मोक्षधाममा दर्शन गरेर घरदैलो अभियान सुरु गरे चुन्नप्रसाद पौडेल


बुटवल
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले तिलोत्तमा–६ स्थित मोक्षधामको दर्शन गरेर चुनावको औपचारिक प्रचारप्रसार सुरु गरेका छन् । चुनाव प्रचारप्रसारका लागि निर्वाचन आयोगले निर्धारण गरेको मिति सोमबारदेखि काँग्रेस उम्मेद्वार पौडेलले घरदैलो अभियान सुरु गरेका हुन् ।
घरदैलोका क्रममा उहाँले प्रत्येक घरमा पुगेर स्थानीय कृषक, व्यवसायी, श्रमिक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटमा स्थानीयले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार, व्यवसायिक चुनौती, रोजगारी तथा विकासका प्राथमिकताबारे मतदाताका कुरा सुन्ने र आफ्ना कुरा राखेर मत मागेका छन् । उनले जनताको सुझाव र गुनासोलाई आफ्नो कार्ययोजनामा समेटेर व्यवहारमै उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पश्चिम पहुनीबाट सुरु भएको घरदैलो अभियान गोरकट्टा, १२ नम्बर चोक हुँदै मणिग्रामसम्म पुगेको थियो । चुनावी प्रचारप्रसारका लागि आयोजा गरिएको घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार रिता सेन, नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, तिलोत्तमा–६ का सभापति युवराज भण्डारी लगायत काँग्रेसका नेता–कार्यकर्ता तथा स्थानीयको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...