आज नेपाली सेना दिवस: शैनिक मञ्चमा बिशेष समारोह गरी मनाईदै


काठमाडौं
हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाइन्छ र यस क्रमको सुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ। काठमाडौँ आसपासमा केही हप्ता अगावै आकाशमा सेनाका हेलिकप्टरका लर्को र हवाई परेड अभ्यास देखिन थालिएको हुन्छ। आजका दिन टुँडिखेलमा सेनाले विशेष कार्यक्रम र परेड प्रदर्शन गर्दछ। उच्च ओहोदाका सैन्य अधिकारी अनि राष्ट्राध्यक्ष सम्मको उपस्थिति हुने यस कार्यक्रम हेर्न सर्वसाधारणको भीड लाग्ने गर्दछ।

पूर्वीय सीमा बाट बहने मेची खोला र पश्चिमी सीमाबाट बहने महाकाली यस देशका सीमाहरू हुन्। नेपालको इतिहासको लिखित सुरुवात भने ईशापूर्वको ३५० वर्षअघिबाट भएको पाइन्छ। पौराणिक समयमा गोपाल, महिसपाल, किराँत, लिच्छवी लगायतका बशंले शासन गरेका यस ठाउँमा राज्यहरू माथि आक्रमण गर्ने, कब्जा गर्ने अनि आफ्नो राज्यको सीमा बिस्तार गर्ने जस्ता कुराहरू समय समयमा भइरहन्थे। रेकर्डहरू केलाउने हो भने नेपालको आफ्नै सेना खडा गरिएको सन् ३५० पछिका इतिहासहरू भेटिन्छ। उति वेला तिब्बत र भारत दुवैतर्फमा राज्यहरूमा आआफ्नै सेना खडा भइसकेका थिए। लिच्छवि बशंको शासन ताका सेनाको संस्थागत प्रयास नेपाली भूमिमा सुरु भएको इतिहास भेटिन्छ। राजाहरू मानदेव, शिवदेव, नरेन्द्रदेव र अंशुवर्मा का प्राचीन शोध र तथ्यहरू लगायत शिलालेखमा यी कुराहरू उल्लेख छ । यस भन्दा अघिबाट नै सेनाको अभ्यास भएको हुनपर्दछ तथापि तथ्यहरू यिनै राजाका पालाका भएकाले यहाँबाट सैनिक अभ्यास सुरुवात भएको मानिएको छ।
नरेन्द्रदेवका पालामा उत्तरी राष्ट्रका अनुरोधमा दक्षिणमा आक्रमण गर्न ७००० घोडसवार, ३५०० प्रारम्भिक दस्ता खडा गरेको पाइन्छ। प्राचिनकालमा सैन्य दस्ताहरू देशको बिचमा राख्ने चलन थियो भने मध्यकालमा सेनाहरू लाई विभिन्न उच्च भागमा भएका किल्ला अनि सिमाना हिसाबले संवेदनशील ठाउँमा राख्न थालिएको हो। किल्लाका कमान्डर लाई क्वान्थ नायक भनिन्थ्यो जो अत्यन्त शक्तिशाली हुने गर्दथे, उनैको नेतृत्वमा सैनिकहरू खटाइएका हुन्थ्यो। मध्ययूगिन समय ताका कर्णाली क्षेत्रका खस् मल्ल वंशहरूलाई काठमाडौँका मल्लहरूले सहजै हराएको इतिहास छ , कर्णालीका खस् मल्लहरू सँग पनि सैन्य दस्ता अत्यन्त मजबुत भएको तथापि काठमाडौँ मल्लहरूको रणनीतिक अनि आधुनिक रण कौशल अघि उनीहरू सहजै हारेका थिए। यस समयमा नेपाल विभिन्न राजा रजौटाहरूमा बाँडिएको थियो, सेनाहरू राजा, युवराज,

