बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस संक्षिप्त र सन्देशमूलक कार्यक्रम गरी मनाइँदै


बुटवल
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस भोली आइतबार एक औपचारिक कार्यक्रमका बीच मनाउँदै छ । हरेक वर्ष भव्य समारोहबीच दिवस मनाउँदै आएको उपमहानगरले यस वर्ष भने यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहित लागू भएकाले सामान्य रुपमा मनाउने भएको हो ।
उपमहानगरले स्थापना दिवसको अवसरमा सप्ताहव्यापी रनात्मक क्रियाकलाप भने सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले नगर क्षेत्रमा सप्ताहव्यापी सरसफाइ अभियान सञ्चालन सम्पन्न गरेको छ ।
स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले निर्वाचन आचारसंहिताका कारण यस वर्ष संक्षिप्त तर सन्देशमूलक कार्यक्रममार्फत स्थापना दिवस मनाइने जानकारी दिए । उनले अघिल्ला वर्षहरूमा हासिल गरिएका प्रमुख उपलब्धिहरू स्थापना दिवसको दिन सार्वजनिक गरिने बताए ।
उनका अनुसार “उज्यालो बुटवल” अभियान अन्तर्गत शहरका मुख्य चोक तथा सडक क्षेत्रमा एक सातासम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो । यस अभियानले शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दीर्घकालीन लक्ष्यलाई थप मजबुत बनाएको उनले बताए । साथै, उज्यालो शहर निर्माण अभियान अन्तर्गत सरसफाइ, हाईमास्ट बत्ती जडान तथा पूर्वाधार विकासका कामहरू प्रभावकारी रूपमा अगाडि बढाइएको पनि उनले जानकारी दिए ।

नगर प्रमुख पाण्डेयले बुटवल ऐतिहासिक, सांस्कृतिक तथा सभ्यताको महत्वपूर्ण धरोहर बोकेको शहर भएको उल्लेख गर्दै जितगढी किल्ला तथा पुरानो बटौली क्षेत्रका ऐतिहासिक सम्पदाहरूको संरक्षणलाई प्राथमिकतामा राखिएको बताए । उनले बुटवललाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित योजनाबद्ध काम भइरहेको स्पष्ट पारे ।

उपप्रमुख साबित्रा आर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी, महिला उद्यमशीलता तथा महिला सशक्तीकरणलाई नगरको प्रमुख प्राथमिकतामा राखिएको बताइन् । महिलाहरू आर्थिक रूपमा सक्षम भए मात्रै समग्र नगर विकास सम्भव हुने उल्लेख गर्दै उनले महिला लक्षित कार्यक्रमहरू अझ प्रभावकारी बनाइने बताइन् । साथै, शिक्षाको गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि नगरपालिकाले विशेष पहल गरिरहेको उनले जानकारी दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले स्थापना दिवस बुटवलको विकास यात्रा, उपलब्धि तथा भावी योजना समीक्षा गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको बताए । ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि आवश्यक बजेट व्यवस्थापन गरी संरक्षण तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेको पनि उनले जानकारी दिए ।

उपमहानगरपालिकाले स्थापना दिवसलाई उपलब्धिमूलक, सन्देशमूलक तथा विकासमुखी कार्यक्रममार्फत मनाउँदै बुटवललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने लक्ष्य लिएको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...