जीबी, रवि र छविसहित ५० जनाविरुद्धको मुद्दा संशोधन गर्न कास्की जिल्ला अदालत बाट अस्वीकार


काठमाडौं
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित ५० जनाविरुद्धको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतको अन्तिम आदेश नआएसम्म अभियोग पत्र संशोधन नगर्न कास्की जिल्ला अदालतले आदेश गरेको हो ।

महान्यायाधिवक्ता सविता भण्डारीले ३० पुसमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई र तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलगायत ५० जनाविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । अदालतमा विचाराधीन मुद्दा संशोधन गर्न खोजेको भन्दै सरकारको आलोचना भएको थियो भने सर्वोच्चमा रिटसमेत दायर भएको छ । तर सरकारले मुद्दा फिर्ता लिने विषयलाई नै प्राथमिकतामा राखेर जिल्ला–जिल्लामा प्रक्रिया अगाडि बढाइरहेको छ । रूपन्देही जिल्ला अदालतले यसअघि नै मुद्दा फिर्ता लिन अस्वीकार गरे पनि जिल्ला सरकारी वकिलको कार्यालयले कास्कीमा त्यही प्रयास दोहोर्‍याउन खोजेको थियो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले पनि महान्यायाधिवक्ताको कार्यालयबाट आएको निवेदनमाथि सर्वोच्चमा रिट परेकाले तत्काल मुद्दा फिर्ता प्रक्रिया अगाडि नबढाउने आदेश दिएको छ । ‘सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्रै निर्णय गरिनेछ,’ कास्की जिल्ला अदालतका रजिस्ट्रार राजन खनालले भने ।
महान्यायाधिवक्ता भण्डारीले ३० पुसमा मुद्दा फिर्ता लिनेसम्बन्धी निर्णय विवादित बनेपछि दिनेश त्रिपाठी, युवराज पौडेल (सफल) लगायतले ४ माघमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उनीहरूले मुद्दा फिर्ता लिने निर्णय कानुनसम्मत नभएको र न्यायिक प्रक्रियामा हस्तक्षेप भएको भन्दै अदालतको हस्तक्षेप माग गरेका छन् । रिट निवेदनमा उनले महान्यायाधिवक्ताले संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर मुद्दा एकतर्फी रूपमा फिर्ता लिने निर्णय गर्नु संविधान र कानुनको मर्मविपरीत भएको तर्क गरेका छन् । महान्यायाधिवक्ता भण्डारीले चाहेकै भरमा कुनै एक मुद्दा यसरी संशोधन गर्दै जाने हो भने न्यायिक अराजकता हुने र स्वच्छ न्याय नै हराउने दाबी रिटमा छ । हरेक सरकारले आफूनिकट व्यक्तिहरूको मुद्दा यसैगरी टुंग्याउँदा न्यायिक प्रक्रिया नै संकटमा पर्ने भएकाले सर्वोच्चले हस्तक्षेप गर्नुपर्ने दाबी पनि रिटमा गरिएको छ ।

कास्की सरकारी वकिल कार्यालयले महान्यायाधिवक्ताको निर्णयअनुसार संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन जिल्ला अदालतमा निवेदन पेस गरेको थियो । सरकारी वकिल कार्यालयले महान्यायाधिवक्ताको कार्यालयबाट आएको निर्देशनअनुसार अभियोग संशोधनको माग कास्की अदालतमा गरेको थियो । तर सोमबार भएको सुनुवाइमा जिल्ला न्यायाधीश राईको इजलासले सर्वोच्चको निर्णय नआएसम्म मुद्दा फिर्ता लिन नमिल्ने ठहर गरेको हो । अदालतले सर्वोच्चमा विचाराधीन रिटको टुंगो नलागेसम्म एकतर्फी अभियोग संशोधन गर्न नमिल्ने स्पष्ट पारेको छ ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...