राससको ६५औं बार्षिकोत्सवमा लुम्विनीले आयोजना गर्यो निर्वाचन आचारसंहिता र सञ्चार विषयक अन्तर्क्रिया: निर्वाचन सफल बनाउन सरोकारवाला लाग्नुपर्नेमा जोड


बुटवल
राष्ट्रिय समाचार समिति (रासस)को ६५औं बार्षिकोत्सवको अवसरमा रासस लुम्विनी प्रदेशले आयोजना गरेको” निर्वाचन आचारसंहिता र सञ्चार” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार सम्पन्न कार्यक्रममा वोल्दै वक्ताहरुले निर्वाचन सफल बनाउन सरोकारवाला सवैको उत्तिकै जवाफ देहिता र सहयोग आवश्यक रहेको धारणा राखेका छन्।
राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीको अध्यक्षतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा वोल्दै रुपन्देही निर्वाचन क्षेत्र नं २का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले फागुन २१मा हुने आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हरेक नागरिकले आ-आफ्नो स्थानबाट जिम्मेवार, जवाफ देहिता र सहयोग गर्नु पर्ने वताएका छन्।
उनले माघ २ गते रुपन्देही निर्वाचन क्षेत्र नं २मा निर्वाचन कार्यालय स्थापना भए पश्चात निर्वाचन सफल बनाउन सुरक्षित,विश्वासनिय र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न लागेको वताए।
निर्वाचन आचारसंहिताका विषयमा प्रशिक्षण दिंदै उनले उम्मेदवार, राजनीतिक दल, मतदाता र सरोकारवाला सवैले केही वोल्नु,लेख्नु र गर्नु अघि आचारसंहिता ख्याल राख्नु अत्यन्त आवश्यक रहेको वताएका थिए।
पत्रकार र विद्यार्थीको सहभागीता रहेको कार्यक्रममा उनले निर्वाचनमा कसैले आचारसंहिता उल्लंघन गरेको पाइएमा निर्वाचन आयोग, जिल्ला प्रशासन लगायतका सम्वद्ध निकायमा उजुरी दिन सकिने जानकारी दिए।
राससका लुम्बिनी प्रदेश कार्यालय प्रमुख भरत केसीले राससले ६४औं वर्ष पार गर्दै गर्दा हिजोको अवस्थामा प्रविधि नहुँदाका दिन स्मरण गर्दै अहिले विज्ञान र प्रविधिको युगमा धेरै सहज रहेको र यसलाई सदुपयोग गर्दे सरकारी समाचार संकलन र वितरण गर्ने आधिकारिक सञ्चार माध्यम राससलाई थप शशक्त जनाउंदै लैजाने वताए।
उनले अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यम एकै भन्ने जस्तो देखिएको र यसलाई विश्वासिलो,भरपर्दो संस्थाका रूपमा अगाडि बढाउन रासस कर्मी, आमसञ्चार माध्यम, आमनागरिक र सरोकारवाला सवै लाग्न आवश्यक रहेको बताए।
उनले अहिलेको परिस्थितिमा अझ बढी महत्त्वपुर्ण रहेको बताउंदै निर्वाचनमा विद्यार्थी संगै मतदाता लाई निर्वाचन सम्वन्धी ज्ञान दिन निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न उक्त अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको धारणा राखे।
उनले निर्वाचन आचारसंहिता लाई मध्यनजर गर्दै निर्वाचनमा महत्त्वपूर्ण भूमिका सञ्चारकर्मी, विद्यार्थी ,मतदातालाई जवाफदेही वनाउन प्रेरित गर्ने औंल्याए।
केसीले निर्वाचनलाई प्रभावित पार्ने गरी भएका गतिविधिको निगरानी, सुरक्षित ,भयरहित रुपमा सम्पन्न गर्न सहयोग गर्नेमा विश्वस्त रहेको र थप वल पुग्ने वताए।
सञ्चारमाध्यम, सञ्चारकर्मीले मतदान गर्ने वातावरण रहे नरहेको, आधिकारिक रूपमा मतदाता प्रभावित पार्ने गतिविधि छ -छैन , निश्पक्ष छ छैन जस्ता महत्त्वपूर्ण विषयमा निगरानी र खबरदारी गर्नुपर्ने औंल्याए।
सञ्चारमाध्यम, सञ्चारकर्मीले उम्मेदवारले जारी गरेको घोषणापत्रको निगरानी र रचनात्मक साथ दिनुपर्ने अभिभारा रहेको वताएका छन।


पुर्व राससका अध्यक्ष डा वालकृष्ण चापागाइँले विश्वासनिय, आधिकारिक र सन्तुलित समाचार तयार गर्ने राससले महत्वपूर्ण भुमिका निर्वाह गरेको वताएका छन्।
उनले अहिले समाजमा सकारात्मक भन्दा नकारात्मक कुराहरू वढि भरहेको र यसलाई आम नागरिक र सञ्चारमाध्यमले बुद्धको उपदेश आत्मसात गरी अगाडि बढेमा समाधान हुने धारणा राखेका थिए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष रामराज पोखरेलले मित्थ्या सुचनाको विगविगी देखिएको र यसमा राज्य र सरोकारवाला सवैको कमजोरी देखिएकोले गम्भीर हुन आवश्यक रहेको धारणा राखेका थिए।
उनले समाजिक सञ्जालमा सवै राम्रा विषयहरु हुंदैनन्, आफुलाई गलत लागेको अन्यलाई पनि गलत लाग्न सक्छ र केही विषयमा आफुलाई राम्रो लागेमा पनि समाजमा नकारात्मक असर पर्न सक्ने खालका विषयमा महत्व दिन आवस्यक रहेको वताएका थिए।


नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले राससको अन्तर्क्रिया कार्यक्रम समय सान्दर्भिक रहेको र यसले निर्वाचन सफल बनाउन सहयोग पुग्ने अपेक्षा गरेको वताए। अहिले समाजमा सामाजिक सञ्जाल र सञ्चार माध्यम फरक हो भनी बुझ्नु, बुझाउनु आवश्यक देखिएको धारणा राखेका थिए।
उनले सकारात्मक कुरा भन्दा नकारात्मक कुराहरू छिटो फैलने गरेको र यसले समाजमा नकारात्मक प्रभाव पर्ने देखिएकोले रचनात्मक हिसाबले अगाडि बढ्न आवश्यक रहेको वताका थिए। निर्वाचनलाई लक्षित गर्दै उनले पत्रकार महासंघ रुपन्देहीले विगतमा पनी आचारसंहिताका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र वर्तमानमा पनि निर्वाचन आचारसंहिता विपरीत भएका गतिविधिको निगरानी गर्ने औंल्याए।
निर्वाचन अधिकृत,पत्रकार र विद्यार्थी विचको अन्तर्क्रिया कार्यक्रमको सञ्चालन राससकर्मी छायां पन्तले गरेकी थिइन्।

छुटाउनुभयो कि ?

एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक

एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक

बुटवलप्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ का लागि विस...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागू औषध गाँजासहित ३ भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागू औषध गाँजासहित ३ भारतीय पक्राउ

काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागू औषध गाँजासहित तीन ...
प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

काठमाडौंसर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २१ गतेको निर्वाचनको भोलिपल्ट फागुन २२ मा साधरण तारेख दिएको ...
एमालेले भन्यो- देश जलाउनेलेनै देश बनाउने पार्टीको झण्डा जलाए

एमालेले भन्यो- देश जलाउनेलेनै देश बनाउने पार्टीको झण्डा जलाए

काठमाडौंनेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न स...