ताजा अपडेट

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ५९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७७ पैसा, चिनिया...
मन्त्रिपरिषद्का पाँच निर्णय

मन्त्रिपरिषद्का पाँच निर्णय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब रु १० करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल इञ्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियमहरू, २०८३ स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ समेत स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदनलाई आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्ण...
स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने तयारी थालेको छ । रोग नियन्त्रण तथा निगरानीका लागि सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी), औषधि तथा खाद्यलगायत स्वास्थ्य सामग्री नियमनका लागि फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) र स्वास्थ्य संस्थाको गुणस्तर मापन तथा प्रमाणीकरणका लागि नेसनल हेल्थ एक्रिडिटेसन अथोरिटी (एनएचएए) स्थापना गर्ने अवधारणामा सरकारले काम अघि बढाएको हो ।स्वास्थ्य तथा खाद्य स्वच्छचता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य क्षेत्रको बदलिँदो आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यासअनुसार नयाँ मोडलमा विकास गर्ने बताए ।अहिलेको स्वास्थ्य सेवा विभागको आधुनिक रूपमा विकास गर्ने अवधारणा छ । त्यसमा रोग नियन्त्रण तथा निगरानीसँगै अनुसन्धान, अध्ययन, एकेडेमिक काम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय र प्रमाणमा आधारित स्वास्थ्य ...
सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँकांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिबाट नभई राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपमा पुनःसंरचना गर्ने प्रस्ताव अघि सारेका छन् । नेतृत्व परिवर्तनबाट मात्रै कांग्रेस रूपान्तरण नहुने थापाको निष्कर्ष छ । पार्टीको पन्ध्रौं महाधिवेशनमा प्रस्तुत गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमा सभापति थापाले राजनीतिक संस्कार, संगठन, अर्थतन्त्र, रोजगारी, निजी क्षेत्र, युवा, प्रविधि, सामाजिक सुरक्षा, संघीयता र सुशासनमा एकै पटक परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचनपूर्व अन्य दलसँग गठबन्धन नगर्ने र उम्मेदवार छनोटमा प्राथमिक निर्वाचन (प्राइमरी) वा पार्टी सदस्यको प्रत्यक्ष मतदानको व्यवस्था गर्नेसम्मका प्रस्ताव पनि प्रतिवेदनमा राखिएको छ । कांग्रेसको मिडिया सेन्टरले सार्वजनिक गरेको प्रस्तावित राजनीतिक प्रतिवेदनमा सभापति थापाले कांग्रेस र नागरिकबी...
पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलयुवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।पछिल्लो समय देखा परेको रगत अभावलाई सम्बोधन गर्न र विशेष गरी युवा पुस्तालाई रक्तदानप्रति आकर्षित गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। ​पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष गौरव खनालको अध्यक्षता तथा कार्यवाहक सचिव रक्षा न्यौपानेको संचालनमा सम्पन्न उक्त कार्यक्रमको संयोजकत्व कार्यसमिति सदस्य प्रकाश जी.सी.ले गर्नुभएको थियो। ​कार्यक्रममा नियमित रक्तदाता समाजका अध्यक्ष अशिष सिलवाल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। त्यसैगरी, पहिलो पाइला नेपालका केन्द्रीय कार्यसमिति सदस्य एवं बुटवल शाखाका पूर्व अध्यक्ष सन्तोष बन्जाडे केन्द्रीय कार्यसमिति सदस्य तथा सचिवालय सदस्य राजन अधिकारी, केन्द्रीय सदस्य सन्तोष खर...
अस्पतालभित्र हुने चुहावट नियन्त्रणमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रणमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन । संघीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्नेमा उनले विशेष जोड दिएका हुन । आइतबार राप्ती उपत्यका(देउखुरी)मा भएको आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रदेशको कुल बजेटको करिब १५ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको उनले जानकारी दिए ।‘स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन दिएका छैनौं । तर संघीय सशर्तको बजेट कार्यान्वयनमा विशेष ध्यान दिन जरुरी छ,’उनले भने, ‘गत वर्ष संघीय सशर्तको बजेट फिर्ता भएको देखियो । संघबाट आएको बजेट खर्च गर्न सकेनौं भने...
युक्रेनको राजधानीमा लगातार रुसी आक्रमण, जनजीवन अस्तव्यस्त

