आज अप्रिल १-फूल अर्थात मुर्ख बनाउने दिन, कसरी शुरु भयो मूर्ख बनाउन ?
रुपन्देहीआज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ तारीक। संसारभर आज मूर्ख दिवस मनाइन्छ । प्रत्येक वर्ष अप्रिल १ मा मनाइने यो दिन विशेष गरी ठट्टा, मजाक र रमाइला झुटा समाचारमार्फत मनाउने परम्परा रहेको छ।अप्रिल फूल’ को उत्पत्तिबारे विभिन्न धारणा प्रचलित छन्। यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रूपमा लिएको पाइन्छ ।अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुराको कुनै आधिकारिक तथ्य उपलब्ध छैन। मध्यकालमा युरोपका धेरै सहरमा २५ मार्चका दिन नयाँ वर्ष मनाइन्थ्यो जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो ।
इतिहासकारहरूका अनुसार अप्रिल फूलको सुरुवात १६औँ शताब्दीमा फ्रान्सबाट भएको मानिन्छ। सन् १५८२ मा Pope Gregory XIII ले Gregorian पात्रो लागू गरेपछि नयाँ वर्ष जन...








