ताजा अपडेट

रास्वपाको पहिलाे चुनावी सभा धनगढीमा,आज रवि र बालेनले सम्बोधन गर्दै

रास्वपाको पहिलाे चुनावी सभा धनगढीमा,आज रवि र बालेनले सम्बोधन गर्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पहिलाे चुनाी सभा धनगढीमा गर्न लागेको छ ।रास्वपाले धनगढीमा गर्ने यो सभामा बिहान ११ बजे सुरू भएर दिउँसो १ बजे समापन हुने बताएको छ ।यस सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । रास्वपाले धनगढीबाट शुरु गर्ने यस चुनाव सभापछि सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरीमा आयोजना गर्ने जानकारी दिइएको छ। ...
आज ग्याल्पो ल्होछार पर्व: विशेष कार्यक्रम गरी मनाइँदै

आज ग्याल्पो ल्होछार पर्व: विशेष कार्यक्रम गरी मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआज ग्याल्पो ल्होछार पर्व मनाइँदैछ । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होछार मनाउँदैछ । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् ।ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक...
राससको ६५औं बार्षिकोत्सवमा लुम्विनीले आयोजना गर्यो निर्वाचन आचारसंहिता र सञ्चार विषयक अन्तर्क्रिया: निर्वाचन सफल बनाउन सरोकारवाला लाग्नुपर्नेमा जोड

राससको ६५औं बार्षिकोत्सवमा लुम्विनीले आयोजना गर्यो निर्वाचन आचारसंहिता र सञ्चार विषयक अन्तर्क्रिया: निर्वाचन सफल बनाउन सरोकारवाला लाग्नुपर्नेमा जोड

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलराष्ट्रिय समाचार समिति (रासस)को ६५औं बार्षिकोत्सवको अवसरमा रासस लुम्विनी प्रदेशले आयोजना गरेको" निर्वाचन आचारसंहिता र सञ्चार" विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।मंगलबार सम्पन्न कार्यक्रममा वोल्दै वक्ताहरुले निर्वाचन सफल बनाउन सरोकारवाला सवैको उत्तिकै जवाफ देहिता र सहयोग आवश्यक रहेको धारणा राखेका छन्।राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीको अध्यक्षतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा वोल्दै रुपन्देही निर्वाचन क्षेत्र नं २का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले फागुन २१मा हुने आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हरेक नागरिकले आ-आफ्नो स्थानबाट जिम्मेवार, जवाफ देहिता र सहयोग गर्नु पर्ने वताएका छन्।उनले माघ २ गते रुपन्देही निर्वाचन क्षेत्र नं २मा निर्वाचन कार्यालय स्थापना भए पश्चात निर्वाचन सफल बनाउन सुरक्षित,विश्वासनिय र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न लागेको वताए।निर्...
रुपन्देही उद्योग संघमा इन्जिनियरिङ्ग तथा ग्रिल वस्तुगत समिति गठन: संयोजकमा राज कुमार श्रेष्ठ

रुपन्देही उद्योग संघमा इन्जिनियरिङ्ग तथा ग्रिल वस्तुगत समिति गठन: संयोजकमा राज कुमार श्रेष्ठ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही उद्योग संघमा आवद्ध इन्जिनियरिङ्ग तथा ग्रिल उद्योगीहरुको भेलाले मंगलबार इन्जिनियरिङ्ग तथा ग्रिल वस्तुगत समिति गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहादुर खत्रीको अध्यक्षता एवं संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरुको उपस्थितीमा भेला सम्पन्न भएको होे । इन्जिनियरिङ्ग तथा ग्रिल उद्योगीहरुको भेलाबाट ईश्वरराज मेटल इण्डष्ट्रिजका संचालक राज कुमार श्रेष्ठको संयोजकत्वमा ७. सदस्यीय इन्जिनियरिङ्ग वस्तुगत समिति गठन गरिएको छ । गठित समितिको सहसंयोजकमा श्री शिवशक्ति ग्रिल उद्योगका महेन्द्र सुवेदी, सचिवमा न्यू पुनम ग्रिल उद्योगका धुब्रमणि ज्ञवाली, सदस्यहरुमा सुवेदी ग्रिल उद्योगका रमेश सुवेदी, स्वर्गद्धारी ग्रिल उद्योगका कमल रोक्का क्षेत्री , श्रृजना ग्रिल उद्योगका अमृत सुवेदी र भगवती मेटलका नारायण नेपाल रहेका छन्।भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्य...
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु साझा दायित्व हो : राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु साझा दायित्व हो : राष्ट्रपति रामचन्द्र पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको बताएका छन् । नेपाल शेर्पा सङ्घद्वारा २१५३औँ ग्याल्पो लोसार (नयाँ वर्ष) का अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।“नेपालको पर्यटन, पर्वतारोहणका क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिकारुपमा परिचित छन्, शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएका यो जाति आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुशीको विषय हो”, राष्ट्रपति पौडेलले भने। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदाय नेपालको आदिवासी समुदाय भएको उल...
रुपन्देहीका मुस्लिम अगुवाले भने- हामी एमालेको समानुपातिक सुचीले हामी उत्साहित छौं

रुपन्देहीका मुस्लिम अगुवाले भने- हामी एमालेको समानुपातिक सुचीले हामी उत्साहित छौं

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ मुस्लिम क्लष्टरको पहिलो नम्बरमा बुटवलका एजाज आलमलाई समावेश गरेपछि यहाँको मुस्लिम समुदायले खुसी व्यक्त गरेको छ। लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय आलमलाई पार्टीले प्राथमिकता दिएको भन्दै अगुवाहरूले यसलाई समुदायकै सम्मानका रूपमा लिएका छन्। रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार एवं एमाले उपाध्यक्ष विष्णु पौडेल र समानुपातिक उम्मेदवार एजाज आलमको उपस्थितिमा 'मुस्लिम प्रचार–प्रसार समिति' ले आयोजना गरेको बृहत् भेलामा सहभागीहरूले उम्मेदवारीको स्वागत गर्दै बधाई ज्ञापन गरे।भेलालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले आफू रुपन्देहीको समग्र विकासका लागि निरन्तर क्रियाशील रहेको बताए। बुटवलमा मुस्लिम समुदायका लागि आवश्यक 'कब्रस्तान' निर्माण गर्ने विषयमा आफू गम्भीर रहेको उल्लेख गर्दै उनले भने, "मैले विगतमा गरेका प्रतिबद्धताह...
राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण विकास परियोजना अवरुद्ध भए : ओली

राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण विकास परियोजना अवरुद्ध भए : ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
झापानेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा अघि सारिएका विकास परियोजनाहरू राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण अवरुद्ध भएको बताएका छन् ।सोमबार झापा-५ स्थित मतदाताहरुसँग अन्तरक्रिया गर्दै ओलीले महत्त्वपूर्ण योजनाहरू कार्यान्वयनको चरणमा पुग्दा योजनाबद्ध रूपमा सरकार ढाल्ने प्रयास हुने गरेको आरोप लगाउदै देशभक्ति र पूर्वाधार विकासका एजेन्डामा आन्तरिक तथा बाह्य शक्तिहरूको प्रभाव देखिने गरेको बताएका थिए ।ओलीले बारम्बारको सरकार परिवर्तनले ठूला पूर्वाधार आयोजनाहरू निरन्तरता पाउन नसकी अलपत्र पर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । उनले रेलमार्ग र पानीजहाज सञ्चालनको अवधारणा आफूले अघि सारेको स्मरण गराउँदै उनले काम अघि बढ्न थालेपछि सरकार नै परिवर्तन हुने प्रवृत्ति दोहोरिएको टिप्पणी गरे । उनले भने- 'एउटा कार्यकालमा सम्पन्न गर्न सकिने कामका लागि चार पटक प्रधानमन्त्...
जीबी, रवि र छविसहित ५० जनाविरुद्धको मुद्दा संशोधन गर्न कास्की जिल्ला अदालत बाट अस्वीकार

जीबी, रवि र छविसहित ५० जनाविरुद्धको मुद्दा संशोधन गर्न कास्की जिल्ला अदालत बाट अस्वीकार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंकास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित ५० जनाविरुद्धको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतको अन्तिम आदेश नआएसम्म अभियोग पत्र संशोधन नगर्न कास्की जिल्ला अदालतले आदेश गरेको हो । महान्यायाधिवक्ता सविता भण्डारीले ३० पुसमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई र तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलगायत ५० जनाविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । अदालतमा विचाराधीन मुद्दा संशोधन गर्न खोजेको भन्दै सरकारको आलोचना भएको थियो भने सर्वोच्चमा रिटसमेत दायर भएको छ । तर सरकारले मुद्दा फिर्ता लिने विषयलाई नै प्राथमिकतामा राखेर जिल्ला–जिल्लामा प्रक्रिया अगाडि बढाइरहेको छ । रूपन्देही जिल्ला अदालतले यसअघि नै मुद्दा फिर्ता लिन अस्व...
ज्योतिष नबनौं, हल्लाको पछि नलागौं

ज्योतिष नबनौं, हल्लाको पछि नलागौं

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, समाचार, समाज
यानेन्द्र जीसीबुटवल‘चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो’ सेतोपाटी चुनाव विश्लेषण–१’ शृंखला भन्दै हालै सेतोपाटी अनलाईनले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेर समाचार प्रकाशित गर्यो । जुन कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको बर्खिलाप हो ।निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) अनुसारउम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न पाइँदैन । यही कारण आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन आयोगले आवश्यक कारबाही गर्न प्रेस काउन्सिललाई सोमबार पत्राचार गरेको छ ।चितवन क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाबाट उम्मेदवार रेनु दाहालले मतदातालाई प्रभावित पार्ने उद्देश्यले...
मोक्षधाममा दर्शन गरेर घरदैलो अभियान सुरु गरे चुन्नप्रसाद पौडेल

मोक्षधाममा दर्शन गरेर घरदैलो अभियान सुरु गरे चुन्नप्रसाद पौडेल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
बुटवलनेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले तिलोत्तमा–६ स्थित मोक्षधामको दर्शन गरेर चुनावको औपचारिक प्रचारप्रसार सुरु गरेका छन् । चुनाव प्रचारप्रसारका लागि निर्वाचन आयोगले निर्धारण गरेको मिति सोमबारदेखि काँग्रेस उम्मेद्वार पौडेलले घरदैलो अभियान सुरु गरेका हुन् ।घरदैलोका क्रममा उहाँले प्रत्येक घरमा पुगेर स्थानीय कृषक, व्यवसायी, श्रमिक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटमा स्थानीयले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार, व्यवसायिक चुनौती, रोजगारी तथा विकासका प्राथमिकताबारे मतदाताका कुरा सुन्ने र आफ्ना कुरा राखेर मत मागेका छन् । उनले जनताको सुझाव र गुनासोलाई आफ्नो कार्ययोजनामा समेटेर व्यवहारमै उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।पश्चिम पहुनीबाट सुरु भएको घरदैलो अभियान गोरकट्टा, १२ नम्बर चोक हुँदै मणिग्रामसम्म पुगेको थियो । चुनावी प...