युक्रेनको राजधानीमा लगातार रुसी आक्रमण, जनजीवन अस्तव्यस्त

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौँरुसले विगत एक सातादेखि लगातार आक्रमण गर्दा युक्रेनको राजधानी किभमा जनजीवन अस्तव्यस्त भएको छ । किभमा रहेका ऊर्जा, दूरसञ्चार, सडक तथा रेलमार्गका पूर्वाधारहरु रुसी ड्रोन तथा मिसाइलको निशानामा परेका छन् । आइतबार रुसविरुद्धको युद्धमा एक्येबद्धता प्रकट गर्न जर्मनीका चान्सलर फ्रेडरिक मर्ज कुनै सार्वजनिक घोषणा बिना नै अचानक किभ पुगेका थिए । उनी किभ ओर्लिएको छोटो समयमै रुसले डिनप्रो नदीमाथिको नर्दन ब्रिजमा आक्रमण गर्‍यो । यस पुलमा यसअघि शनिबार पनि ड्रोन आक्रमण भएको थियो । जसकारण, यातायत अव्यस्थित भएको छ । आइतबारको आक्रमणले पुल थप क्षतिग्रस्त भएको किभका मेयर. मेयर भिटाली क्लिट्स्कोले बताए । यस पुलले किभको पूर्वतर्फको हिस्सलाई पश्चिमी हिस्सासँग जोड्छ । यस नदीको दक्षिणतर्फ रहेको पुलमा यसअघि नै आक्रमण भइसकेको छ ।शुक्रबार तथा शनिबार युक्रेनका अन्य विभिन्‍न क्षेत्रमा पनि रुसले आक्रमण ग...
कांग्रेसको १५ औं महाधिवेशन, आज उद्घाटन समारोह

कांग्रेसको १५ औं महाधिवेशन, आज उद्घाटन समारोह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौंनेपाली कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरू हुँदै छ। काठमाडौंको खुलामञ्चमा असोज २२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे सुरू हुनेछ। उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निम्ता गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरेको छ। महाधिवेशनमा करिब ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुनेछन्। कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए। ...
पार्वती ज्ञवालीको “परिक्षामा समय”: सामाजिक यथार्थ, राजनीतिक चेतना, प्रेम, विद्रोह र मानवीय संवेदना समेटिएको कृति

पार्वती ज्ञवालीको “परिक्षामा समय”: सामाजिक यथार्थ, राजनीतिक चेतना, प्रेम, विद्रोह र मानवीय संवेदना समेटिएको कृति

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, विविध, शिक्षा, समाचार, समाज
बुटवलनेपाली गजलको समकालीन यात्रामा सामाजिक यथार्थ, राजनीतिक चेतना, प्रेम, विद्रोह र मानवीय संवेदनालाई एउटै संरचनाभित्र समेट्ने प्रयत्नहरू उल्लेखनीय रूपमा देखिएका छन् । यिनै प्रयत्नहरूमध्ये गजलकार पार्वती ज्ञवालीको गजलसङ्ग्रह परीक्षामा समय विशेष ध्यानाकर्षण कृति हो । बुटवलमा जन्मेकी ज्ञवाली साहित्य र सञ्चार क्षेत्र दुवैमा सक्रिय स्रष्टा हुन् । उनका अनुभव, सामाजिक अवलोकन र समयप्रतिको आलोचनात्मक दृष्टि यस सङ्ग्रहका गजलहरूमा विविध स्वरूपमा अभिव्यक्त भएका छन् । चौसट्ठी वटा गजल सङ्गृहीत यस कृतिले आकारगत रूपमा चारदेखि सात सेरसम्मका गजललाई समेटेको छ ।अधिकांश गजल पाँच सेरमा संरचित छन् । केही गजलहरू सङ्गीतबद्ध भई रेकर्डसमेत हुनु यस कृतिको अर्को विशेषता हो ।‘परीक्षामा समय’ शीर्षक आफैँमा प्रतीकात्मक छ । यहाँ समय केवल घडीको गति होइन, समाज, राजनीति, संस्कृति, नैतिकता र मानवीय अस्तित्वलाई जाँच्ने...
व्यापार संघको वार्षिक साधारणसभा सम्पन्न,देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको वक्ताहरुको गुनासो

व्यापार संघको वार्षिक साधारणसभा सम्पन्न,देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको वक्ताहरुको गुनासो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलनेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको बताएका छन् । शनिबार रुपन्देही व्यापार संघको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आर्थिक गतिविधि विस्तार हुन नसक्दा उद्योगी–व्यवसायीको मनोबल कमजोर बन्दै गएको र निजी क्षेत्रले अनेकौँ चुनौतीको सामना गर्नुपरेको धारणा राखे ।अध्यक्ष अग्रवालले जेनजी आन्दोलन पछि बनेको वर्तमान सरकारप्रति निजी क्षेत्रको ठूलो आशा भएपनि अर्थतन्त्र चलायमान बनाउन आशा गरे जस्तो काम हुन नसकेको गुनासो गरे । ‘सरकारले ल्याएको नीति कार्यक्रम र बजेटले नीजि क्षेत्र निकै उत्साहित भएको थियो ।’, उनले भने ‘सरकार गठन भएको ६ महिना पुग्यो तर, सरकारले व्यवसायी मैत्री वातावररण बनाउन नसक्दा मुलुकमा आर्थिक गतीविधि बढ्न सकेनन् । अहिले उद्योगी व्यवसायी पर्ख र हेरको अवस्थामा पुगेका छन् ।’पछिल्लो समय बैंकको ब्या...