ओमरावस, क्वान्थ नायक लगायतका हातमा अनि कुनै एक निर्दिष्ट शक्तिको निर्देशनमा मात्र थिएनन्। काठमाडौँ र डोटी लगायतमा त भारतीय सेनाहरूको पनि केही साथ र सहयोग पनि रहेको पाइएको थियो। तर जब १७ औँ शताब्दीमा युरोपबाट एसिया र अफ्रिकामा उपनिवेशवाद को लर्को सुरु भयो तब विदेशी सेना अनि घुस पैठी लगायत राज्यहरूमा स्वतन्त्रताको प्रतिरक्षाका लागि ठुलो चुनौती खडा भयो।

इस्ट इन्डिया कम्पनीले भारतका अधिकांश ठाँउहरु कब्जा गर्दै गर्दा यता नेपालका राजारजौटाहरु लाई नेपालीपनाको एकै आधारमा पृथ्वी नारायण शाहले एकीकृत गर्दै आएका हुन्। नेपाली सेनाको सुरुवात र संस्थागत अभ्यासको लागि यसै एकीकरण प्रक्रिया नै एउटा महत्त्वपूर्ण बिन्दु मानिन्छ। गोर्खाका सेना बाहेक पनि एकीकरणमा सहयोग गर्न पृथ्वी नारायण शाहले भारतीय भूमिसँग नाता गाँसेर युद्धका सामान अनि हतियार मगाएको देखिन्छ, नेपाली सेनाको रणकौशलता का सुरुवाती दिनहरू त्यही वाट सुरु भएको हो।

ब्रिटिसहरूले गोर्खाली सेनाका विरुद्धमा विभिन्न युद्धहरू लडेका ब्रिटिसहरूले गोर्खाली फौजको अदम्य साहस देखेर पछि आफ्ना सैन्य दस्तामा नेपाली फौज भर्ती लिन थाल्यो। तर नाम भने गोर्खा नै रह्यो, यस कारणले पनि नेपाली सेनालाई विदेशमा गोर्खाका नाममा चिनिन्छ । गोर्खाबाट सुरु भएको एकीकरणको आगो र धागो आजसम्म पनि नेपाली सेनाले ज्वलन्त बनाएर हिँडेको छ।

सन् १७४४ बाट आजसम्म पनि नेपाली सेनाले अबिछिन्न राष्ट्र प्रेम अनि साहस प्रदर्शन गरिरहेको छ। विश्वयुद्ध देखि गृहयुद्धसम्म देशलाई अफ्ठेरो परेको बेला सेनाको सक्रियता देखिएको छ। भूकम्प होस् या कुनै दुर्घटना या अन्य प्राकृतिक प्रकोप, सेना हरेक ठाउँमा पुगिदिन्छ। बाटोघाटो, खेलमैदान, परेड, राष्ट्रिय शान देखि वैदेशिक शान्ति सैनिकका रूपमा नेपाली सेना सर्वत्र चर्चामा छ। सन् २००२ देखि सन् २००७ सम्म नेपाली सेनाले आफ्नो सख्याँ ५० हजार वाट ९५ हजार बनाएको हो । माओवादी दस्ता वाट पनि सेनामा समायोजन गरिएको छ।
देशको रक्षार्थ रहेका सेनाले आफ्नो अदम्य साहस र कूटनैतिक कौशल सप्तरीको तिलाठी देखि सुस्ता अनि कालापानी सम्म देखाउन सकुन्। सेना सदैव एउटा गैर राजनैतिक अनि पारदर्शी र अनुशासित संस्था हो, यसमा आँच नआओस्। रासन, आसन अनि शासन सर्वत्र सेनाको आड भरोसा रहिरहोस् भन्ने आम नेपालीको चाहना रहेको छ।

छुटाउनुभयो कि ?

अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम

अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम

बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विष्णु गौतमले अस्पताललाई सवै नागरिकले भरोसा गर्न सक्ने र...
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाण्डौ - आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको विकास तथा ...
राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरणसम्बन्धि अध्यादेश जारी

राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरणसम्बन्धि अध्यादेश जारी

काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) सम्बन्धि अध्यादेश जारी गरेका...
रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी आन्दोलनमा

रुपन्देहीसरकारले सार्वजनिक जग्गा खाली गराउने अभियान तिब्र बनाउन थालेपछि रूपन्देहीका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसाेवा...