
बटवल
सम्बृद्ध शहर निर्माणमा बुटवल उपमहानगरपालिकाको यथेष्ठ काम गरेको छ । भौतिक पूर्वाधार विकासमा बुटवलमा २०७९ सालदेखि ८१ सालसम्म करिब ३ वर्षको अवधिमा धेरै योजनाले पूर्णता पाएको उपमहानगरले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछन । पूर्वाधार विकास महाशाखाबाट सञ्चालित योजनाहरुको प्रगति विवरणले भौतिक पूर्वाधार विकासमा गरेको फड्कोलाई देखाउँछन् । आ.व. २०७९ /८० र ०८१/८२ मा बोलपत्र /दरभाउपत्र १४३ वटा, सेवा परामर्स ३४ वटा, सोझै खरिद ६६ वटा, उपभोक्ता १९९९ वटा गरी जम्मा २ हजार २ सय ४२ योजना सम्पन्न भएका छन् । त्यस्तैगरी आ.व. २०८२/८३ को साउन १ देखि माघ मसान्तसम्मको प्रगति विवरणमा ठेक्का दरभाउपत्र/बोलपत्र/उपभोक्ताको क्रमागत संख्या २८ वटा, चालु आ.व. को संख्या २ र कुल योजना संख्या ३० रहेको छ । त्यस्तैगरी दरभाउपत्र/बोलपत्र/उपभोक्ता, सेवा परामर्स, सोझै खरिद र उपभोक्ताको जम्मा ४१ वटा, आ.व. चालुको संख्या १७, कुल योजना संख्या ५८, क्रमागतका सम्पन्न ३३, चालु आ.व.का सम्पन्न २६ गरी जम्मा सम्पन्न ५९ रहेका छन् । त्यस्तैगरी आ.व २०८२/०८३ मा बुटवल नगरसभाबाट स्वीकृत भएका पूर्वाधार विकास महाशाखाबाट कार्यान्वयनमा योजनाहरुको प्रगति विवरण देहायबमोजिम रहेको छ ।

नुवाकोट पदमार्ग योजनाको ५ करोड विनियोजित रकममा सूचना प्रकाशित ठेक्का प्रक्रियामा रहेका छ । तिनाउ आरती केन्द्रका लागि ६ करोड ६२ लाख बजेटमा लागत अनुमान तयार भई प्रक्रियामा रहेको, बुटवल– १ मा रहेको बुटवल माध्यमिक विद्यालयको भौतिक पूर्वाधार (भवन) निर्माणका लागि १ करोड बजेटमा ठेक्का प्रक्रियामा रहेको छ । बुटवल – १५ मा बन्दै गरेको आश्रममा योगाहल निर्माणका लागि १ करोड बजेटमा लागत अनुमान निर्माण चरणमा, सिरान गाउँ
(टप–मजुवादेखि बुद्धनगर जाने सडक) निर्माण, बुटवल – ११का लागि २ करोड बजेट परी सूचनामा प्रकाशित गरी ठेक्का प्रक्रियामा रहेका बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार विकास महाशाखाका निर्देशक ई.गौतम रौनियारले बताए । त्यस्तैगरी बुटवल – ९ मा ६० लाखको लगानीमा बहुआयामिक वडा भवन निर्माणको ठेक्का प्रक्रियामा रहेको, बुटवल– ११ प्रगतिनगरमा रहेको प्रगति मावि कम्पाउण्ड बालसहित खेलमैदान संरक्षणका लागि २५ लाख बजेट परी सूचना प्रकाशन गर्ने चरणमा ठेक्का प्रक्रियामा, बुटवल – १९ को स्वास्थ्य केन्द्र भवन निर्माणका लागि ३० लाख लगानीमा सूचना प्रकाशित गरी ठेक्का प्रक्रियामा रहेको बुटवल उपमहानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख मोहनराज पौडेलले बताए।
बुटवल – १२ स्थित नयाँगाउँ मावि भवन निर्माणका लागि १ करोड १० लाख लागतमा सम्झौता भई कार्यान्वयनमा प्रक्रियामा, वडा नं. १९ स्थित वडा कार्यालयका भवन निर्माण कार्यका लागि ४ करोड ७१ लाख ८८ हजार लागतमा सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ । माइक्रोबस पार्किङ्ग स्थलमा नाली, ढकनीसहित पि.सि.सि. निर्माण कार्यका लागि २३ लाख लगानीमा सम्झौता भई कार्यान्वयन चरणमा, बुटवल – ७ मा प्रशोधन केन्द्र ट्रष्ट निर्माणका लागि २५ लाख, बुटवल– ३ स्थित बुटवल बहुमुखी क्याक्पसको पर्खाल भत्काएर ज्योतिनगर जाने बाटो निर्माण कार्यका लागि २५ लाख लगानीमा सम्झौता भई कार्यान्वयन प्रक्रियामा रहेको, बुटवल उपमहानगरपालिका, नगर कार्यपालिका कार्यालयका विभिन्न महाशाखाको प्लाईबाट पार्टेशनमा २ लाख ८३ हजार ८ सय ७२ लागत रकममा कार्य सम्पन्न भैसकेको बुटवल उपमहानगरपालिकाका योजना शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए ।
बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाका विभिन्न महाशाखा, शाखा एवं प्यासेजमा रहेका झ्याल एवं आल्मुनियम पार्टेसनहरु मर्मत कार्यमा ९ लाख ७६ हजार ४ सय ८९ रुपैयाँ ७२ पैसा, बुटवल – ७ को वडा कार्यालयको भवन मर्मत कार्यमा ४ लाख ३२ हजार ९ सय ४७ रुपैयाँ ८७ पैसा, बस टर्मिनल भवन मर्मतमा ९ लाख ९७ हजार ८ सय ४३ रुपैयाँ १४ पैसा र बुटवलको वडा नं. ९ स्थित बुटवल बस टर्मिनल भवन रंगरोगन कार्यमा ९ लाख ८१ हजार ४ सय ४४ रुपैयाँ ३४ पैसा लगानी भई कार्य सम्पन्न भैसकेको छ । त्यस्तैगरी अन्य नगरस्तरीय योजनाहरुलागत स्टिमेट तैयारी र ठेक्का प्रक्रियामा रहेको, अन्य वडास्तरीय उपभोक्ताबाट सञ्चालन हुने योजनाहरुको सम्झौता भई कार्यान्वयन चरणमा रहेको साथै १८ औं नगरसभाबाट थप भएका योजना तथा कार्यक्रमहरुको लागत स्टिमेट तैयारीर कार्यान्वयन प्रक्रियामा रहेको आगामी आ.व. २०८३÷८४ का लागि संघीय समपुरक र विशेष अनुदानका योजनाहर छनौट गरी योजना आयोगमा पेश गरिएको छ । साथै मुख्य प्रशासकीय भवनलगायत संरचनाको क्षती मूल्याङ्कन भईरहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
पूर्वाधार विकास महाशाखाबाट विभिन्न मुख्य कार्यहरु सम्पादित भएका छन् । विद्यालय भवन निर्माण अन्तर्गत बुटवल– १२ नयाँगाउँ मावि., बुटवल– देवीनगरमा रहेको नवीन औद्योगिक कदर बहादुर रिता मावि,बुटवल – १० मा रहेको कालिका मानवज्ञान मावि, बुटवल – १९ स्थित श्री अमर मावि, बुटवल– १ स्थित बुटवल मावि, बुटवल– १७ स्थित मोतिपुर मावि, बुटवल–१८ स्थित भवानी मावि, बुटवल– ७ स्थित सिद्धेश्वरी लालकुमारी मावि, बुटवल– ६ स्थित तिलोत्तमा मावि, बुटवल – ७ स्थित सन्तोषीमाता गुरुकुल विद्याङम भवन, बुटवल – १३ स्थित मदिना मदरसा भवन निर्माण, बुटवल – २ स्थित उजिरसिंह मावि, बुटवल – १३ स्थित जितेश्वरी मावि, बुटवल – ५ स्थित ज्ञानोदय मावि भवन निर्माण, बुटवल – ११ नहरपुर मावि, बुटवल – १ सरस्वती आधारभूत विद्यालय भवन निर्माणहरु रहेका छन् । त्यस्तैगरी बुटवलका विभिन्न वडामा मन्दिर निर्माण, सडक पिच, स्वास्थ्य चौकी र वडा कार्यालयहरु समेत पूर्वाधार विकास .महाशाखाबाट मुख्य कार्यहरु सम्पन्न भएका छन् ।
त्यस्तैगरी आ.व. २०७९ देखि ८१/८२ सम्म सञ्चालित योजनाहरुको एकीकृत भौतिक तथा वित्तीय प्रगति पनि सकारात्मक रहेको छ । बुटवका विभिन्न स्थानमा सडक पिच तथा नाली निर्माण, सडक ग्राभ्रेल तथा नाली निर्माण, सडक इन्टरलक टायर बिछ्याउने कार्य, सडक पिच मर्मत, पुल कल्भर्ट, तटबन्ध, रिटेनिङ्ग वाल, रेलिङ्ग निर्माण, मठ मन्दिर निर्माण, सेड, ट्रस निर्माण तथा मर्मत, सामुदायिक भवन निर्माण तथा मर्मत, भवन पार्क र मन्दिरमा कम्पाउण्ड वाल निर्माण, शालिक, पार्क निर्माण, खानेपानी पाइप लाइन विस्तार, खानेपानी बोरिङ्ग जडान, जग्गा संरक्षका लागि तारबार र गमला निर्माणलगायतका विभिन्न पूर्वाधारका काम भएका छन् ।