका कारण भदौ २४गते भएको जनधनको ठूलो क्षतिले देश संगै बुटवल उपमहानगर खरानी वनेको र खरानीबाट उठ्नुको विकल्प नभएको बताएका थिए।
उनिहरुले अहिले मुलुकमा आलोचना मात्र नभई हरेक नागरिकले रचनात्मकता र जागरुकता देखाउन, नकारात्मकता हटाएर सकारात्मकता ल्याउन आवश्यक देखिएको वताएका थिए।

जनप्रतिनिधि,कर्मचारी ,संघ- संस्था, उद्योगी -व्यवसायी, सुरक्षा निकाय, सञ्चारकर्मी, सरोकारवालाको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख ठगिश्वर पोख्रेलले गरेका थिए।

छुटाउनुभयो कि ?

गुल्मीको इस्मामा आगलागी

गुल्मीको इस्मामा आगलागी

गुल्मीगुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोटमा लेखबहादुरको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । आज बिहान ३:४५ बजे बोह...
माघ महिनामा एक खर्ब ८४ अर्बको आयात, २६ अर्बको निर्यात

माघ महिनामा एक खर्ब ८४ अर्बको आयात, २६ अर्बको निर्यात

काठमाडौंचालु आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउनदेखि माघ)सम्ममा ११ खर्ब २३ अर्बको आयात भएको छ। आयात गत आर्थिक वर्ष २०८१...
रूपन्देहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

रूपन्देहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

बुटवलजिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।रूपन्देही गैँडहवा गाउँपालिक...
एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक

एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक

बुटवलप्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ का लागि विस...