रुपन्देहीका मुस्लिम अगुवाले भने- हामी एमालेको समानुपातिक सुचीले हामी उत्साहित छौं


बुटवल
नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ मुस्लिम क्लष्टरको पहिलो नम्बरमा बुटवलका एजाज आलमलाई समावेश गरेपछि यहाँको मुस्लिम समुदायले खुसी व्यक्त गरेको छ। लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय आलमलाई पार्टीले प्राथमिकता दिएको भन्दै अगुवाहरूले यसलाई समुदायकै सम्मानका रूपमा लिएका छन्।

रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार एवं एमाले उपाध्यक्ष विष्णु पौडेल र समानुपातिक उम्मेदवार एजाज आलमको उपस्थितिमा ‘मुस्लिम प्रचार–प्रसार समिति’ ले आयोजना गरेको बृहत् भेलामा सहभागीहरूले उम्मेदवारीको स्वागत गर्दै बधाई ज्ञापन गरे।
भेलालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले आफू रुपन्देहीको समग्र विकासका लागि निरन्तर क्रियाशील रहेको बताए। बुटवलमा मुस्लिम समुदायका लागि आवश्यक ‘कब्रस्तान’ निर्माण गर्ने विषयमा आफू गम्भीर रहेको उल्लेख गर्दै उनले भने, “मैले विगतमा गरेका प्रतिबद्धताहरू पूरा गर्दै आएको छु, आगामी दिनमा पनि यहाँका माग र आवश्यकतालाई प्राथमिकताका साथ सम्बोधन गर्नेछु।” उनले हरेक धर्म, आस्था र पेशाको आफ्नै गरिमा हुने भन्दै एमाले सबैको सम्मान गर्ने पार्टी भएको दाबी गरे।

त्यस्तै, समानुपातिक उम्मेदवार एजाज आलमले यहाँका संघ–संस्था र आम समुदायको मायाका कारण आफू यो स्थानमा आइपुगेको बताए। उनले संसद्मा पुगेर मुस्लिम समुदाय र यस क्षेत्रका समस्या प्रखर रूपमा उठाउनका लागि सबैको सहयोगको अपेक्षा गरे।

नेकपा एमाले केन्द्रिय सदस्य जलिल मियांले मुस्लिम समुदाय प्रति नेकपा एमालले लिएको निती र ब्यवहारले उत्साहित भएको बताउदै नेकपा एमालेका उम्मेदवारहरुको बिजयबाट मात्रै मुस्लिम समुदायको अधिकार र सामाजिक सुरक्षाको ग्यारेन्टी हुनेमा बिश्वस्त रहेको बताए। उनले भने हामी एमाले प्रति धेरै आशाबादी छौं।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...