रुपन्देहीका पाँचै क्षेत्रमा एमाले पहिलो रहेको सचिव विश्वकर्मा नेतृत्वको अनुगमनको निचोड, उम्मेदवारमा आत्मविश्वास बढ्दै
बुटवलनेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माको नेतृत्वको टोलीले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा अनुगमन गर्दा सबै क्षेत्रमा उम्मेदारहरु जित्ने पूर्णआत्मविश्वासका साथ मैदानमा घटिएको र अहिलेको वातावरणले सबै क्षेत्र जित्ने बलियो आधार बनेको निचोड निकालेको छ ।सचिव विश्वकर्मासँगको टोलीमा रुपन्देहीका पूर्व इन्चार्ज रहेका नेता लिला गिरी, नेता गोपाल भट्टराई र जिल्ला अध्यक्ष यज्ञ गैरेले सबै निर्वाचन क्षेत्रका उम्मेदार, निर्वाचन परिचालन कमिटी र ती क्षेत्रमा रहेका विभिन्न कार्यक्रमसमेतको अवलोकन गरेर उम्मेदारसहित त्यहाँको पार्टी नेतृत्वलाई आगामी रणनीतिबारे निर्देशन गरेको थियो । जिल्ला अध्यक्ष गैरेका अनुसार सबै क्षेत्रका उम्मेदारसँग घरदैलोकै क्रममा प्रत्यक्ष संवाद, निर्वाचन परिचालन कमिटीको नेतृत्वसँग छलफल तथा क्षेत्रीय रुपमा आयोजित घरदैलो, प्रचार र्यालीसहितका कार्यक्रम अनुगमन गरिएको हो ।...







