
टेकराज गौतम
२०३३ सालतिर बिष्णु पौडेल कलेज पढ्न भिनाजु गोपीरमण उपाध्यायको घरमा आएका थिए। उपाध्यायको घरमा तत्कालीन कोअर्डिनेशन केन्द्र र मुक्ति मोर्चाको बैठक हुन्थ्यो।
जेल बे्रक गरेर भुमिगत हुदै उपाध्यायको घरमा पुगेका प्रदिप नेपालले बुर्जुवा शिक्षा बहिस्कार गरेर राजनीतिमा आउनु पर्छ भनेपछि १७ बर्षिय पौडेल पढाइ छोडेर कम्युनिस्ट आन्दोलनमा होमिएका थिए।
माक्र्सबादी दर्शनका ज्ञाता भिनाजु गोपीरमणको प्रेरणा र प्रदिप नेपालको सुझावले बुर्जुवा शिक्षा बहिस्कार गरेका पौडेल नेपाली कम्युनिष्ट आन्दोलनको दोश्रो पुस्तामा निर्विकल्प नेता बनेर उदाएका नेता हुन्।
लामो समय लुम्विनी अन्चलका बिभिन्न जिल्लामा भुमिगत भएर काम गरेका पौडेलले २०३७ सालमा मोदनाथ प्रश्रीतहरु संगै भैरहवा जेलब्रेक गरेका थिए।
२०३५ देखि २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि छद्म नामको प्रयोग गरेर रुपन्देही नवलपरासी पाल्पा अर्घाखांची र गुल्मीमा पार्टीको काममा सक्रिय रहे।
२०४६ सालमा बहुदलिय व्यवस्था स्थापनापछि तत्कालीन नेकपा मालेले विष्णु पौडेललाई राष्ट्रिय परिषद् सदस्य बनाएर महाकाली अञ्चल इन्चार्जको जिम्मेवारी दिएको थियो।
२०४७ सालमा नेकपा माले र माक्र्सबादीपार्टि बिच एकिकरण भएर नेकपा एमाले बनेपछि पौडेल तत्कालिन एमालेको केन्द्रीय सदस्य भएका थिए।
२०५१ सालमा एमालेले अल्पमतको सरकार बनाउदा उपप्रधानमन्त्री भएर माधव नेपाल सरकारमा गएपछि वामदेव गौतमलाई उपमहासचिव बनाएर पार्टि सन्चालनको जिम्मेवारी दियो। गौतम उपमहासचिव भएपछि रिक्त भएको संगठन विभाग प्रमुखको जिम्मेवारीे विष्णु पौडेले पाएका थिए।
पहिलो पटक ०५१ सालको संसदीय चुनावमा पाल्पा क्षेत्र नम्बर ३ बाट लडेका पौडेलले चुनाव जितेका थिए। त्यो सरकार ९ महिनामा ढल्यो। पौडेलको राजनीति उचाइ बढाउदै लगे। ०५४ सालमा बामदेव नेतृत्वमा बनेको सरकारमा युवा तथा खेलकुद मन्त्री भए।
महाकाली सन्धि पारित गर्ने कि नगर्ने भन्ने विवाद तीब्र भयो। त्यसबेला पौडेलले आफुलाई महाकाली सन्धिको विपक्षमा उभ्याए । तर उनको मत बिपरित महाकालि सन्धि एमालेले बहुमतले पास गरेको थियो।
२०५१ सालमा पाल्पाबाट निर्वाचन जितेका पौडेललाई ०५६ को संसदीय निर्वाचनमा एमालेले रूपन्देही–३ बाट उठायो तर कांग्रेसका सूर्यप्रसाद प्रधानसँग करिब ६ सय मतान्तरले पराजित भएका थिए।
पौडेल निर्वाचन हारेपनि रुपन्देहीका मतदाता संग नजिकिएर काम गरे जसका कारण ०६४ सालको पहिलो संविधानसभा चुनावमा सोही क्षेत्रबाट निर्वाचित भए। २०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बने। भने तत्कालीन पार्टि अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री बने।
०७० सालको दोस्रो संविधानसभा चुनावमा उनले रुपन्देहीबाट पुर्व प्रधानमन्त्री तथा त्यसवेलाका प्रभावशाली माओवादी नेता बाबुराम भट्टराईलाई हराएपछि चर्चाको शिखरमा पुगे। पौडेलको कार्य कुसलता प्रर्दशन गर्न सफल पौडेल प्रभावित भएर २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बने। जुन नेपाली राजनितीक ईतिहासमा सबैभन्दा सफल अर्थमन्त्रीको रुपमा आफुलाई उभ्याउन सफल भए। रुपन्देहीको क्षेत्र नं २ बाट निरन्तर बिजयी हुदै आएका पौडेल २०७७ साल र २०८१ सालमा पुनः अर्थ तथा उपप्रधानमन्त्री भए।
०७४ रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले उपमहासचिव पौडेलले कांगेसका युवराज गिरीलाई २२ हजार ६३ मतान्तरले पराजित गदै त्यस क्षेत्रबाट लगातार तेस्रो जित हासिल गरेका थिए।
नेकपा एमालेका तत्कालीन उपमहासचिव रहेका पौडेल २०७५ साल ३ जेठमा एकीकृत भएका पूर्व एमाले र माओवादी केन्द्रको सचिवालय गठनसँगै महासचिवमा जिम्मेवारी पाए।
कम वोल्ने र सामाजिक संजालमा कमै प्रतिक्रिया दिने नेतामा पौडेल पर्छन। पार्टिलाई संकट पर्दा त्यसलाई निराकरण गर्नतिर लाग्छन, उनलाई पार्टी भित्र कुन नेतामा कति क्षमता छ, अनि त्यसलाई उपयोग गरेर कसरी अगाडि वढन सकिन्छ भन्ने राम्रो ज्ञान छ।
पार्टि एकतापछि गुटगत राजनीतिले पार्टीलाई वेलावेलामा संकटमा पार्दै आएको छ। तर जतिसुकै संकट आएपनि मियो जसरी विचमा वसेर पौडेलले संकटलाई पार लगाउदै आएका छन।
कार्यकर्ता र मतदाताहरुको विश्वास जित्न सक्नु, नेताहरू वीचमा परेको विश्वासको खाड्ललाई कम गर्न भुमिका खेल्नु, परिस्थितिलाई तुरून्त बुझ्न सक्नु पौडेलको खुवी हो। त्यसैले पौडेलको ४८ वर्षलामो राजनीतिक जीवनमा कहिल्यै ठुलो विवादको सामना गर्नु परेको छैन।