मोक्षधाममा दर्शन गरेर घरदैलो अभियान सुरु गरे चुन्नप्रसाद पौडेल


बुटवल
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले तिलोत्तमा–६ स्थित मोक्षधामको दर्शन गरेर चुनावको औपचारिक प्रचारप्रसार सुरु गरेका छन् । चुनाव प्रचारप्रसारका लागि निर्वाचन आयोगले निर्धारण गरेको मिति सोमबारदेखि काँग्रेस उम्मेद्वार पौडेलले घरदैलो अभियान सुरु गरेका हुन् ।
घरदैलोका क्रममा उहाँले प्रत्येक घरमा पुगेर स्थानीय कृषक, व्यवसायी, श्रमिक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटमा स्थानीयले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार, व्यवसायिक चुनौती, रोजगारी तथा विकासका प्राथमिकताबारे मतदाताका कुरा सुन्ने र आफ्ना कुरा राखेर मत मागेका छन् । उनले जनताको सुझाव र गुनासोलाई आफ्नो कार्ययोजनामा समेटेर व्यवहारमै उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पश्चिम पहुनीबाट सुरु भएको घरदैलो अभियान गोरकट्टा, १२ नम्बर चोक हुँदै मणिग्रामसम्म पुगेको थियो । चुनावी प्रचारप्रसारका लागि आयोजा गरिएको घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार रिता सेन, नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, तिलोत्तमा–६ का सभापति युवराज भण्डारी लगायत काँग्रेसका नेता–कार्यकर्ता तथा स्थानीयको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...